English

कोरोना संत्रास बढेपछि जमघट नगर्न सरकारको अनुरोध



स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले छिमेकी मुलुकहरूमा कोरोनाको त्रास बढ्दै गएकाले नेपालमा पनि भिडभाड हुने कार्य नगर्न अनुरोध गरेको छ ।

मन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गर्दै केही हप्तायता छिमेकी देशहरूमा कोभिड–१९ को सङ्क्रमण तीव्र रूपमा बढिरहेको र नेपालमा पनि सङ्क्रमण बढ्न सक्ने अवस्था रहेकाले भिडभाड नगर्न/नगराउन आग्रह गरेको हो ।

यति बेला भारत र चीनमा सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । त्यसैले नेपालमा समेत सङ्क्रमण दर बढ्न सक्ने अवस्थालाई देखेर देशभर सभा, जुलुस, र्‍याली, भेला, जमघट, गोष्ठी, सेमिनार, बैठक र भिडभाड हुने व्यवसाय नगर्न अनुरोध गरिएको मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले बताए ।

यसै गरी, सबैले सामाजिक दुरी, मास्कको प्रयोग अनिवार्य गरी जनस्वास्थ्यका मापदण्ड पालना गर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ ।



सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर

Latest










Popular
Suggested