English

नाडाको नयाँ नेतृत्व : गन्तब्यमा पुगोस्, बीच बाटोमै नअलमलियोस्



पाँचतारे होटल सोल्टीको मेघामल्हार परिसर वरपर बिहिबार ठूला–ठूला ब्यानरहरु देखिन्थे । उम्मेदवारका आ–आफ्नै नारा पनि थिए । त्यसमध्यकै एउटा नारा थियो, ‘अब बनाउनु छ नाडा, सबै अटोमोबाइल्स ब्यवसायीको साझा ।’

बिहीबार मध्यरातमा नाडा अटोमोबाइल्स एसोसियन अफ नेपालले नयाँ नेतृत्व पायो । मंसिर २२ र २३ मा भएको नाडाको ४५ औं बार्षिक साधारण सभाले पोखराका ब्यवसायी ध्रुब थापालाई आफ्नो नेता चुन्यो । यही बिन्दुबाट थापाका चुनौतीका दिनहरु पनि प्रारम्भ भए । किनकी, उनले नाडालाई सबैअटोमोबाइल्स ब्यवसायीको साझा बनाउँछु भनेर कसम खाएका छन् । उनको बचनको भर गरेर धेरैले उनलाई मत दिएका छन् ।

चौधरीले यसपटक नाडाको अध्यक्षमा बाजीमारेको भए उनी उद्योग वाणिज्य महासंघको राजनीतिमा आउन अलिक सहज हुन्थ्यो । किनकी नाडाको अध्यक्ष महासंघको नेतृत्वमा पुग्नु परम्परा बनिसकेको छ ।

दुईवटा मोटरसाइकल राखेर पोखरामा रिकण्डीसन हाउसबाट ब्यावसायिक यात्रा प्रारम्भ गरेका थापाका लागि नाडा नौलो होइन । उनले यसअघि दुई कार्यकाल उपाध्यक्षका रुपमा नाडामा रहेर काम गरिसकेका छन् । थापाले करण चौधरीलाई ६६ मतले पराजित गर्दै थापाले नाडाको नयाँ नेतृत्वको बागडोर सम्हालेका हुन् । तर चौधरी आफू पराजित भए पनि आफ्नो प्यानलका १७ सदस्यमध्ये १२ जनालाई जिताउन भने सफल भएका छन् । थापा आफूले त चुनाव जिते तर उनको प्यानलका ५ जनामात्र नाडाको नयाँ नेतृत्वमा आउन सके ।

चौधरीले यसपटक नाडाको अध्यक्षमा बाजीमारेको भए उनी उद्योग वाणिज्य महासंघको राजनीतिमा आउन अलिक सहज हुन्थ्यो । किनकी नाडाको अध्यक्ष महासंघको नेतृत्वमा पुग्नु परम्परा बनिसकेको छ । महासंघका वर्तमान अध्यक्ष शेखर गोल्छादेखि अञ्जन श्रेष्ठ, सौरभ ज्योतीसम्म कुनै बेला नाडाकै नेतृत्वमा थिए । देशका प्रमुख ब्यापारिक घराना अटोमोबाइल्स ब्यावसायसँग जोडिएका छन् । यसपटकको नाडाको निर्वाचनमा सदस्य संख्या मोफसलमा निकै थपिएको थियो । यसको धेरै फाइदा थापालाई भयो । उनलाई काठमाडौंबाट त भोट आयो नै तर उनका लागि निर्णायक मत मोफसलकै रह्यो ।

यसपटकको नाडा निर्वाचनमा देशका ठूला व्यवसायी विभाजित थिए । चौधरीलाई सिप्रदी, नेपाल जनरल मार्केटिङ, एमडब्लु, अग्नी समुह लगायत कर्पोरेट हाउसको आशिर्वाद रहेको देखिन्थ्यो । तर, उनको पराजयको मुल कारण उनलाई अन्तिम समयमा आएर निर्णायक मत आफूसँग राखेको ब्यापारिक घरानाले असहयोग गर्यो । सुरुमा उनले जुन भरोसा पाएका थिए, त्यो अन्तिम समयमा आएर तोडियो । थापालाई पनि लक्ष्मी समूहदेखि गोल्छा समूहसम्मको समर्थन थियो । उनको विजयमा यो आधार पनि मजबुत देखियो । प्रारम्भिक अनुमान चौधरीले चुनाव जित्ने थियो । तर, अन्तिम परिणामको तस्विर फरक आयो । चौधरी पराजित हुनुको कारण के थियो ?

साना ब्यावसायीहरुसम्मको पहुँचमा थापाको तुलनामा चौधरी कमजोर थिए । यो कमजोरीलाई पुरा गर्न उनी देश दौडाहाको अभियानमा पनि थिए । तर, उनले पर्याप्त समय नै पाएनन् । तयारीमा केही विलम्ब भयो ।

नाडा भनेको महङ्गा गाडीदेखि गाडीका स–साना पार्टपुर्जासम्म विक्री गर्नेहरुको संस्था हो । तर, नाडा दुई समूहमा विभक्त थियो, ठूला ब्यावसायी एकातिर थिए भने साना ब्यावसायीहरु अर्कोतिर । साना ब्यावसायीहरुको गुनासो थियो, ठूला ब्यावसायीहरुले हाम्रो कुरा सुनेनन् । सानो ब्यावसायबाट माथि उठ्दै आएका नवनिर्वाचित अध्यक्षले यो कुरा बुझेका थिए । उनले साना ब्यावसायीहरुलाई आफूले साना–ठूलाबीचको पर्खाल नराख्ने भरोसा दिलाए, जुन उनको जीतको एउटा कारण बन्यो । थापाले साना र ठूला व्यवसायीबीचको दुरी मेट्ने वाचा पनि गरे यसपटक । गाडी आयातकर्ता र पाटपूर्जा व्यवसायीबीच कहीँ न कहीँ दुरी थियो । त्यसलाई थापाले चुनावी बाचाका क्रममा सम्बोधन गर्ने बताए । थापाले भनेका पनि थिए, ‘म साना ब्यावसायीहरुको पीरमर्का बुझ्छु ।’

यो पनि पढ्नुहोस् :

अटोमोबाइल: आत्मनिर्भर बनाउने व्यवस्थित तुल्याउने (भिडियोसहित)

साना ब्यावसायीहरुसम्मको पहुँचमा थापाको तुलनामा चौधरी कमजोर थिए । यो कमजोरीलाई पुरा गर्न उनी देश दौडाहाको अभियानमा पनि थिए । तर, उनले पर्याप्त समय नै पाएनन् । तयारीमा केही विलम्ब भयो । थापाको जीतको अर्को कारण बन्यो, काठमाडौं र मोफसलबीचको मुद्धा । चौधरीले काठमाडौंको प्रतिनिधित्व गरेको देखियो भने थापालाई मोफसलले अलिक बढी माया गरेको पाइयो । नाडाको यसपटकको नेतृत्वमा काठमाडौंबाहिरका ब्यावसायी पुग्नुपर्छ भन्ने एकथरी ब्यावसायीको चाहना थियो । उनीहरुको प्रश्न थियो, ‘नाडाको नेतृत्वमा सधैं काठमाडौं नै किन हाबी ?’

तर, नाडाको यो निर्वाचन परिणामले जुन कुराको संकेत गर्यो त्यसबाट थापाले पाठ सिक्नुपर्ने कुरा हो, नाडालाई गुटमा विभाजित गरेर लान हुँदैन । किनकी अबको केही दिनमा हुने नाडाको उपाध्यक्षदेखि सह–कोषाध्यक्षसम्मको पदाधिकारीको निर्वाचनमा चौधरी समूहकै वर्चस्व रहने देखिन्छ ।

पछिल्लोसमय नेपालमै सवारी साधन उत्पादनदेखि एसेम्बलसम्मका मुद्धा उठ्दै आएका छन् । सबैभन्दा बढी रोजगारी प्रदान गरेको सरकारलाई अधिकतम कर तिर्ने क्षेत्र हो । ब्यावसायीहरुको सरकारलाई प्रसस्तै गुनासो पनि छ । सरकार अटोक्षेत्रको ब्यावसायका सम्बन्धमा ‘कागको कुहिरो जस्तो छ’ भन्ने गुनासो उनीहरुको छ । पटक–पटक नीतिगत अस्थिरताका कारण ब्यावसायीहरु आफ्नो लगानी कतै जोखिममा पर्ने हो कि भनेर डराइरहेको स्थिती छ ।

यो पनि पढ्नुहोस् :

नाडाको अध्यक्षमा थापा विजयी, चौधरी ६६ मतले पराजित

थापाको नव–निर्वाचित नाडा नेतृत्वको आजैदेखिको पहिलो जिम्मेवारी भनेको नीतिगत स्पष्टताको लागि सरकारसँग निरन्तर संवादमा रहिरहने हो । अझ नाडाको आजदेखि भोलिसम्मको जिम्मेवारी भनेको देशको समग्र अटोमोटिभ्स् क्षेत्रलाई नै सम्मानित बनाउने हो । यसका लागि नव–निर्वाचित अध्यक्षले समग्र टिमलाई नै भरोसा दिलाउनुका साथै साथ लिएर अघि बढ्नुबाहेक अर्को विकल्प छैन । नाडा भनेको सवारी साधनसँग जोडिएको संस्था हो, थापाले यसलाई सन्तुलित गतिमा हिँडाउन सक्छन् कि सक्दैनन् भन्ने कुरामा उनको क्षमताको पनि मुल्यांकन हुनेछ ।



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।