गगन थापाको विजयी हाँसो (फोटो फिचर)
कांग्रेस महामन्त्रीमा गगनकुमार थापा सर्वाधिक मत ल्याएर विजयी भएका छन् । उनीसँगै विश्वप्रकाश शर्मा पनि महामन्त्रीमा विजयी भए ।
थापाले तीन हजार २३ मत र शर्माले एक हजार ९८४ मत ल्याएर निर्वाचित भएका कांग्रेस केन्द्रीय निर्वाचन समिति संयोजक गोपालकृष्ण घिमिरेले बताए ।

यस्तै महामन्त्रीका अन्य उम्मेदवार प्रकाशशरण महतले एक हजार ५५६, प्रदीप पौडेलले एक हजार ३९३, मिनेन्द्र रिजालले ८०९ र राजाराम कार्कीले १०६ मत ल्याएर पराजित भएका संयोजक घिमिरेले जानकारी दिए ।
उनका अनुसार निर्वाचनमा कुल चार हजार ६८२ मत खसेकोमा ४३ मत बदर भएको छ ।


अन्तिम परिणाम सार्वजनिक भएपछि हँसिलो मुद्रामा उपस्थित भएर थापा र शर्माले सानेपास्थित पार्टी कार्यालयमा उपस्थित कार्यकर्तालाई संक्षिप्त सम्बोधन गरेका थिए ।






यो पनि…
कांग्रेस महाधिवेशनको मतदान स्थल (फोटो फिचर)
कांग्रेस महाधिवेशन: पानी हाल्ने ड्रम मतपेटिका बनाइदै (फोटो फिचर)