English

पहिलो सेक्सका लागि जानी राख्नुहोस् यि ५ कुरा



पहिलो सेक्स महत्त्वपूर्ण क्षण हो । सेक्सका बेला हरकोही पीडामुक्त आनन्द लिन चहान्छ । जुन क्षण तपाईंलाई पार्टनरको नजिक ल्याउन सक्छ । सेक्सको यो क्षणलाई महसुस गर्न आफ्नो पार्टनरसँग खुलेर कुरा गर्नु, आफ्नो भावना व्यक्त गर्नु र समय दिनु आवश्यक हुन्छ । पहिलो पटक सेक्स गर्दा लाज र हिचकिचाहटको अनुभूति हुन्छ तर यी सबै कुरा आफ्नो पार्टनरसँग सेयर गर्न आवश्यक छ ।

तपाईं र तपाईंको पार्टनरको लागि पहिलो पटकको सेक्सको अनुभवलाई राम्रो र पीडामुक्त बनाउनको लागि यि तरिका आपनाउनुहोस् ।

१.सेक्सको बारेमा कुरा गर्नुहोस्
पहिलो पटक यौनसम्पर्क गर्नको लागि यौन सम्बन्धको बारेमा जान्न महत्वपूर्ण हुन्छ । यस विषयमा आफू भन्दा जानकार व्यक्तिसँग खुलेर कुरा गर्नुपर्छ । जसले तपाईंको पहिलो सेक्स आरामदायी हुन्छ ।

२. तयारी गर्नुहोस्
पहिलो सेक्सको लागि तयार हुनु जरुरी हुन्छ । ताकी परिआएको समस्याबाट मुक्त हुन सकियोस् । यौन सम्पर्क गर्नु अगावै यौनजन्य रोगबाट बच्ने तरिका, यौन अंग र शरीरको सेक्स जोन बारे जानकारी राख्नुहोस् । यसले तपाईंको यौन जीवनमा आइपर्ने जोखिमबाट टाढा राख्छ ।

३. पार्टनरको सहमतिलाई बुझ्ने
यौनसम्पर्क डौरानमा पार्टनरको सहमति जान्न एकदमै जरुरी हुन्छ । पार्टनरले पहिलो पटक, अन्तिम पटक वा बीचमा कुनै पनि समयमा सहमति छ कि छैन । पार्टनरको असहमतिमा जबरजस्ती सेक्स गर्दा थप पीडा हुन्छ र पार्टनरको भावनामा चोट पुग्छ । त्यसैले आफ्ने पार्टनरको भावना बुझेर सेक्स गर्दा सम्बन्ध बालियो हुनुका साथै यौन जीवन शुखमय हुन्छ ।

४.पार्टनरको विश्वास कायम राख्नुहोस्
यौन सम्बन्ध राम्रो बनाई राख्नका लागि एकअर्काप्रति विश्वास कायम राख्न जरुरी हुन्छ । जसका लागि तपाईंले आफ्नो पार्टनरसँग सेक्सपछिको अनुभव सतासात गर्न जरुरी हुन्छ ।

५.केहि फरक प्रयास नगर्नुहोस्
तपाईं र तपाईंको पार्टनर सेक्सको डौरान केहि फरक गर्ने कोशिस नगर्नुहोस् । किनकी पहिलो सेक्समा तपाईले केहि फरक गर्न खोज्दा सम्म पार्टनरको मुड बिग्रिन सक्छ । त्यसैले पहिलो पटक यौनसम्पर्क गर्दा केहि फरक प्रयास नगर्नुहोस् ।

छुटाउनु भयो कि ?
कुन उमेरसमूहका मानिसले कति घन्टा सुत्ने ?

महिनावारी भएको कति दिनमा सेक्स गर्दा सुरक्षित ?



सम्बन्धित खबरहरु

दसैंको विषेश परिकार हो– मासु । दसैंमा मानिसहरुले मासुलाई नै बढी महत्व दिने गर्छन् । वर्षमा एकपटक आउने चाड हो

छालामा देखिने धेरै किसिमका समस्याहरूलाई हामी नजरअन्दाज गर्दै आएका छौँ । तर मौसममा परिवर्तन आउने बित्तिकै शरीरमा पर्ने पहिलो प्रभाव

दिमागको रक्तनली बन्द हुनु अथवा नली फुटेर रगत बाहिर बग्नुलाई मस्तिष्कघात अथवा स्ट्रोक भनिन्छ । यस्तो अवस्थामा शरीरको आधा भागलाई

हेल्मेट मोटरसाइकल चालकको टाउकोको सुरक्षा कवच हो । बजारमा स्टाइलिस मोटरसाइकल मात्र होइन, स्टाइलिस हेल्मेटको क्रेज पनि उत्तिकै छ ।