English

पर्यटकको पर्खाइमा शङ्ख बज्ने पहरा



अक्करे भिरको सिरानमा पहरा छ । गाउँमा त्यसलाई शङ्खे पहरा भन्छन् । पिता पुर्खाले दिएको नाम हो, त्यो । जैमिनी नगरपालिका–५ बिनामारे, रिठेडाँडाछेउको शङ्खे पहरा अघिल्लो हिउँदसम्म यसै गुमनाम थियो ।

जब रिठेडाँडालाई पर्यटकीय गन्तव्य बनाउन स्थानीय कस्सिए, त्यो लुकेको पहरा पनि दृश्यमा आयो । रिठेडाँडा पर्यटन पूर्वाधार निर्माण उपभोक्ता समितिका अध्यक्ष टेकबहादुर थापाका अनुसार पहिले–पहिले त्यसलाई शङ्खे ओढार भनिन्थ्यो । रिठेडाँडामा गत वर्ष पर्यटकीय उद्यानको काम थालिएसँगै शङ्खे पहराको चर्चा बाहिरिएको हो । समिति र गाउँले मिलेर उक्त ओढारलाई शङ्ख बज्ने पहराका रूपमा अन्यत्र चिनाएका हुन् । पहरामा रहेका प्वालमा फुक्दा शङ्खको झैँ ध्वनि निस्कने गरेको अध्यक्ष थापाले बताए ।

“सानैदेखि शङ्खेओढार भनेर सुन्ने गरिन्थ्यो, पाका पुरानाले त्यहाँ शङ्ख बज्छ भन्थे”, उनले भने, “त्यसै शङ्खे ओढार नामकरण त भएन होला भन्ने लागेर त्यसको खोजीनितीमा लाग्यौँ, हामीले प्रयास गर्दा शङ्ख बज्यो पनि ।” शङ्खे पहरा जोड्ने बाटो खन्ने क्रममा स्थानीयवासी रमेश पुनले पहिलो पटक पहरामा फुकेर शङ्खको ध्वनि निकालेका थिए । त्यसपछि गाउँका अरू केही युवाले पनि शङ्ख बजाउन सिके । जो–कोहीले भने त्यहाँ शङ्ख फुक्न सक्दैनन् ।

“गाह्रो हुन्छ, धेरै फुक्दा त टाउकै दुख्छ”, ३० वर्षीय थापाले भने, “वर्षा याममा पहरा पानीले भिज्ने भएकाले ठुलो आवाज आउँछ, राम्रो पनि सुनिन्छ ।” सुक्खा याममा भने प्वालमा पानी हाल्दै बजाउने गरिएको उनको भनाइ छ । थापासँगै गाउँका दुई÷चार जना युवाले मात्रै पहराबाट शङ्ख ध्वनि निकाल्न सक्छन् । उमेर पुगेका व्यक्तिलाई भने श्वास पुर्याउनै कठिन हुन्छ । शङ्ख बज्ने गरेको थाहा पाएपछि गाउँका धेरैले कोसिस गरे पनि सफल हुनसकेका थिएनन् ।

“तिब्बतीयन र भारतीय प्लेटको टकराबबाट हिमालय क्षेत्रको उत्पत्ति हुँदा समुद्री जीव शङ्खे किराको अवशेष यहाँ रहेको हुनुपर्छ”, अध्यक्ष थापाले भने, “यस पहरा आसपासमा पानीले खिइएका चिल्ला चट्टान पनि प्रशस्त भेटिन्छन् ।”


बाहिरबाट जाने आगन्तुकले पनि प्वालमा मुख जोडेर बजाउने प्रयास गर्छन् । कतिले त जेनतेन मधुरो भए पनि आवाज निकाल्छन् । शङ्खे पहराको नाम चल्न थालेपछि अहिले त्यहाँ फाट्टफुट्ट आन्तरिक पर्यटक पुग्न थालेका छन् । शङ्ख बज्ने पहरा भनेपछि जिज्ञासा लिएर मानिसहरू आउन थालेको अध्यक्ष थापाले बताए ।

उनले पहरामा रहेका प्वालमा फुक्दा शङ्ख ध्वनि निस्कनु आफैँमा अनौठो भएको प्रतिक्रिया दिए । “तिब्बतीयन र भारतीय प्लेटको टकराबबाट हिमालय क्षेत्रको उत्पत्ति हुँदा समुद्री जीव शङ्खे किराको अवशेष यहाँ रहेको हुनुपर्छ”, अध्यक्ष थापाले भने, “यस पहरा आसपासमा पानीले खिइएका चिल्ला चट्टान पनि प्रशस्त भेटिन्छन् ।”

शङ्खे पहराको मुनिपट्टि देवी देउताका आकृति पनि रहेको उनको भनाइ छ । स्थानीयवासीले त्यसलाई धार्मिक आस्थासँग जोडेर हेर्न थालेका छन् । त्यहाँ पुग्दा पूजा अर्चना गर्ने, दक्षिणा चढाउने चलन सुरु भएको छ । रिठेडाँडाबाट शङ्खे पहरा पुग्न व्यवस्थित पदमार्ग बनाउने योजनामा समिति छ । 

अहिले भएको बाटो साँघुरो छ । भिरालो क्षेत्र भएकाले सुरक्षित पदमार्गको खाँचो छ । रिठेडाँडाको पर्यटन विकासका लागि चालु आर्थिक वर्षमा पर्यटन मन्त्रालयको रु नौ लाख र एक लाख नगरपालिकाको बजेट छ । सो बजेटबाट मचान, शङ्खे पहरा जाने पदमार्ग, घेराबार, पोखरी ढलान, उद्यान निर्माणलगायत काम गरिने समितिले जनाएको छ ।

गत वर्ष पनि निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रममार्फत पूर्वाधार विकास कार्यालयले रु चार लाख ३६ हजारको योजना सञ्चालन गरेको थियो । सो बजेटबाट चौतारो निर्माण, उद्यान विस्तारलगायतका काम भएका थिए । वडाध्यक्ष गोपालप्रसाद शर्माले रिठेडाँडालाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य लिइएको बताए ।

“नगरका पर्यटकीय विकास योजनामा यो पनि सूचीकृत छ, बजेट र योजनामा प्राथमिकता दिएका छौँ”, उनले भने, “स्थानीयवासीको मनोभावनाअनुसार नै रिठेडाँडालाई पर्यटकीय गन्तव्य बनाउन हामी लागिपरेका छौँ ।” सोही ठाउँमा व्यवस्थित खेलमैदान निर्माणका लागि यही वर्ष निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमबाट रु नौ लाख बजेट छुट्टिएको वडाध्यक्ष शर्माले बताए । सङ्घ, प्रदेश र स्थानीय सरकारका तर्फबाट गरी चालु आवमा झन्डै रु २९ लाख बजेट त्यहाँको पूर्वाधार विकासमा खर्च हुन लागेको उनको भनाइ छ । 

दशकौँदेखि ओझेलमा परेको रिठेडाँडाको भौतिक र पर्यटन विकासमा राज्यका निकाय, जनप्रतिनिधिदेखि स्थानीयवासी जुटेका हुन् । पर्यटनका माध्यमबाट गाउँलाई चिनाउने र आर्थिक उपार्जन गर्ने उनीहरूको ध्येय छ । सोही उद्देश्यलाई टेवा दिन घरबार (होमस्टे) पनि सञ्चालनको तयारीमा छ । नेपाललाई उत्तर–दक्षिण जोड्ने काली गण्डकी कोरिडोर र अन्य सहायक सडक हुँदै रिठेडाँडा सजिलै पुग्न सकिन्छ । त्यहाँबाट हिमशृङ्खलाको पनि अवलोकन गर्न सकिन्छ । रिठेडाँडा एक हजार ३०० मिटरको उचाइमा पर्छ ।

यो पनि …
सयपत्री सप्रिदा किसान मख्ख : चितवनमा ३५ बिघामा फूलखेती, तिहारलाई साढे दुई लाख माला
विश्वमा आजः इन्दिरा गान्धीको हत्यादेखि इजिप्ट एयरको विमान दुर्घटनामा २१७ को मृत्यु



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।