English

उपल्लो डोल्पामा हिउँको कथा (फोटो फिचर)



हिउँको कथा मात्र होइन , वास्तविक जिन्दगीको खास मर्मसहितको भाव पनि हो । दुई दिन गएर आहा गर्नेहरूमा भन्दा जिन्दगी भर पीडा भोग्नेको खास कथा फरक छ । चिसो मौसम , सीमित स्रोत साधन अनि राज्यबाट उपेक्षामा परेको बस्ती ! त्यहाँका सर्वसाधारणको वास्तविक जिन्दगी आफू बाच्नका लागि मात्र होइन , सीमा रेखामा बस्दा विना बर्दीको सीमाको सुरक्षा अर्को चुनौती पनि हो । माटोको माया गर्नु र सिमानामा रही सीमा रक्षक हुनुमा फरक कुरा छ । खास जिन्दगीका अनगन्ती कथाहरू जहाँ राज्यले सुन्दैन । स्रोत माथिको पहुँच समेत फलामको चिउरा झैँ हुँदै आएको छ । बजेट भाषणमा भएको आवाज रुपी कथाले यहाँको मन थामिँदैन । भूगोल , मन र पीडा सम्बोधन गर्न त हृदय देखि आत्मसाथ गर्नुपर्छ । देशका नागरिकलाई नागरिकको अधिकार पुर्णरुपमा राज्यले प्रत्याभूति गर्नुपर्छ उपल्लो डोल्पा अनि यहाँको पीडा । तीन पालिकामा हिमपातकै कारण कोभिड १९ को खोपलगायत अन्य नियमित लगाइने खोप ५ महिनाका लागि बन्द गरिएको छ ।

यो पनि…
विश्व चिनाउने साताका २१ तस्वीर
भद्रगोल सिंहदरबार (फोटो फिचर)



सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर

Latest










Popular
Suggested