English

शेखरको ब्याक हुने संकेत: अब रामचन्द्र र प्रकाशमान बिच टकराब



नेपाली कांग्रेसको संस्थापनइतरका केन्द्रीय सदस्यहरूको बैठक सकिएको छ। बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा बिहीबार बिहान ८ बजेदेखि बसेको बैठक केही समयअघि मात्रै सकिएको छ ।

बैठकले सभापतिको साझा उम्मेदवार तय गर्न भने सकेन । यद्यपि नेताहरू आफ्नो समूहबाट एकल उम्मेदवार तय हुन्छ भन्दै हिँडेका छन् ।

इतर समूहले केही दिनयता सभापतिको साझा उम्मेदवार तय गर्ने प्रयास जारी राखेको छ। मंगलबार र बुधबार लगातार छलफल गरे पनि आकांक्षीहरूबीच सहमति जुट्न सकेको छैन । वरिष्ठ नेता रामचन्द्र पौडैलसहित शेखर कोइराला, प्रकाशमान सिंह र शशाङ्क कोइराला इतरपक्षबाट सभापतिका आकांक्षी छन् । यद्यपि महामन्त्री शशाङ्क कोइरालाले मंगलबारको बैठकमै पौडेलका लागि सभापतिमा आफूले दाबी छाड्ने बताइसकेका छन् । तर, त्यसका लागि प्रकाशमान र शेखरबीच सहमति हुनुपर्ने उनको अडान छ ।

आजको बैठकमा सभापतिका अर्का आकांक्षी शेखर पनि साझा उम्मेदवार घोषणा गर्ने विषयमा लचक भएका छन् । उनले बैठकमा प्रकाशमान सिंहले माने आफू रामचन्द्र पौडेललाई मान्न तयार रहेको संकेत गरेको बैठकमा सहभागी एक नेताले बताए ।

तर, प्रकाशमान भने कुनै पनि हालतमा सभापतिको उम्मेदवार बन्ने अडानमा छन् । उनले गणेशमान सिंह परिवारले कांग्रेसमा जहिले पनि त्याग गरेको भन्दै यसपटक अरुले आफ्ना लागि छाड्नुपर्ने बताइसकेका छन् ।

यो पनि पढ्नुहोस्
एमाले महाधिवेशनमा नगएका प्रचण्ड राप्रपा महाधिवेशनमा सहभागी
कलाकार जाेगिन्दर कांग्रेस महाधिवेशन प्रतिनिधिमा निर्वाचित



सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर

Latest










Popular
Suggested