English

घर बनाउने सपना, ‘गुरु’ ले पार्छ साकार



सहरमा घर । आममानिसको सपना हो । तर, निर्माण कसरी गर्ने ? यसले धेरैलाई हैरान पारेको हुन सक्छ । पैसा भएर पनि आफूले सोचेजस्तो घर नबनेपछि धेरै मानिसहरु पछुताउँछन् । यही भ्रम, पछुतो र दुविधालाई चिर्दै आएको छ–घर निर्माण गुरु ।

गुरु कुनै व्यक्ति नभएर कम्पनी हो । यो कम्पनीले घर निर्माणको सल्लाहका साथै निर्माणको समेत जिम्मा लिन्छ । घरको डिजाइन, नक्सा पास, निर्माण सामग्रीदेखि कामदारसम्मको ठेक्का यसैले लिन्छ । अनि घर सम्पन्न गरेर धनीलाई ताल्चा साँचो बुझाउँछ ।

गुरुले यतिबेला काठमाडौं उपत्यकालाई आफ्नो सेवा क्षेत्र बनाएको छ । करिव १० वटा घर निर्माण सम्पन्न गरी घरधनीलाई जिम्मा लगाइसकेको छ । व्यस्त समयका बाबजुद पनि सोचेअनुसारको घर निर्माण गर्न चाहनेले घर निर्माण गुरुको साथ लिनसक्ने मार्केटिङ प्रमुख प्रणयराज आचार्य बताउँछन् ।

‘हामीले जोसँग पैसा छ तर फूर्सद र आइडिया छैन उहाँहरुलाई लक्षित गर्दै यो कम्पनीको सुरुवात गरेका हौं,’ आचार्यले भने, ‘काठमाडौं उपत्यकामा घडेरी हुनेहरुले आफूले जस्तो घर बनाउन चाहेको हो त्यही अनुसार हामीले. घर बनाइदिन्छौं ।’

‘हामीले जोसँग पैसा छ तर फूर्सद र आइडिया छैन उहाँहरुलाई लक्षित गर्दै यो कम्पनीको सुरुवात गरेका हौं,’ आचार्यले भने, ‘काठमाडौं उपत्यकामा घडेरी हुनेहरुले आफूले जस्तो घर बनाउन चाहेको हो त्यही अनुसार हामीले. घर बनाइदिन्छौं ।’

घर निर्माणको तीन प्याकेज


घर निर्माणका लागि कम्पनीले तीनवटा प्याकेज सार्वजनिक गरेको छ । जसको पहिलो प्याकेज हो–बजेट प्याकेज । सानो घर अर्थात कम बजेट भएका मानिसका लागि यो प्याकेज उत्तम हुने घर निर्माण गुरुकी सिइओ म्रिडानी शर्मा पौडेल बताउँछिन् । प्याकेजमा प्रति स्क्वायर फिटको ३ हजार ५० रुपैयाँ लाग्नेछ । ‘घर सानै भएपनि सपना ठूलो हुनुपर्छ भन्ने हाम्रो मान्यता हो,’ उनले भनिन्, ‘थोरै पैसामा घर बनाउने चाहना राख्नेहरुको सपना यो प्याकेजले पुरा गर्न सक्छ ।’

यसैगरी दोस्रो प्याकेजको रुपम स्ट्याण्डर्ड प्याकेज रहेको छ । यो प्याकेजको प्रति स्क्वायर फिटको ३ हजार २ सय ५० रुपैयाँ लाग्ने कम्पनीले जनाएको छ । मध्यम वर्गीय मानिसलाई लक्षित गरेर यो प्याकेज ल्याइएको आचार्यले बताए । अहिले यो प्याकेजलाई धेरैले रुचाइरहेका छन् ।

अन्तिम प्याकेजको रुपमा प्रिमियम प्याकेज रहेको छ । यो प्याकेज अरु भन्दा थोरै महंगो छ । तर, यसको सविधा र गुणस्तरमा भने कुनै सम्झौता नहुने म्रिडानीको दाबी छ । ‘यो प्याकेजमा प्रति स्क्वायर फिट ४ हजार ५० रुपैयाँ लाग्छ,’ उनले भनिन्, ‘यो प्याकेजले ग्राहकलाई सन्तुष्ट बनाउँछ ।’

यसरी सुरु भयो निर्माण गुरु


कम्पनीका मार्केटिङ प्रमुख आचार्य पेसाले शिक्षक हुन् । उनी नेपाल कमर्श क्याम्पसमा मार्केटिङ विषय पढाउँछन् । आचार्यले काठमाडौंमा करिव तीन वर्ष आफ्नै घर बनाए । कागजी प्रक्रियाका लागि निकै हैरानी खेपे । त्यसैले उनलाई घर निर्माण गुरुको ‘न्यु स्टारअप’ आइडिया जन्मायो ।

गुरुले सुरुमा कन्सल्टेन्सीको रुपमा काम गर्यो । उनकी श्रीमती म्रिडानी वातावरण विज्ञानकी विद्यार्थीसमेत हुन् । उनलाई पनि यसप्रति रुचि भयो । वातावरणमैत्री घर कसरी बनाउने भन्ने बारे पनि उनीहरुले परामर्श दिन थाले । सल्लाह सुझाव लिन आउनेहरुले घर निर्माणका क्रममा निर्माण सामग्रीदेखि कामदारबाट भोगेको हैरानी सुनाउँथे । त्यसपछि घर निर्माण गुरुलाई कन्स्ट्रक्सन कम्पनीको रुपमा विकास गरेको आचार्य बताउँछन् ।

घर निर्माण गुरुमार्फत तीन आना जग्गामा एक तले घर बनाउँदा ४५ लाख रुपैयाँसम्म खर्च लाग्ने आचार्य बताउँछन् । यस्तै, साढे दुईतलाको घर सम्पन गर्न ७५ लाख लाग्नेछ ।

एक तले घरको ४५ लाख, दुई तलाको ७५ लाखसम्म


घर निर्माण गुरुमार्फत तीन आना जग्गामा एक तले घर बनाउँदा ४५ लाख रुपैयाँसम्म खर्च लाग्ने आचार्य बताउँछन् । यस्तै, साढे दुईतलाको घर सम्पन गर्न ७५ लाख लाग्नेछ । ‘पहिलो तलाको तुलनामा दोस्रो तलाको खर्च कम हुन्छ,’ उनले भने, ‘पहिलो तलामा डिपिसी गर्नुपर्ने भएकाले धेरै खर्च निस्कन्छ ।’ घर निर्माण गुरुले इन्टेरियर डिजाइनिङको समेत काम गर्दै आएको छ ।

यो पनि पढ्नुहोस्:
४ कोठाको एक तले पक्की घर बनाउन के–केमा कति लाग्छ खर्च ?

काठमाडौँमा अपार्टमेन्ट किन्ने सोचमा हुनुहुन्छ ? यस्तो छ मुल्य



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।