कांग्रेस महाधिवेशनको मतदान स्थल (फोटो फिचर)
नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि पुरानै विधिमार्फत मतदान हुँदैछ । ईलेक्ट्रोनिक विधिबाट मतदान गराउन निर्वाचन समितिले पार्टीको केन्द्रीय समितिमा प्रस्ताव पेस गरे पनि कांग्रेसका नेता र नेतृत्वमा आउन चाहने उमेद्वारहरू सहमति जुट्न नसकेपछि पेटिकाका लागि पानी ट्याङ्कीको प्रयोग गरिँदैछ। निर्वाचन समितिले अहिलेसम्म छुट्टाछुट्टै कलस्टरमा गरि २९ वटा मतपत्र तयार पारेको छ । पुरानै मतदान प्रणालीअनुसार मतदान गर्न एक जनालाई कम्तिमा आधा घण्टादेखि एक घण्टासम्म लाग्ने देखिन्छ ।









