English

प्रतिस्पर्धी सुन्दरीमा कोरोना देखिएपछि ‘मिस वर्ल्ड २०२१’ स्थगित



कोरोना भाइरसको बढ्दो समस्याका कारण विश्व चर्चित सौन्दर्य प्रतियोगिता ‘मिस वर्ल्ड २०२१’ स्थगित भएको छ । आयोजकले प्रतियोगितामा सहभागी कैयौँ प्रतिस्पर्धीलाई कोरोना सङ्क्रमण देखिएकाले स्थगित गर्नुपरेको जनाएको छ ।

प्रतियोगिताको समापन बिहीबार सेन जुआनको कोलिसियो डी प्यूर्टो रिकोमा हुँदै थियो । तर समापनअघि नै आयोजकले प्रतियोगिता स्थगित गरेका छन् । प्रतियोगिताको आधिकारिक इन्स्टाग्राम एकाउन्टमा आयोजकले एक पोस्ट गर्दै प्रतियोगिता स्थगित गरिएको जानकारी दिएको छ ।

समाचारअनुसार प्रतियोगितामा सहभागी १७ प्रतिस्पर्धीमा कोरोना पजिटिभ देखिएको छ । जसमा भारतीय सुन्दरी मनासा पनि छिन् । आयोजकका अनुसार सङ्क्रमितमध्ये सातजना आइसोलेसनमा छन् । अन्य प्रतियोगीहरूका लागि आवश्यक सुरक्षा मापदण्ड अपनाइएको छ । जस कारण कोरोना सङ्क्रमण रोकिनेमा आयोजक विश्वस्त छन् ।

आयोजकले आगामी ९० दिनभित्र अहिलेकै स्थानमा प्रतियोगिता आयोजना गर्ने जनाएको छ । प्रतियोगीहरू र सम्बन्धित कर्मचारीहरूलाई एकान्त वास र निगरानीमा राखिएको छ ।

स्थानीय स्वास्थ्य अधिकारीहरूको मन्जुरीपछि उनीहरूलाई घर फर्कन अनुमति दिइने बताइएको छ । आयोजकले प्यूर्टो रिको स्वास्थ्य विभागसँग परामर्श गर्न भायरोलोजिस्ट र चिकित्सकहरूसँग बैठक बसेर प्रतियोगिता स्थगितको निर्णय लिएको हो ।

यो पनि पढ्नुहोस्
सकेन्ड ह्यान्ड कपडा बेचेरै मालामाल, १ सयदेखि ३० हजारसम्मका लुगा (भिडियोसहित)
‘लेहंगा र साडी डिजाइन गर्दैमा फेसन डिजाइनर भइँदैन’
किन झर्छ कपाल ? यी हुन् रोकथामका उपाय



सम्बन्धित खबरहरु

काठमाडौं । गायक प्रमोद खरेलको स्वरमा रहेको गीत ‘मायाको व्यापार २ ’ सार्वजनिक गरिएको छ । गीतमा इन्द्र दाहालको शब्द

गुपचुप रूपमा निर्माण भई सम्पादन समेत पूरा गरेको नयाँ फिल्म ‘हेल्लो काशिराम’ ले आफ्नो फस्टलुक पोस्टर र प्रदर्शन मिति एकैसाथ

नेपाल क्रिकेट संघ (क्यान)ले वार्षिक क्यालेण्डर सार्वजनिक गरेको छ । शनिबार सार्वजनिक क्यालेण्डर अनुसार वर्ष सन् २०२५ मा नेपाली क्रिकेटर व्यस्त रहनेछन्

नेपाल-चीन सीमा क्षेत्रमा भूकम्प गएको छ । तिब्बतको सिगात्से केन्द्रविन्दु भएर ५.९ म्याग्निच्युडको भूकम्प गएको काठमाडौंस्थित राष्ट्रिय भूकम्प मापन केन्द्रका