English

यस्ता छन् हस्तमैथुनका फाइदा



हस्तमैथुन भन्नाले आफैले अङ्ग चलाएर यौन आनन्द लिनु बुझिन्छ । हस्तमैथुन गर्दा मानसिक रुपमा अस्वस्थ वा यौन अङ्गलाई हानि पुर्याउँछ भन्ने भ्रम छ । सेक्स विज्ञका अनुसार हस्तमैथुन गलत नभएर स्वस्थकर हुन्छ । मानसिक र शारीरिकरुपमा फाइदाजनक हुन्छ ।

तनाव मुक्त महसुस
जब चरम उत्तेजना हुन्छ । शरीरमा एन्डोर्फिन द्रुत रूपमा बढ्छ । हरेक पटक हस्तमैथुन गर्दा चरम उत्तेजित हुनु जरुरी हुँदैन । यसको आनन्द लिन सक्नुपर्छ । जसले तपाईंलाई तनावमुक्त बनाउँछ ।

डिप्रेसन रोक्छ
तनाव र निराशाले अक्सर डिप्रेसन निम्त्याउँछ । हस्तमैथुनले तपाईं राम्रो महसुस गर्न सक्नुहुन्छ । यसले डिप्रेसनबाट पनि बचाउँछ ।

प्रतिरक्षा बढाउँछ
हस्तमैथुनले प्रतिरक्षा प्रणालीलाई पनि बलियो बनाउने स्वास्थ्य विज्ञले दाबी गर्छन् । किनकी, चरम उत्तेजित भएपछि, शरीरमा सेतो कोशिकाको मात्रा बढ्छ, जसले रोगसँग लड्न मद्दत गर्दछ ।

आरामदायी निद्रा
हस्तमैथुनले तपाईलाई जति खुसी बनाउँछ, त्यति नै थकित पनि । जसले राम्रो निन्द्रा पार्छ । गहिरो निद्राले शरीरलाई फुर्तिलो बनाउँछ ।

जोखिम कम
हस्तमैथुनले यौन रोगबाट बचाउँछ । त्यसैले यसलाई सुरक्षित मानिन्छ । साथै, गर्भवती हुने कुनै प्रकारको डर हुँदैन ।

आफैलाई प्रेम गर्न सिकाउँछ
जब तपाईं आफैंसँग गुणस्तरीय समय बिताउनुहुन्छ । तब आफ्नो बारेमा राम्रो महसुस गर्नुहुन्छ । यस्ले आफैलाई माया गर्न सिकाउँछ ।

पार्टनरसँग यौन सम्बन्ध सुमधुर हुन्छ
हस्तमैथुनले उत्तेजनाको भावना बढाउँछ । जसले तपाईंको यौन जीवनलाई राम्रो बनाउँछ । पार्टनरप्रतिको आकर्षण झनै बढ्छ ।

यो पनि…
हस्तमैथुन गर्दा के हुन्छ ?
बिहानको सेक्स मर्निङ वाकभन्दा लाभदायक
पहिलो सेक्सका लागि जानी राख्नुहोस् यि ५ कुरा



सम्बन्धित खबरहरु

दसैंको विषेश परिकार हो– मासु । दसैंमा मानिसहरुले मासुलाई नै बढी महत्व दिने गर्छन् । वर्षमा एकपटक आउने चाड हो

छालामा देखिने धेरै किसिमका समस्याहरूलाई हामी नजरअन्दाज गर्दै आएका छौँ । तर मौसममा परिवर्तन आउने बित्तिकै शरीरमा पर्ने पहिलो प्रभाव

दिमागको रक्तनली बन्द हुनु अथवा नली फुटेर रगत बाहिर बग्नुलाई मस्तिष्कघात अथवा स्ट्रोक भनिन्छ । यस्तो अवस्थामा शरीरको आधा भागलाई

हेल्मेट मोटरसाइकल चालकको टाउकोको सुरक्षा कवच हो । बजारमा स्टाइलिस मोटरसाइकल मात्र होइन, स्टाइलिस हेल्मेटको क्रेज पनि उत्तिकै छ ।