English

शरीर दुख्ने समस्या कम गर्ने ४ घरेलु उपाय



एउटै ठाउँमा लगातार काम गर्दा शरीर र मांसपेशीमा दुखाई महसुस हुन्छ । कहिलेकाहीँ शारीरिक रूपमा सक्रिय नहुनाले पनि शरीर दुख्न थाल्छ । शरीर दुख्ने धेरै कारण हुन सक्छन् जस्तै थकान, कमजोरी, व्यायाम नगर्नु, एकै ठाउँमा बस्नु वा अन्य कुनै रोग । अक्सर मानिसहरू शरीर दुखाइ कम गर्नको लागि पेन किलर  सेवन गर्छन् । पेन किलरको प्रयोगबाट पनि साइड इफेक्ट हुन्छ । त्यसैले निम्न घरेलु उपाय अपनाएर शरीर दुख्ने समस्याबाट छुटकारा पाउन सकिन्छ:

शरीरको दुखाई कम गर्ने ४ घरेलु उपाय 
– एप्पल साइडर भिनेगरको सेवनले शरीरको दुखाइबाट छुटकारा पाउन सकिन्छ । यसमा एन्टी–इन्फ्लेमेटरी, एन्टी–माइक्रोबियल गुणहरू हुन्छन्, जसले कुनै पनि प्रकारको दुखाइलाई हटाउँछ । एक गिलास तातो पानी लिनुहोस् ।  यसमा एक चम्चा एप्पल साइडर भिनेगर, एक चम्चा मह मिसाउनुहोस् । यसको सेवनले दुखाईमा आराम मिल्छ ।

– अदुवामा एन्टी इन्फ्लेमेटरी, एनाल्जेसिक तत्त्व हुन्छ, जसले शरीरको दुखाइ, सुन्निने समस्यालाई कम गर्न मद्दत गर्छ ।  भाँडामा एक कप पानी हाल्नुहोस् । यसमा अदुवाका केही टुक्राहरू हालेर उम्लिन दिनुहोस् ।  यसलाई छान्नुहोस् र तातै पिउनुहोस् ।  चियामा अदुवा मिसाउँदा पनि दुखाईमा आराम मिल्छ ।

– तोरीको तेल तताएर पुरै शरीरमा मालिस गर्नाले पनि दुखाइबाट आराम मिल्छ ।  यसले रक्तसञ्चार सुधार गर्छ । सुन्निने समस्या कम गर्न तोरीको तेलले मालिस गर्नु राम्रो हुन्छ । तोरीको तेललाई मनतातो गरी शरीरमा मालिस गर्ने । तेलमा केही लसुनको पोटी, ओरेगानो मिसाएर पनि मसाज गर्न सकिन्छ । मसाज गरेको आधा घण्टापछि नुहाउने । 

– कहिलेकाहीँ खानामा आवश्यक भिटामिन र खनिजको कमीले पनि शरीर र मांसपेशी दुख्ने गर्छ ।  मांसपेशी स्वस्थ राख्न भिटामिनको सेवन आवश्यक छ ।  भिटामिन बी १, डी र ई को कमीले पनि स्नायु, मांसपेशीमा क्षति पुर्याउन सक्छ ।  यसले शारीरिक कमजोरी र पीडा निम्त्याउँछ ।  यस्तो अवस्थामा खानामा भिटामिन युक्त चीजहरू समावेश गर्नुहोस् । 

छुटाउनु भयो कि ?
कुन उमेरसमूहका मानिसले कति घन्टा सुत्ने ?
मोटोपना घटाउन के खाने के नखाने ?



सम्बन्धित खबरहरु

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।

गुरुङ समुदायको परम्परागत धार्मिक बाजा ढ्याङग्रोमा आधारित रही निर्माण गरिएको चलचित्र ढ्याङग्रो हङकङ र नेपालमा प्रर्दशन हुने भएको छ ।

विरलै मात्रै अभिनयमा देखिने लोकगायिका सुनिता दुलालले चर्चित नायक दिलीप रायमाझीसँग कम्मर मर्काउँदै म्यूजिक भिडियो ओ बड्डा सार्वजनिक गरेकी छन्