English

जवान देखिन खानुहोस् यी ५ खानेकुरा



सुपरफुडसँग सम्बन्धित जानकारी इन्टरनेटमा सबैभन्दा धेरै खोजिने वस्तुहरूको शीर्ष स्थानमा पर्छ । यससँगै युवावस्था कायम राख्ने खानेकुराको बारेमा पनि मानिसहरूले धेरै चासो राख्ने गर्छन् । आफ्नो उमेर भन्दा बढी देखिने रहर कमैलाई मात्र होला सबैलाई उमेर भन्दा जवान नै देखिने मन हुन्छ । त्यसैले बुढ्यौली प्रक्रियालाई ढिलो बनाउने केही सुपरफुड यस प्रकार छन् :


जामुन

जामुन धेरै स्वादिलो मात्र नभएर स्वास्थ्यको हिसाबले पनि निकै फाइदाजनक मानिन्छ । जामुन खाँदा शरीर सुन्निने समस्या कम गर्न सहयोग गर्छ । जामुनको नियमित सेवनले शरीरलाई अक्सिडेशन प्रक्रियाबाट हुने क्षतिबाट जोगाउँछ । अक्सिडेशनले शरीर चाँडै बुढ्यौली बनाउँछ । तर, दैनिक जामुनको सेवनले अक्सिडेशनबाट हुने क्षतिलाई कम गर्छ ।


डार्क चकलेट
डार्क चकलेटको मुख्य स्रोत कोको बीन्स हो, जुन एन्टि९अक्सिडेन्ट गुणहरूले भरिपूर्ण हुन्छ । डार्क चकलेटको सेवनले छालाको नमी कायम राख्ने क्षमता बढाउँछ । यसले छालालाई मोइस्चराइज राख्छ । छालामा चाँडो चाउरी पर्दैन र छाला वास्तविक उमेर भन्दा जवान देखिन्छ ।


गेडागुडी
गेडागुडी हाम्रो मुटुका लागि निकै फाइदाजनक हुन्छ । यो कम९फ्याट प्रोटिनको राम्रो स्रोत हो । यसमा फाइबरको महत्त्वपूर्ण मात्रा समावेश भएकोले, कोलेस्ट्रोल कम गर्दछ । यसबाहेक भिटामिन, मिनरल्स, एन्टिअक्सिडेन्ट, पोटासियम र आइरनको राम्रो स्रोत भएकाले गेडागुडीलाई आफ्नो आहारमा समावेश गर्नुपर्छ । यसमा बायोटिन उच्च हुने भएकाले यसले छाला र कपाललाई सुख्खा हुनबाट रोक्न मद्दत गर्छ । यी सबै गुणहरूको कारण, गेडागुडीलाई एन्टी एजिंग सुपरफुडहरू मध्ये एक मानिन्छ ।


सम्पूर्ण अन्न
सम्पूर्ण अन्न फाइबर, खनिज, भिटामिन र एन्टिअक्सिडेन्टको उत्कृष्ट स्रोत हो । यही कारणले गर्दा यसको नियमित सेवनले क्यान्सर र मुटु रोगबाट बच्न सकिन्छ । साथै, अन्नलाई पच्न लामो समय लाग्ने भएकाले मधुमेह, उच्च रक्तचाप कम गर्न मद्दत गर्दछ । यसमा प्रशस्त मात्रामा फाइबर हुने भएकाले पाचन प्रणालीलाई राम्रो बनाउन पनि निकै सहयोगी हुन्छ । यी सबै गुणहरूको संयोजनको कारण, होल ग्रेनले जवान रहन धेरै मद्दत गर्दछ ।

रेड वाइन
पश्चिमी देशहरूको मनपर्ने रेड वाइनका धेरै स्वास्थ्य लाभहरू पनि छन् । रेड वाइनमा रेस्भेराट्रोल नामक एन्टिअक्सिडेन्ट पाइन्छ, जसले हाम्रो धमनीलाई स्वस्थ राख्न निकै मद्दत गर्छ । रेड वाइन संयमित मात्रामा सेवन गर्दा मुटुको स्वास्थ्यमा सुधार हुन्छ । यसबाहेक, रेड वाइनमा छालासँग सम्बन्धित धेरै फाइदाहरू छन् । जसले यसलाई एन्टी एजिङ सुपरफुडको दर्जा दिइन्छ ।

छुटाउनु भयो कि ?
कुन उमेरसमूहका मानिसले कति घन्टा सुत्ने ?
मोटोपना घटाउन के खाने के नखाने ?



सम्बन्धित खबरहरु

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।

विरलै मात्रै अभिनयमा देखिने लोकगायिका सुनिता दुलालले चर्चित नायक दिलीप रायमाझीसँग कम्मर मर्काउँदै म्यूजिक भिडियो ओ बड्डा सार्वजनिक गरेकी छन्

नेपालको लोकप्रिय ब्रान्ड टुपीएम स्न्याक्स् एण्ड नुडल्स् ब्राण्डले भारतको मुम्बईमा आयोजित समारोहमा रिलायन्स रिटेलद्वारा प्रतिष्ठित “फ्युचर फर्वार्ड स्टार ब्रान्ड” पुरस्कार