English

देउवालाई सहज, कोइरालालाई सकस



नेपाली कांग्रेस १४ औं महाधिवेशनअन्तर्गत सभापतिका लागि हुने दोस्रो चरणको निर्वाचनमा प्रकाशमान सिंहले शेरबहादुर देउवालाई सघाउने भएका छन् । पहिलो चरणमा सभापतिको प्रत्यासी कसैले पनि ५० प्रतिशत मत प्राप्त नगरेपछि देउवा र डा. शेखर कोइरालाबीच पुनः प्रतिस्पर्धा हुनेछ ।

पहिलो चरणको निर्वाचनमा देउवाले २ हजार २ सय ५८ मत ल्याएका थिए भने कोइरालाले १ हजार ७ सय २९ मत प्राप्त गरे । यसैगरी, सिंहले ३ सय ७१ मत ल्याएका छन् भने बिमलेन्द्र निधी र कल्याण गुरुङले क्रमश : २४९ र २० मत प्राप्त गरेका छन् । त्यसैले देउवालाई सभापतिमा जित्न सिंह र निधीमध्ये एउटाको साथ चाहिन्थ्यो । सिंहले सघाउने प्रतिवद्धता व्यक्त गरेसँगै देउवालाई थप सहज भएको छ । तर, कोइरालालाई भने निर्वाचन जित्नका लागि सिंह र निधी दुवैको साथ चाहिन्छ । अब त्यो नहुने देखिएको छ ।

कुल ४ हजार ७ सय ४३ महाधिवेशन प्रतिनिधिमध्ये ४ हजार ६ सय ८१ जनाले मतदान गरेका थिए । मतदानमा ७७ मत बदर भएको थियो । कांग्रेसको विधानअनुसार सभापति निर्वाचन हुन खसेको मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नु अनिवार्य हुन्छ । निर्वाचन समितिका अनुसार देउवाले ४८.२३ प्रतिशत, कोइरालाले ३८.२३, सिंहले ७.९२, निधिले ५.३१ र गुरुङले ०.०४ प्रतिशत मत ल्याएका हुन् । सबैभन्दा बढी मत प्राप्त गर्ने देउवालाई विजयी हुनका लागि ८१ मत अपुग भयो । अब पुन मतदान हुँदा बढी मत प्राप्त गर्ने उम्मेदवार विजयी हुनेछ ।

निर्वाचन आजै दिउँसो ३ बजेबाट सुरु हुने केद्रीय निर्वाचन समितिले जनाएको छ ।



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।