English

घरभित्रै सुरक्षित छैनन् महिला



चन्दननाथ नागरपालिका–१ ललिचौरकी सुनिता कामी श्रीमान र सासुबाट पीडित महिला हुन् । उनी २२ वर्षकी भइन् । तातोपानी गाउँपालिकामा जन्मिएकी उनले १७ वर्षको उमेरमा ललिचौरका लोकेन्द्र कामीसँग भागी विवाह गरेकी थिइन् । उनको तीन वर्षीया छोरी छ । सुनिताबाट एक छोरी जन्मिएपछि उनका श्रीमान लोकेन्द्रले चन्दननाथ– १० कि सुचना कामीसँग दोस्रो बिहे गरे । उनले दोस्रो बिहे गरेकी सुचनाबाट पनि एक छोरी जन्मिएकी छन् ।

लोकेन्द्रकी जेठी श्रीमती फेरि गर्भवती भइन् । उनलाई लोकेन्द्रले एउटा कोठामा छुट्याएर राखेका छन् । अहिले सुनिताको साथमा तीन वर्षकी छोरी छ । उनको पेटमा ८ महिनाको गर्भ पनि छ । उनमाथि श्रीमानबाट मात्र होइन सासुबाट पनि सहयोग छैन ।

सुनिता कामी

चन्दननाथ नगरपालिका ६ की कल्पना शाही (रावल ) पनि घरेलु हिंसा पीडित महिला हुन । उनी अपांगता भएकी व्यक्ति हुन । उनका दुवै खुट्टाको टेक्ने भाग छैन ।

तर, उनीसँग अपाँगताको परिचय खुल्ने कुनै प्रमाणपत्र र नागरिकता पनि छैन । आफू तीन महिनाकी हुँदा आमा बितेको बताउने उनलाई आफ्नो उमेरसमेत थाहा छैन । आमा बितेपछि बुबाले सौतेनी आमा भित्र्याए ।

‘जन्म दिने आमा बितेपछि बुबाले अर्की श्रीमती ल्याउनुभयो । उपचार गर्ने कोही भएन । आमा बितेपछि घरमा स्यारसुसार गर्ने कोही भएन । त्यही बेलामा चुलोमा खुट्टा पोल्यो । तर, उपचार गर्न नपाउँदा खुट्टाको टेक्ने भाग नै छैन,’ उनले भनिन्, ‘सौतेनी आमाको किचकिचले सौतामाथि नै बिहे गरेँ ।’

दुई छोरा जन्माएकी कल्पनालाई अहिले श्रीमान र सौताबाट बेवास्ता गर्न थालेका छन् । उनी सुत्केरी भएको एक महिना पूरा भएको छ । बच्चाको स्वास्थ्य अवस्था बिग्रिएपछि अहिले उनी बच्चासहित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पतालको शैयामा छन् ।

कर्णबहादुर रावलले कुइरी रावलसँग बिहे गरेको २० वर्ष सम्म सन्तान नजन्मेपछि जेठी श्रीमतीले नै कल्पनालाई फकाएर विवाह गराएकी हुन् ।

उनले ४६ वर्षीय कर्णबहादुरसँग विवाह गरेको दुई वर्ष भएको छ । दुई छोरा जन्माएकी कल्पनालाई अहिले श्रीमान र सौताबाट बेवास्ता गर्न थालेका छन् । उनी सुत्केरी भएको एक महिना पूरा भएको छ । बच्चाको स्वास्थ्य अवस्था बिग्रिएपछि अहिले उनी बच्चासहित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पतालको शैयामा छन । बच्चा जन्माउनकै लागि आफूसँग विवाह गरेको र बच्चा जन्मिएपछि श्रीमानले हेला गरेको उनको गुनासो छ । अहिलेसम्म नागरिकतासमेत नबनाइदिएको उनी बताउँछिन् ।

कल्पना शाही

महिला हिंसामा परेका यी प्रतिनिधि पात्र मात्र हुन् । जुम्लामा हुने महिला हिंसाको घटनामा बढी श्रीमानकै संलग्नता पाइएको छ । कूल हिंसा प्रभावितमध्ये ५१ प्रतिशत महिला आफ्नै श्रीमान पीडित हुने गरेका तथ्यांक छ । सो तथ्यांकअनुसार १९ प्रतिशत आफ्नै परिवारका सदस्यबाट, १८ प्रतिशत छिमेकीबाट, सात प्रतिशत आत्मीय व्यक्तिबाट महिला हिंसामा पर्ने गरेका छन् ।

जिल्ला प्रहरी कार्यालयको महिला तथा बालबालिका सेवा केन्द्रको तथ्यांकमा २०७६ देखि हालसम्म घरेलु हिंसाका मात्र ९८ वटा उजुरी परेका छन् । प्रहरी निरीक्षक तथा सुचना अधिकारी युवन चौधरीले हिंसा गर्नेहरू सबैभन्दा बढी श्रीमान् र घरपरिवारका सदस्य रहेका बताए ।

घरेलु हिंसामा परेका महिलाहरूले आत्महत्या गर्न थालेका देखिन्छ । २०७५/७६ मा ११ वटा, २०७६७७ मा नौवटा, २०७७/७८ मा १४ वटा र चालु आर्थिक वर्षमा तीनवटा । तीन वर्षयता ३७ वटा घरेलु हिंसामा परेका महिलाले आत्महत्या गरेको तथ्यांक प्रहरीसँग छ ।

यो पनि…
तेजाब आक्रमणमा परेकी मुस्कान खातुनको बायोपिक बन्ने

शान्तीको जीवनमा अशान्ति ल्याउँदै क्रसर



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।