English

‘डाक्टर बन्न सकिन अब पिएचडी गर्छु’



बझाङको पृथ्वी नगरपालिका–७ स्थित श्री सुनी पिपलचौर माध्यमिक विद्यालयबाट २०५५ मा एसएलसी दिएँ । त्यस विद्यालयबाट एसएलसी दिने पहिलो ब्याचको विद्यार्थी थिएँ । त्यतिबेला अहिलेको जस्तो परीक्षाको नतिजा छिटो आउँदैन थियो । आएपनि छिटो हेर्न पाईंदैन थियो । मैले नतिजा प्रकाशित भएको पाँच दिनपछि हेर्ने मौका पाएँ । पहिलो श्रेणीमा उत्तिर्ण भएछु । अनि त खुशीको सिमा नै रहेन । त्यतिबेला पास हुनु नै ठूलो कुरा हुन्थ्यो । त्यसैले मेरो जिल्लाभर नै चर्चा भएको थियो ।

डाक्टर अथवा इन्जिनियरमध्ये एउटा बन्ने सपना सजाएर काठमाडौं आएँ । त्रिचन्द्र क्याम्पसमा आईएस्सीमा भर्ना भएँ । तर, भर्ना भएको केही समयमा अमृत साइन्स क्याम्पसमा ट्रान्सफर गरें । अखिलको राजनीति र होस्टेलको लागि ट्रान्सफर गर्नु मुख्य कारण थियो ।

त्यतिबेला त्रिचन्द्रमा अरु संगठनको दादागिरी चल्ने भएकाले अखिलबाट राजनीति गर्ने माहोल थिएन । तर, मलाई भने अखिलको सदस्य हुनु थियो । त्यो त्रिचन्द्रबाट सम्भव थिएन अस्कलमा सहज थियो । अस्कलबाट अखिल संगठनमा प्रवेश गरेँ । आइएस्सीको पहिलो वर्षदेखि नै राजनीतिमा लागें ।

खासमा हामीले ५० प्रतिशत छुटको लागि आन्दोलन गरेको तर, ३३ प्रतिशत मात्र लागू भयो । पछिल्लो समयमा विद्यार्थीले ४५ प्रतिशत सौलियत छुट पाउँदै आएका छन् ।

अखिल विद्यार्थी संगठनबाटै विभिन्न राजनीतिक कार्यक्रमहरुमा सहभागि हुन थालें । संगठनको आन्दोलन, कार्यक्रम, गोष्ठीमा सहभागि भएँ । यहीबेला यातायातमा विद्यार्थीलाई ३३ प्रतिशत छुट हुनुपर्छ भनेर आन्दोलन गर्यौं । त्यो आन्दोलन सशक्त ढंगले संचालन गर्ने मध्येको पात्र पनि एउटा हुँ । खासमा हामीले ५० प्रतिशत छुटको लागि आन्दोलन गरेको तर, ३३ प्रतिशत मात्र लागू भयो । पछिल्लो समयमा विद्यार्थीले ४५ प्रतिशत सौलियत छुट पाउँदै आएका छन् ।

अस्कल कलेजमा पढ्ने वातावारण राम्रो थियो । पढ्नेहरु राम्रै पढे । पढाई र संगठनका कार्यक्रममा सहभागि हुन्थें । मेरो पढाई पनि ठिकै थियो । बिहानको कक्षा हुन्थ्यो । कक्षा नियमित नभएपनि प्रयोगात्मक कार्यमा भने सहभागि हुन्थेँ ।

मूख्य काम पढ्नु भए पनि राजनीतिक र सामाजिक कार्यमा सक्रिय हुनु, मेरो सौख थियो । साथै, खेलमा पनि मेरो औधि रुचि थियो । आईएससी र बिएससी पढ्दा भलिबल, बास्केटबल र करातेको राम्रो खेलाडी भइसकेको थिएँ । कलेजबाट आयोजना हुने हरेक खेलखुदको कार्यक्रममा सहभागि हुन्थें । खेलखुदबाट थुप्रै मेडलहरु पनि जितेको छु । तिनै मेडलले अहिले पनि कलेजका दिनको यादलाई मानसपटलमा ताजा बनाइदिरहेको छ ।

आइएससी दोस्रो वर्ष पढ्दा कलेजबाट दार्जिलिङ र सिक्किम ‘बोटानिकल टुर’ गएका थियौं । त्यतिबेला साह्रै रमाइलो भएको थियो । त्यसले साथी र शिक्षकहरुसँग आत्मियता बढायोे ।

उनको सुन्दर मुहारले मोहनी लगायो । प्रेम प्रस्ताव राखेँ । सुरुमा त स्वीकार गरिनन् । कुरा गर्दै जाँदा नजिक भइयो । हामी बीच प्रेम झाङ्गिदै गयो । करिब १० वर्षको प्रेमसम्बन्धलाई हामीले विवाहमा परिणत गर्यौं ।

कलेजकी प्रेमीका जीवनसाथी
आइएससी दोस्रो वर्षमा अध्ययन गर्दैै गर्दा सनुजा श्रेष्ठसँग मेरो भेट भयो । उनी आईएससी पहिलो वर्षमा भर्ना भएकी थिइन् । उनको सुन्दर मुहारले मोहनी लगायो । प्रेम प्रस्ताव राखेँ । सुरुमा त स्वीकार गरिनन् । कुरा गर्दै जाँदा नजिक भइयो । हामी बीच प्रेम झाङ्गिदै गयो । करिब १० वर्षको प्रेमसम्बन्धलाई हामीले विवाहमा परिणत गर्यौं ।

होस्टेलको १२ रुपैयाँको भात
कलेज लाइफमा आफ्नो खर्च आफैले नै जोहो गर्थें । काम गर्ने परिस्थिति थिएन । आइएससीको पढाईपछि पार्टटाइम होम ट्युसन र दिनको एक घण्टा स्कुलमा कराते सिकाउँथें । मासिक ७ हजारसम्म आम्दानी हुन्थ्यो । त्यो बेला ७ हजार रुपैयाँ भनेको धेरै हो । होस्टेलमा एक छाक खानाको साढे १२ रुपियाँ पथ्र्यो । दिनको २५ रुपियाँ मात्र खर्च हुन्थ्यो । होस्टलमै बसेर बिएससी सम्मको अध्ययन पुरा गरेँ ।

अब पिएचडी गर्छु
२०६१ सालमा त्रिचन्द्र क्याम्पसमा फेरि प्रवेश गरेँ । समाजशास्त्र र ग्रामीणशास्त्र विषयमा स्नातकोत्तर अध्ययनका लागि भर्ना भएँ । त्यतिबेला त्रिचन्द्रको भित्तामा ‘शैक्षिक संस्था बाहुबलीको थलो होइन, सिर्जनात्मक फूल फूल्ने थलो हो’ भन्ने भनाई लेखिएका हुन्थे । तर, माहोल त्यस्तो थिएन ।

अनेरास्ववियुको ‘अ’ उच्चरण गर्दा, झन्डा राख्दा वा त्यहाँ पढ्नेहरुले सदस्यता लिएको थाहा पाए लखेटिन्थे कुटिन्थे । २ हजारदेखि २५ सयसम्म आइएससीमा विद्यार्थी भर्ना हुन्थे । जसमा ५ सय मेरिट लिस्टबाट भर्ना भए पनि बाँकी भनसुनकै आधारमा भर्ना हुने चलन थियो । यस्तो नियमको विरोधका लागि म त्यहाँ भर्ना भएकोे थिएँ । संगठनलाई केही हदसम्म बलियो बनाएँ । तर, राजनीतितर्फ ध्यान केन्द्रीत भएकाले डाक्टर अथवा इन्जिनियर बन्ने सपना त बिर्सिएछु । अब पिएचडी गरेर नामको अघि डाक्टर लेख्छु ।

यो पनि पढ्नुहोस् :
ज्योती भन्छिन्– ‘फ्यानले ओठमा किस गर्दा बान्ता आयो’
सोनिकाका फ्यान– सुनको सिक्री गिफ्ट दिनेदेखि झम्टेर रुनेसम्म
विराट भट्टका फ्यानः मोवाइल फुटाउनेदेखि घरका भित्ताभरि फोटो टाँस्नेसम्म
म्याकुरीका फ्यान : सेल्फी खिच्न ओभरटेक गर्नेदेखि प्रहरी चौकी पुर्याउनेसम्म
मोडल सरोज अधिकारीका फ्यान: ढोकामा कुर्ने देखि, प्रेमप्रस्ताव राख्नेसम्म
दुर्गेश थापाका ५ अनौठा फ्यान



सम्बन्धित खबरहरु

गायक प्रमोद खरेलको सुमधुर आवाजमा सजिएको “बेग्लै खुशी” बोलको म्युजिक भिडियो ओएसआर  डिजिटल युट्युब च्यानलमा सार्वजनिक भएको छ। प्रेमिल शैलीको

‘सेलिब्रेसन इन स्प्लेन्डर’ थिम अन्र्तगत हङकङमा आयोजित सांस्कृतिक कार्यक्रममा नेपालले समेत आफ्नो प्रस्तुति दिएको छ । २० भन्दा बढी एसियाली

लमजुङ सेवा समिति हङकङले मर्स्याङदी नाईटको आयोजना गर्ने भएको छ । कार्यक्रम डिसेम्बर २२ का दिन युङ लङ थियटरमा हुनेछ

अमेरिकाको ४७ औं राष्ट्रपतिमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प फेरि निर्वाचित भएका छन् ।  ट्रम्पले डेमोक्र्याटिक्स पार्टीकी उम्मेदवार कमला ह्यारिसलाई पराजित