English

नेप्सेमा उछाल



धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले वृद्धि भएको छ । लगातार ओरालो लागेको नेप्सेमा मङ्गलबार र बुधबार भने सुधार देखिएको छ ।

नेपाल राष्ट्र बैंकले केही वस्तुको आयातमा सीमा निर्धारण गरेपछि त्यसको प्रभाव बजारमा परेकाले शेयर मूल्यमा सुधार देखिएको बताइन्छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ९२.७० अङ्कले बढेर दुई हजार ५०७.७० मा पुगेको छ ।

यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १४.७४ अङ्कले बढेर ४७७.२६ मा पुगेको छ । नेप्स परिसूचक उच्च अङ्कले बढे पनि कारोबार रकम भने तुलनात्मक रूपमा वृद्धि भएको छैन । कूल २३३ कम्पनीको ८१ लाख चार हजार ३१९ कित्ता शेयर रु चार अर्ब ५२ करोड ३३ लाख ३८ हजार १४३ मूल्यमा खरिद बिक्री भए ।

कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ । बैंकिङ ३७.१४, व्यापार २०२.८७, होटल तथा पर्यटन १०३.५८, विकास बैंक २३०.६३, जलविद्युत् १६२.६६, वित्त ७४.६, निर्जीवन बीमा ४८७.३६, उत्पादन ४५२.०३, अन्य ६४.९, लघुवित्त १८२.८७, जीवन बीमा ५०२.७७, सामूहिक लगानी कोष ०.०७ र लगानी ३.८९ अङ्कले उकालो लागेको छ ।

कारोबारका आधारमा हिमालयन डिस्टिलरी शीर्ष स्थानमा छ । सो कम्पनीको ६८ करोड ३४ लाख ५० हजार ६५२ बराबरको कारोबार भयो । माथिल्लो तामाकोशी १५ करोड ८२ लाख ५४ हजार ४१७, अरुण भ्याली हाइड्रोपावर १३ करोड ९० लाख १७ हजार ३०६, गुर्खाज फाइनान्स १३ करोड ३७ लाख ६५ हजार २२७ र नबिल बैंक ११ करोड ७८ लाख ४५ हजार ६२४ बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भए ।

चार कम्पनीको शेयर मूल्यमा सर्किट

नेप्सेका अनुसार आज विभिन्न चार कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । त्यसमा तीन जलविद्युत् कम्पनी र एक उत्पादन क्षेत्रको कम्पनी रहेको छ । कारोबार भएकामध्ये अरुण भ्याली हाइड्रोपावर, बरुण हाइड्रोपावर, माथिल्लो तामाकोशी र शिवम् सिमेन्टको सेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो । स्वाभिमान लघुवित्तको सेयरमा ९.९७ प्रतिशतको वृद्धि भएको छ । उता नबिल डिवेञ्चर ४.५९, प्रभु सेलेक्ट फण्ड २.४९, गुर्खाज फाइनान्स २.१६, कुमारी बैंकको डिवेञ्चर १.१७ र लक्ष्मी इक्विटी फण्डका लगानीकर्ताले १ प्रतिशतले गुमाए ।

नेपाल राष्ट्र बैंकले केही वस्तुको आयातमा सीमा निर्धारण गरेपछि सेयर बजारमा सकारात्मक प्रभाव परेको तर यो प्रभाव दिगो हुने हो कि होइन भन्नेमा भने लगानीकर्तामा द्विविधा देखिन्छ । बुधबारको कारोबारपछि बजार पूँजीकरण रु ३५ खर्ब २५ अर्ब ८९ करोड ५४ लाख ७९ हजार ७११ बराबर पुगेको छ ।

यो पनि पढ्नुहोस् :
मुटुका बिरामी घरमै कसरी सुरक्षित रहने ?
ट्राफिक र विमानबाट निस्किने आवाज मुटुका लागि खतरनाक !



सम्बन्धित खबरहरु

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।

विरलै मात्रै अभिनयमा देखिने लोकगायिका सुनिता दुलालले चर्चित नायक दिलीप रायमाझीसँग कम्मर मर्काउँदै म्यूजिक भिडियो ओ बड्डा सार्वजनिक गरेकी छन्

नेपालको लोकप्रिय ब्रान्ड टुपीएम स्न्याक्स् एण्ड नुडल्स् ब्राण्डले भारतको मुम्बईमा आयोजित समारोहमा रिलायन्स रिटेलद्वारा प्रतिष्ठित “फ्युचर फर्वार्ड स्टार ब्रान्ड” पुरस्कार