English

शान्तीको जीवनमा अशान्ति ल्याउँदै क्रसर



धनुषाकी शान्ति क्यापछाकी बेला–बेलामा रातु नदी किनारमा जान्छिन् र निकैबेर टोलाउँछिन । क्रसर व्यवसायी र ट्याक्टरले खुलम्खुला उठाउँदै गरेको नदीजन्य वस्तुलाई देख्दा शान्ति आफ्नो भविष्यलाइ सम्झन्छिन् र भावुक बन्छिन् । नदीको किनारमा गएर बालुवा चाल्दै दैनिक जीविकोपार्जन गर्न शान्तिको लागि रातुको किनार सबथोक हो ।

यही किनारको वरिपरि बाढीले थुप्रो बनाएका बालुवाका ढिस्का फुटाएर उनले ३० वर्ष गुजारिन् । बालुवा चालेर नै छोराछोरीको भविष्य बनाइन् । चार छोराछोरीलाई भनेजस्तो विषय पढाउन नसके पनि सरकारी विद्यालयमा पढाएरै शिक्षित बनाइन् ।

केही वर्षअगाडि शान्तिलाई बालुवाको अर्डर लिएर भ्याइनभ्याइ हुन्थ्यो । तर, अहिले किनारका छेउछाउमा बाक्लै खुलेका क्रसर उद्योगहरूले बालुवा चाल्ने पेसालाई विस्थापन गरिदिने अवस्था सिर्जना भएको छ ।

‘अब गरिखान साह्रै गाह्रो छ । सबै किनबेच अहिले त क्रसर उद्योगवाट नै हुन्छ,’ उनले भनिन् । नदी किनारमा बालुवा चाल्दाचाल्दै शान्तिका श्रीमानले ज्यान गुमाए । बालुवा चालेर गुजारा गर्नु उनको परिवारको लागि पुर्ख्यौली पेसा जस्तै बन्यो ।

रातु नदीको किनारमा बालुवाको ढिस्का फुटाएर गुजारा गर्ने शान्तीको मात्र हैन धेरै मजदुरको कथा उनको जस्तै भएको छ । छ्यापछ्याप्ती नदीजन्य बस्तुको दोहनमा क्रसरहरूले सयौँ ट्याक्टर परिचालन गरेका हुन्छन् ।

किनारमा मापदण्डविपरीत खुलेका कयौँ क्रसर उद्योग छन् । राजमार्ग र नदीको किनारबाट जति दूरीमा क्रसर खोल्नुपर्ने प्रावधान छ, त्यसलाई खुलमखुला धज्जी उडाउँदै दैनिक सयौ ट्याक्टर नदीका किनारबाट बालुवा तथा नदीजन्य बस्तुको दोहन भइरहेको छ ।

क्रसर कै चपेटामा परेर शान्तिलाई हिजोआज बालुवा चालेर जीविकोपार्जन गर्न निकै कठिन छ । ‘पहिला त क्रसरहरू थिएनन् । तर, अहिले बाक्लै खुलेका क्रसरहरूले रोजीरोटी नै बन्द गराउलान् जस्तो छ,’ उनी भन्छिन् ।

रातु नदीको किनारमा बालुवाको ढिस्का फुटाएर गुजारा गर्ने शान्तीको मात्र हैन धेरै मजदुरको कथा उनको जस्तै भएको छ । छ्यापछ्याप्ती नदीजन्य बस्तुको दोहनमा क्रसरहरूले सयौँ ट्याक्टर परिचालन गरेका हुन्छन् । २, ४ जना मजदुर ल्याएर बेल्चाले उठाएर क्षणभरमा नै एक टिप बनाएर ट्याक्टरहरू ओहोरदोहोर गरेको शान्तिहरू साक्षी बन्छन् । तर, निरीह हुनुको विकल्प पनि त छैन । के पो गर्न सकिन्छ र शान्ति प्रतिप्रश्न गर्छिन् ।

शान्तिले अहिले पनि बालुवा चाल्ने आफ्नो दैनिकीलाई निरन्तरता दिएकै छिन् । दुःख गरेर चालेको बालुवामा कोही आएर भाउमा नै बार्गेनिङ गर्दा भने शान्तिलाई दुःख लागेर आउँछ ।

कहिलेकाहीँ शान्ति पहिला र अहिलेलाई तुलना गर्दै भावुक हुन्छिन् । ‘पहिले महंगी थिएन, व्यापार पनि थियो । तर, अहिले त्यो समय रहेन,’ उनी भन्छिन्, ‘तै पनि दिनभरि नदी किनारमा बसेर बालुवा चाल्ने कर्मलाई निरन्तरता दिइरहेको छु । दुई, चार दिनमा कोही–कोही आउँछन र लिएर जान्छन् ।’

शान्तिलाई कहिलेकाही स्थानीय प्रशासनले पनि नदीबाट बालुवा निकाल्दा धम्काउने गर्छ । उनलाई बडो अचम्म लाग्छ, नदिभरि उत्खननमा व्यस्त अवैधानिक ट्याक्टरहरूमा प्रशासनको अँखा लाग्दैन ।

शान्तिलाई कहिलेकाही स्थानीय प्रशासनले पनि नदीबाट बालुवा निकाल्दा धम्काउने गर्छ । उनलाई बडो अचम्म लाग्छ, नदिभरि उत्खननमा व्यस्त अवैधानिक ट्याक्टरहरूमा प्रशासनको अँखा लाग्दैन । ‘हामी किनारमा बसेर चार दिन लगाएर एक ट्याक्टर बालुवा चाल्छौँ, तै पनि स्थानीय प्रशासन आँखा लगाउँछन बडो अचम्म लाग्छ,’ उनले भनिन् ।

हुन त शान्तिलाई नदीको किनारमा बाक्लै खुलेका क्रसरहरूले नदीजन्य बस्तुको उत्तखनन गर्दा नियमविपरीत हुन्छ कि नियमसंगत हुन्छ, थाहा छैन । तर, यतिमात्र थाहा छ कि क्रसरहरूले नै शान्तिको व्यवसाय ठप्प बनाए, रोजीरोटी र जीविकोपार्जनमा समस्या बने ।

योसँगै वर्षायाममा नदीको भेलले ३ महिना काम नै ठप्प हुन्छ । ‘वर्षायाम लागेपछि अरुको बनिबुथो गर्न जान्छु अनि बिहान–बेलुकाको छाक टार्छौँ’, शान्ति भन्छिन् ।

अहिले रातु नदीको किनारमा ५० को हाराहारीमा क्रसर उद्योग छन् भने बालुवा चालेर जीविकोपार्जन गर्नेहरूको संख्या पनि अधिक छ । विशेषगरि धनुषाको मिथिला, महोत्तरीको बर्दिबासजस्ता ठाउँका कयौँ सर्वसाधारणहरूको जीविकोपार्जन अझै रातु नदीले धानिरहेको छ । तर, जीविकोपार्जनको दायरा साँघुरिँदै गएपछि शान्तिजस्तै कयौँले पेसाको विकल्प रोजिरहेका छन् ।

यो पनि…
घरेलु उद्योग तथा साना पसल व्यवसाय कहाँ दर्ता गर्ने ?
घरेलु उद्योग तथा साना पसल व्यवसाय कहाँ दर्ता गर्ने ?
काठमाडौँमा अपार्टमेन्ट किन्ने सोचमा हुनुहुन्छ ? यस्तो छ मुल्य



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।