English

कैदीको भेषमै अदालत पुगिन सुकी



गत वर्ष सेनाले पदच्युत गरेपछि कारागारमा रहेकी वर्माकी नेतृ आङ सान सुकी कैदीको भेषमा नै अदालत उपस्थित भएकी छिन् । आफूमाथि लागेका आरोपबारे सुनुवाईका क्रममा अदालतमा उपस्थित भएकी ७६ वर्षीया सुकीले सेतो टप र खैरो लुगी लगाएकी थिइन् । यो पोसाक बर्मामा आमबन्दीले लगाउँछन् ।

कैदीको भेषमा सुकी अदालत पुगेको यो पहिलो पटक हो । सैन्य सरकारविरुद्ध उजेजक अभिव्यक्ति दिएको र कोभिडसम्बन्धी नियम पालना नगरेको आरोपमा त्यहाँको अदालतले उनलाई दुई वर्ष जेल सजाँय तोकेको छ ।

गत फेब्रुवरीमा नागरिक सरकारलाई पदच्युत गरी सेनाले सत्ता लिएपछि बर्मामा राजनीतिक संकट निम्तिएको छ । सेनाको कदमको विरोधमा देशव्यापी प्रदर्शन भएका छन् । प्रदर्शन नियन्त्रण गर्ने क्रममा सेनाको जुन्ता सरकारले १३ हजार जनाको हत्या गरेको विभिन्न अध्ययन प्रतिवेदनमा दर्शाइएको छ ।

जेलभित्र कैदीहरुलाई पनि सेनाले अमानवीय व्यवहार गरेको अधिकारवादीहरुले बताउँदै आएका छन् । हालै सार्वजनिक भएको एउटा विवरणमा सेनाले शृंखलाबद्ध ढंगले सर्वसाधारणको नरसंहार गरेको छ । सेनाले जुलाईमा मात्र कम्तिमा ४० सर्वसाधारणको हत्या गरेको जनाइएको छ ।

सेनाले सर्वसाधारणलाई चरम यातना दिएर हत्या गरेको थियो । हत्यापछि उनीहरुलाई एउटा खाडलमा सामूहिक रुपमा पुरिएको थियो । विपक्षीहरुको पकड रहको मध्यम्यानमारको सागिङ जिल्लाका विभिन्न चार स्थानमा सेनाले सामूहिक हत्या गरेको हो । त्यस्तै, सोही जिल्लाको अर्को एक गाउँमा सेनाले १४ जनालाई कुटेर हत्या गरेका छ ।

यो पनि….
वैज्ञानिक भन्छन्, राेबटले यसरी बच्चा जन्माउन सक्छ
पोस्टमार्टम गर्न लागेका व्यक्तिले हातखुट्टा चलाउन थालेपछि…



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।

गुरुङ समुदायको परम्परागत धार्मिक बाजा ढ्याङग्रोमा आधारित रही निर्माण गरिएको चलचित्र ढ्याङग्रो हङकङ र नेपालमा प्रर्दशन हुने भएको छ ।