कांग्रेस महाधिवेशन : नयाँ नेतृत्वको लागि प्रसवको पल (फोटो फिचर)
मुलुकको ध्यान अहिले नेपाली कांग्रेसमा केन्द्रित छ । कांग्रेसले आफ्नो १४औँ महाधिवेशन मार्फत नयाँ नेतृत्व छान्दै छ । यसका लागि आज देशभरबाट छानिएको कांग्रेस पंक्तिले मतदान गरेका छन् । आफ्नो मत माग्न नेतृत्वका आकांक्षीहरू मतदान थलोतिर सक्रिय देखिन्थे । वरिष्ठ फोटो पत्रकार विकास रौनियारले कांग्रेसको आजको यो ऐतिहासिक दिनलाई तस्बिरको रूप दिएका छन् ।
काठमाडौँको भृकुटीमण्डप र राष्ट्रिय सभागृहमा आज भएको मतदान मार्फत मुलुकको सबैभन्दा पुरानो कांग्रेसमा आगामी सभापति पदको नेतृत्व कसले गर्छ भन्ने कौतुहल सबैतिर छ ।
यस पटकको महाधिवेशनले पार्टी सभापतिसहित दुई उपसभापति, दुई महामन्त्री र आठ सह–महामन्त्री निर्वाचित गर्दैछ । केन्द्रीय समितिमा पनि विभिन्न क्लस्टरबाट १२१ जना निर्वाचित हुनेछन् ।


















यो पनि…
कांग्रेस महाधिवेशनको मतदान स्थल (फोटो फिचर)
कांग्रेस महाधिवेशन: पानी हाल्ने ड्रम मतपेटिका बनाइदै (फोटो फिचर)