English

गर्भाधारणको लागि सहि उमेर कति हो ?



गर्भावस्था एक संवेदनशिल समय हो । त्यसैले धेरै दम्पतीहरु कुन उमेर गर्भाधारणको लागि उपयुक्त हुन्छ भनेर सल्लाह लिन चाहन्छन् । करिअर तथा अध्ययन केन्द्रित भएकाले अहिले ढिलो विवाह गर्ने चलन बढ्दो छ । यसले करिअर तथा भविष्य राम्रो भए पनि प्रजनन्मा भने असर पुग्नसक्छ ।

३० वर्षभन्दा ढिलो सन्तान जन्माउन चाहने महिलामा बच्चा बस्न गाह्रो हुने तथा बच्चा बसे पनि आमा तथा बच्चा दुवैको स्वास्थ्य जोखिममा पर्नसक्छ । त्यसैले गर्भाधारणको लागि सहि उमेर कति हो भन्ने विषयमा डा.नितेश घिमिरेको सुझाव यस्तो छ:  

–  २५ देखि ३० वर्षको उमेरमा पहिलो सन्तान जन्माउनु उचित हुन्छ । किनकी यो समयमा महिलाहरुको आमाशयमा हुने अण्डाको संख्या निश्चित हुन्छ । प्रत्येक महिला आफ्नो आमाको पेटमा हुँदा नै अण्डाको संख्या निश्चित भईसकेको हुन्छ । त्यसैले हरेक महिलाहरुमा अण्डाको संख्या फरक फरक हुन्छ ।

– जति उमेर बढ्दै जान्छ अण्डाको संख्या घट्दै गईरहेको हुन्छ । हरेक पटक हुने महिनावारीमा एउटा अण्डा खर्च भईरहेको हुन्छ जस्ले गर्दा अण्डाको संख्या क्रमश घट्दै गईरहेको हुन्छ । उमेर बढ्दै जाँदा स्वास्थ अण्डाहरुको संख्या घट्दै जाने भएकोले गर्भ रहने सम्भावना पनि कम हुन्छ । यदि अस्वस्थकर अण्डाबाट बच्चा भईहाल्यो भने पनि बच्चा खेर जाने, बच्चा अस्वस्थ हुने तथा बच्चामा विभिन्न समस्याहरु देखिन सक्छ । 

–  सामान्यतया एक महिलाको आमासयमा ६ लाख देखि १० लाख अण्डा हुन्छ । २५ वर्ष उमेरसम्ममा ५० प्रतिशत फर्टाइल अण्डाहरु नै उत्पादन भैरहेको हुन्छ । ३० देखि ३५ उमेर पुग्दा १० प्रतिसत मात्र फर्टाइल अण्डा उत्पादन हुन्छ र यदि महिला ३५ वर्ष उमेर नाघेकी छिन् भने ५ प्रतिशत मात्र फर्टइल अण्डा हुन्छ ।

–  किताबी भाषामा हेर्ने हो भने २५ वर्ष सम्ममा गर्भवति भएको राम्रो हो । तर अहिलेको अवस्थामा यो उमेर अलि उपयुक्त नहुन सक्छ किनकि महिलाहरुको बिहे नै २५ वर्षमा भएको हुँदैन । पढाई, करियरको पछाडी दौडीदा दौडीदै बिहे नै ढिलो हुने भएकोले २५ देखि ३० वर्षको उमेरमा पहिले प्रेग्नेन्सि हुँदा सुरक्षित हुन्छ । ३० देखि ३५ वर्ष उमेरमा प्रेग्निेन्सी नहुने भनेको होइन तर जति उमेर बढ्दै गयो । स्वस्थ समस्या बढ्ने खतरा पनि त्यति नै बढ्दै जान्छ । 

– पुरुषहरु पनि करियर तथा अध्ययनमा केन्द्रित भएर ढिलो विवाह गर्छन् । भविस्यको बारेमा धेरै चिन्तित हुन्छन् र बच्चा ढिलो जन्माउने योजना बनाउँछन् तर, महिलाको तुलनामा पुरुषहरुको अण्डाको फर्टाइल हुने उमेर भने अलि बढि हुन्छ । ४० वर्ष सम्म पुरुषहरुको अण्डा फर्टाइल हुन्छ ।  ​​​​​​​

छुटाउनु भयो कि ?
कुन उमेरसमूहका मानिसले कति घन्टा सुत्ने ?
मोटोपना घटाउन के खाने के नखाने ?
नवजात शिशुमा निमोनिया भएको कसरी थाहा पाउने ?
आकस्मिक गर्भ निरोधक औषधि सेवनले महिलाको स्वास्थ्यमा गर्छ यस्तो असर
यी हुन् नियमित अनार खानुको १० फाइदा



सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर

Latest










Popular
Suggested