English

महामन्त्रीमा मीनेन्द्र, विश्वप्रकाश र गगनको उम्मेदवारी



नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत महामन्त्री पदका लागि नेपाली कांग्रेसका नेताहरु डा. मीनेन्द्र रिजाल, गगन थापा र विश्वप्रकाश शर्माले उम्मेदवारी दर्ता गराएका छन् ।

महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि उम्मेदवारी मनोनयन प्रक्रिया भृकुटीमण्डप र राष्ट्रिय सभागृहमा जारी छ ।

यसअघि आजै सभापति पदका लागि प्रकाशमान सिंह, कल्याण गुरुङ र युवराज न्यौपानेले मनोनयन दर्ता गराएका थिए । उपसभापतिमा नेता महेश आचार्य र सुजाता कोइरालाले मनोनयन दर्ता गराएका छन् ।

यसैगरी सहमहामन्त्रीमा मानबहादुर विश्वकर्मा, बद्रीप्रसाद पाण्डे, फर्मुल्लाह मनसुर, सुरेन्द्र चौधरी र देवराज चालिसेले उम्मेदवारी दर्ता गराएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

यो पनि पढ्नुहोस्
कांग्रेसले कस्तो छान्यो ? ‘हाम्रो कि राम्रो ?’

प्रकाशमान र गगनकाे साथ पाएका बानियाँ फेरि कांग्रेस काठमाडौं सभापतिमा निर्वाचित
बिपी कोइरालाको अर्थनीति र समाजवाद बुझाउने पुस्तक



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

गुरुङ समुदायको परम्परागत धार्मिक बाजा ढ्याङग्रोमा आधारित रही निर्माण गरिएको चलचित्र ढ्याङग्रो हङकङ र नेपालमा प्रर्दशन हुने भएको छ ।

विरलै मात्रै अभिनयमा देखिने लोकगायिका सुनिता दुलालले चर्चित नायक दिलीप रायमाझीसँग कम्मर मर्काउँदै म्यूजिक भिडियो ओ बड्डा सार्वजनिक गरेकी छन्

नेपालको लोकप्रिय ब्रान्ड टुपीएम स्न्याक्स् एण्ड नुडल्स् ब्राण्डले भारतको मुम्बईमा आयोजित समारोहमा रिलायन्स रिटेलद्वारा प्रतिष्ठित “फ्युचर फर्वार्ड स्टार ब्रान्ड” पुरस्कार