English

पशुपति र वसन्तपुर क्षेत्रमा चिरोत्थान, फागु पर्व सुरु



फागु पूर्णिमा अर्थात् होली पर्व सुरु गर्नुअघि पशुपति र वसन्तपुर क्षेत्रका सात स्थानमा लिङ्गो गाड्ने काम (चिरोत्थान) गरिएको छ ।

गुह्येश्वरी जङ्गलमा फाल्गुन शुक्ल अष्टमीका दिन बिहान मयलको हाँगो काटी गुह्येश्वरी, गोरखनाथ र पशुपतिमा चढाएर ती स्थानमा लिङ्गो गाडिने परम्परा रहेको छ । मयलको हाँगो काटेर ल्याई नेपाल पञ्चाङ्ग निर्णायक समितिले दिएको साइतअनुसार चिरोत्थान गरिएको हो ।

पशुपति र वसन्तपुर दरबार क्षेत्रका सात स्थानमा लिङ्गो गाड्ने चलन प्राचीन कालदेखि रही आएको छ । आज बिहान चिरोत्थान गरिएसँगै फागु पर्व सुरु भएको मानिन्छ ।

वसन्तपुरका पनि चार स्थानमा चिरोत्थान गरिएको छ । हनुमान ढोका दरबार क्षेत्रका सुन्दरी चोक, दाख चोक, हनुमान मन्दिरअघि र गद्दी बैठकअघि गरी चार स्थानमा लिङ्गो गाडिएको छ । पशुपति र वसन्तपुर दरबार क्षेत्रका सात स्थानमा लिङ्गो गाड्ने चलन प्राचीन कालदेखि रही आएको छ । आज बिहान चिरोत्थान गरिएसँगै फागु पर्व सुरु भएको मानिन्छ । फाल्गुन शुक्ल पूर्णिमाका दिन फागु पूर्णिमा पर्व मनाइन्छ ।



सम्बन्धित खबरहरु

म्यानचेस्टर युनाइटेडप्रतिको प्रेमलाई संसारकै सर्वोच्च स्थानमा पुर्याउँदै, हङकङमा बसोबास गर्ने नेपाली समर्थक राज गुरुङले यसै वर्ष सगरमाथाको सफल आरोहण गरेका

जेनजीको आह्वानमा गरिएको प्रदर्शनका क्रममा मृत्यु भएका नागरिकहरूको सम्झनामा नयाँ बानेश्वर, काठमाडौंँस्थित संसद भवन अगाडि दीप प्रज्वलन गरिएको छ। सरकारले

२३ भाद्र : काठमाडौंमा भएको जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर १४ जनाको मृत्यु भएको छ ।घाइते हुनेहरुको विभिन्न अस्पतालमा उपचार

Latest










Popular
Suggested