English

यौन सम्पर्कको समयमा नगर्नुहोस् यी गल्ती



यौन सम्पर्क शरीरको लागि अपरिहार्य क्रियाकलाप हो । शारीरिक सम्बन्ध सबैले आ–आफ्नै तरिकाले बनाउँछन् । उनीहरूलाई आफ्नो तरिका सबैभन्दा राम्रो लाग्छ । तर के तपाईंलाई थाहा छ सेक्सका क्रममा धेरैजसो मानिसहरू कस्ता गल्ती गर्छन् ? जसलाई ध्यानमा नराख्दा सेक्सको दौरानमा तपाईंको पार्टनरको मुड बिग्रिने हुन्छ । यस्ता कुराले तपाईं र तपाईंको पार्टनरको जीवनमा असर पर्छ । त्यस कारण यौन सम्पर्कका बेला झुक्किएर पनि यी गल्ती नगर्नुहोस् ।

– यौन सम्पर्कको समयमा धेरै कुरा गर्नु स्वास्थ्य सेक्स लाइफको लागि ठुलो गल्ती हो ।
– सेक्सका समयमा अरू विषयवस्तुको बारेमा सोच्नु गल्ती हो । यसले तपाईंको उत्तेजना कम हुन्छ ।
– सेक्सको दौरानमा पार्टनरलाई आफ्नो इच्छा नबताउनु पनि गल्ती मानिन्छ । त्यस कारणले तपाईंले आफ्नो इच्छा पार्टनरलाई खुलेर बताउन जरुरी हुन्छ ।
– सेक्सपछि तपाईँ सन्तुष्ट हुनुभयो भनेर पार्टनरसँग झुट बोल्नु पनि गल्ती हो । त्यस कारणले आफूले आनन्द नलिएको भए पार्टनरलाई सुझाव दिनु उपयुक्त हुन्छ ।
– सेक्स गर्दा लजालु हुनु पनि ठुलो गल्ती हो । यसले पार्टनरलाई असहज हुन्छ ।
– शारीरिक सम्बन्ध राखेर चुपचाप उठ्नु गल्ती हो । सम्बन्ध पछि पार्टनरसङ कुरा गर्न एकदम जरुरी हुन्छ ।
– सेक्स गर्दा पार्टनरलाई अरूसँग तुलना गर्नु ठुलो गल्ती हो । यसले सबन्धलाई नराम्रो असर गर्छ ।
– महिनावारीको समयमा सम्बन्ध नराख्नु पनि गल्ती हुन सक्छ । यस्तो समयमा पार्टनरको मुड बुझेर सम्बन्ध राख्न सकिन्छ
– यौन सम्पर्क गर्दा सरसफाइमा ध्यान नदिनु गल्ती हो । यसले यौन अङ्गमा सङ्क्रमण हुन्छ । जसले यौन जीवनलाई असर पार्छ ।

छुटाउनु भयो कि ?
पहिलो सेक्सका लागि जानी राख्नुहोस् यि ५ कुरा
महिनावारी भएको कति दिनमा सेक्स गर्दा सुरक्षित ?



सम्बन्धित खबरहरु

दसैंको विषेश परिकार हो– मासु । दसैंमा मानिसहरुले मासुलाई नै बढी महत्व दिने गर्छन् । वर्षमा एकपटक आउने चाड हो

छालामा देखिने धेरै किसिमका समस्याहरूलाई हामी नजरअन्दाज गर्दै आएका छौँ । तर मौसममा परिवर्तन आउने बित्तिकै शरीरमा पर्ने पहिलो प्रभाव

दिमागको रक्तनली बन्द हुनु अथवा नली फुटेर रगत बाहिर बग्नुलाई मस्तिष्कघात अथवा स्ट्रोक भनिन्छ । यस्तो अवस्थामा शरीरको आधा भागलाई

हेल्मेट मोटरसाइकल चालकको टाउकोको सुरक्षा कवच हो । बजारमा स्टाइलिस मोटरसाइकल मात्र होइन, स्टाइलिस हेल्मेटको क्रेज पनि उत्तिकै छ ।