English

शेयर बजार ५३ दशमलव १० अंकले घट्यो



साताको चौथो कारोबार दिन बुधबार शेयर बजारमा ५० भन्दा पनि बढी अंकले घटेकाे छ । आज नेप्से परिसूचक ५३ दशमलव १० अंकले घटेर दुई हजार चार सय ५५ दशमलव ८० को बिन्दुमा पुगेर कारोबार बन्द भएको हो । 

आज दुई सय २६ कम्पनीको ६ लाख ५६ हजार नाै सय ४७ कित्ता शेयर कारोबार हुँदा कूल दुई अर्ब ६६ करोड ३९ लाख बराबरको कारोबार भएको छ । सबैभन्दा धेरै कारोबार गर्नेमा नेशनल हाइड्रोपावर कम्पनी रहेको छ । याे कम्पनीको ११ करोड ८८ लाखभन्दा बढीको कारोबार भएको छ ।   

कारोबारमा आएका सबै समूहको सूचक राताम्मे भएका छन् । सबै सूचकमा शून्य दशमलव ७५ प्रतिशतदेखि झण्डै चार प्रतिशतसम्म गिरावट आएको छ । नेप्सेका अनुसार कारोबारमा आएका सात वटा कम्पनीको शेयर मूल्य बढेको छ भने एक सय ८१ वटा कम्पनीको शेयर मूल्य ओरालो लागेको छ । यस्तै, एउटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । 

स्ट्याण्डरर्ड चार्टड बैंकका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन् । कम्पनीको शेयर मूल्य एक दशमलव ९४ प्रतिशतले बढेको छ । नेप्सेका अनुसार सामुदायिक लघुवित्त र एक्सेल डेभलपमेन्ट बैंकको शेयर मूल्यमा उच्च गिरावट आएको छ । आज यस कम्पनीको शेयर मूल्य करिब आठ प्रतिशतभन्दा बढीले घटेको छ । 



सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

इन्टरनेशनल नेप्लिज कम्युनिटी काठमाडौंको आयोजनामा क्यान्सर रोगसम्बन्धी सचेतना कार्यक्रम, वरिष्ठ गायिका देविका बन्दनाको क्यान्सर रोगमाथि विजय प्राप्त गरिसकेपछिको  अनुभव तथा

Latest










Popular
Suggested