English

कांग्रेस महाधिवेशन : ह्विलचियर र लौरो टेकेर मतदान



नेपाली कांग्रेसको जारी महाधिवेशनमा सभापति पदको दोस्रो चरणको निर्वाचन भइरहेको छ । मङ्गलवार भएको निर्वाचनमा सभापति पदका कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि मङ्गलवार अपराह्न सवा ३ बजेपछि दोस्रो चरणको निर्वाचन भइरहेको छ ।

पार्टी सभापति चयनका लागि अपाङ्गता भएका प्रतिनिधिहरु ह्विलचियर र लौरो टेकेर मतदान गर्न मतदान स्थल राष्ट्रियसभा गृह पुगेका छन् । उनीहरुलाई लाइन नलागी मतदान गर्ने व्यवस्था गरेको कांग्रेस निर्वाचन समितिले जानकारी दिएको छ ।

सभापतिका लागि शेरबहादुर देउवा र शेखर कोइराला प्रतिस्पर्धामा छन् । पहिलो चरणको निर्वाचनमा देउवा र कोइरालासँगै प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ प्रतिस्पर्धामा थिए ।

यो पनि पढ्नुहोस्
कांग्रेस महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक (नामावलीसहित)
अहिलेको परिस्थितिमा मैले सभापति जित्नैपर्छ : देउवा



सम्बन्धित खबरहरु

तुलसी गुरुङ तेक्वान्दो खेलमा ९ डान प्राप्त गर्ने पहिलो नेपाली खेलाडी बनेका छन् । तेक्वान्दोमा यो नै सबैभन्दा माथिल्लो र

नेपाली संगीतप्रेमीका लागि नयाँ गीत “मायामा मायामा” सार्वजनिक गरिएको छ। प्रेम र भावनाको उत्कृष्ट संयोजन प्रस्तुत गर्ने यो गीत गायक

केही हप्ता अघि फस्टलुक पोस्टर सार्वजनिक गर्दै प्रचार अभियान थालेको फिल्म ‘‘हेल्लो काँशीराम’ को निर्माण टिमले प्रचारलाई आक्रामक बनाउँदै लगेको

मन्त्रिपरिषदको निर्णयपछि ऊर्जा मन्त्रालयले कुलमान घिसिङलाई पत्राचार गरेर पदमुक्त गरिएको जानकारी दिएको छ । सो पत्रमा पदबाट हटाउनु पर्नाका १०