English

विश्वकै ह्याप्पीएस्ट देश बन्यो फिनल्याण्ड, नेपाल कतिऔँ स्थानमा ?



कोरोना भाइरसले २०२० मा सारा विश्वलाई तहसनहस बनाइदियो ।

यो एन्जाइटी, डिप्रेशन, एक्लोपन, लकडाउन र रोगको वर्ष थियो । तर शुक्रवार जारी भएको १४९ देशहरुको वर्ल्ड ह्याप्पीनेश रिपोर्टका अनुसार महामारीको यो स्तरले पनि मानिसलाई आशा र उत्साहले रोक्न सकेन ।

वर्ल्ड ह्याप्पिनेश रिपोर्ट २०२१ का एडिटर्सले केहि देशमा कोरोना महामारीमा पनि मानिसहरु खुशीमै लिप्त भएको पाएको छ । यसबेला पनि थोरै मात्र प्रभावित भएको पाएको हो ।

वर्ल्ड हैप्पीनेस रिपोर्ट 8

यूएन सस्टेनेबल डेभलपमेण्ट सोल्यूसन नेटवर्कद्वारा प्रायोजित १४९ देशहरुको यो वार्षिक रिपोर्ट प्रति व्यक्ति घरेलु उत्पादन, हेल्दी लाइफ एक्सपेक्टेन्सी र नागरिकको रायमा आधारित छ ।

यो सर्वेमा मानिसलाई १-१० को स्केलमा प्रश्न सोधिएको थियो । जस्तै समस्याको बेलामा उनीहरुलाई कस्तो सोसल सपोर्ट मिल्यो, मानिस कति भ्रष्ट र कति उदार छन् ।

विश्वकै सबैभन्दा धेरै खुशीयाली भएको देशको यो सूचीमा शुरुवाती नौ स्थान यूरोपीय देशले कब्जा गरेका छन् । लिस्टमा फिनल्याण्ड संसारकै पहिलो खुशीयाली देश बनेको छ । त्यस्तै दोश्रोमा आइसल्याण्ड, तेश्रोमा डेनमार्क, चौथोमा स्विट्जरल्याण्ड, पाँचौँमा नेदरल्याण्ड्स, छैटौँमा स्विडेन, सातौँमा जर्मनी, आठौँमा नर्वे, नवौँमा न्यूजिल्याण्ड र दशौँमा अष्ट्रिया रहेका छन् ।

वर्ल्ड हैप्पीनेस रिपोर्ट 5

त्यस्तै ११ मा इजरायल, १२ मा अष्ट्रेलिया, १३ मा आयरल्याण्ड, १४ मा यूनाइटेड स्टेट, १५ मा क्यानडा, १६ मा सीजेच रिपब्लीक, १७ मा बेल्जियम, १८ मा यूनाइटेड किंगडम, १९ मा चीन र २० मा फ्रान्स रहेका छन् ।

त्यस्तै नेपाल यो सूचीमा ८७ औँ स्थानमा रहेको छ । नेपालको ५.२६९ र्‍यांक रहेको छ । त्यस्तै भारत १३९, पाकिस्तान १०५, बंगलादेश १०१, म्यानमार १२६ र श्रीलंका १२९ औँ स्थानमा रहेका छन् ।

यो लिस्टमा फिनल्याण्डले लगातार चौथो पटक पहिलो स्थान हात पारेको छ । त्यस्तै अमेरिका पाँच वर्ष पहिला १३ औँ स्थानमा रहेको थियो । अहिले अमेरिका १९ औँ स्थानमा खसेको छ । बेलायत भने कोरोनाबाट डेढ लाख भन्दा धेरैको मृत्यु भएपनि यो सूचीमा बेलायत १७ औँ स्थानमा रहेको छ । कोलम्बिया यूनिभर्सिटीका अर्थशास्त्री जेफ्री सैशले वर्ल्ड ह्याप्पीनेश रिपोर्ट २०२१ को रिपोर्टमा क्रमानुसार यी सबै देशमा मानिसले धेरै राम्रो सुरक्षित रहेको महशुस गरेका छन् । यी देशका सरकारले पनि धेरै राम्रो किसिमले सत्ता चलाएका छन् । उनीहरुले नागरिकलाई भरोसा दिएको देखिएको छ ।


फिनल्याण्डका एक पत्रकार अनु पार्टनेनले फिनल्याण्ड एक पटक फेरि विश्वको खुशीयाली देश बनेको बताए । त्यसैले उनले आफ्नो देशका मानिस धेरै भाग्यशाली र समाजले नियमलाई पालना गरेको बताए ।
यसमा पहिलाको तुलनामा अहिले एशियाली देशको तथ्यांक राम्रो रहेको छ ।



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।

गुरुङ समुदायको परम्परागत धार्मिक बाजा ढ्याङग्रोमा आधारित रही निर्माण गरिएको चलचित्र ढ्याङग्रो हङकङ र नेपालमा प्रर्दशन हुने भएको छ ।