English

कैलाश पर्वत उचाल्ने रावणले किन उठाउन सकेनन् पिनाक धनुष ?



आम मानिसले सोच्छन्, कैलाश पर्वत उचालेको लंकाधिपति रावणले आखिर शिव धनुष किन उठाउन सकेन ? र रामले कसरी उचाल्न सके ? यो कुरा जान्न चाहने धेरै छन् ।

यस्तो थियो धनुष

महादेवको धनुष धेरै नै शक्तिशाली थियो र चमत्कारीक पनि । शिवले जुन धनुष चलाउँथे त्यो धनुषको टंकारले नै बादल फाट्थ्यो र पर्वत हल्लिन्थे । यस्तो लाग्थ्यो कि, भूकम्प गएको हो ।

यसको एक तीरले नै त्रिपुरासुरका तीन नगर भष्म भएका थिए । यो धनुषको नाम थियो पिनाक । देवी र देवताको कालको समाप्तिपछि यो धनुष देवराज इन्द्रलाई दिइएको थियो ।

देवताले राजा जनकका पूर्वज देवराजलाई दिए । राजा जनकका पूर्वजमा निमीका जेठो छोरा थिए देवराज । शिव धनुष उनकै धरोहर स्वरुप राजा जनकसँग थियो । उनको यो विशालकाय धनुषलाई कोहीसँग पनि उठाउन सक्ने सामर्थ्य थिएन । तर भगवान रामले यसलाई उठाए ।

रावण एक अहंकारी मनुष्य थियो । उसले कैलाश पर्वत उठाउन सक्थ्यो तर धनुष उठाउन सक्दैन थियो । धनुष त उसले हल्लाउन पनि सकेन । धनुष उचाल्न उ एक अहंकारी र शक्तिशाली घमण्ड लिएर गएको थियो । रावणले जति शक्ति लगाउँथ्यो धनुष त्यति नै गह्रौं बन्दथ्यो ।

उ आफ्नो अहंकारले हारेको थियो । तर श्रीरामले त्यहाँ गएर पहिला धनुषलाई प्रणाम गरे । त्यसपछि निर्मल र शाीन्तले उचाल्न सफल भए । सीता भगवान शिवको प्रार्थना गरेर सहजै धनुष उठाउँथिन् । त्यसै प्रकारले रामले पनि प्रयास गरे र त्यसमा सफल भए ।



सम्बन्धित खबरहरु

लोकप्रिय लोकगायिका सुनिता दुलालले यस वर्षको तीजका लागि नयाँ गीत ‘चालिसे चुरा’ सार्वजनिक गरेकी छन्। तीज गीतमै आफ्नो छुट्टै पहिचान

सुदूर पूर्वी प्रवासी नेपाली संघ, हङकङले तेक्वान्दो खेलमा नवौं डान हासिल गर्न सफल तुलसी गुरुङ र हालै सगरमाथा आरोहणमा सफलता

इलाका प्रहरी कार्यालय अनारमनी र अस्थाई प्रहरी पोष्ट बसपार्क झापाबाट खटिएको प्रहरीद्वारा नियन्त्रित लागु औषध सहित १ जना व्यक्ति पक्राउ

लुम्बिनी लायन्सले नेपाली क्रिकेट प्रशासनमा लामो अनुभव हासिल गरेकी भावना घिमिरेलाई प्रमुख कार्यकारी अधिकृत (सिइओ) को रूपमा नियुक्त गरेको छ

Latest










Popular
Suggested