क्यान्सर : आत्मबलले जितेँ
आजभन्दा १२ वर्ष पहिले विनु केसी ठमेलस्थित सानो व्यापार गर्थिन् । त्यसबेला उनका छोरा अविदर्शन २८ महिनाका मात्र थिए । एक्कासि रिँगटा लाग्ने, थकाई महशुस हुने, राती निदाएको बेला केही गरुंगो वस्तुले छातीमा थिचेजस्तो हुने, सास फेर्न गाह्रो हुनेलगायत समस्या देखा परे ।
कामको धपेडीले गर्दा कमजोरी भएको हुन सक्ने आशंकामा विनुले खासै ध्यान दिइनन् । तर, समस्या बल्झिदै गएपछि उनले स्त्रीरोग विशेषज्ञलाई भेटिन् । विशेषज्ञले पनि धपेडीले गर्दा नै कमजोरी भएको भनेर औषधी थमाइ दिइन् ।
परिवारको उत्प्रेरणा आत्मविश्वास र सहयोगमाझ उनको उपचार सुरु भयो । परिवारको अनुरोधमा डाक्टरले उपचारका लागि दिल्लीको राजिव गान्धी क्यान्सर अस्पताल रिफर गरे ।
उनले ७ महिना औषधी खाइन् । तर रोग बीसको उन्नाइस भएन । उल्टै स्तनबाट दूध बग्ने समस्या देखा पर्न थाल्यो । उनले फेरि स्त्रीरोग विशेषज्ञलाई भेटिन् । विशेषज्ञले ठट्ठा गर्दै भनिन्, ‘महिला भनेको गाईभैँसीजस्तै हो । तपाईंले अलि बढी दुध दिन थाल्नुभयो ।’
एकदिन विनु नुहाउन बाथरुम पसिन् । भित्री बस्त्र खोल्दा स्तननेर ४ वटा छिटा देखिन् । निचोरेर हेर्दा रगत नै आयो । उनले यो समस्या दिदी निरुलाई बताइन् । पति समिरलाई फोन गरेर सुनाईन् । अर्को दिन पति समिरका साथ ह्याम्स अस्पताल पुगिन् । त्यहाँ डा. प्रकाश सायमीलाई देखाइयो । बायोप्सी रिपोर्ट आएपछि विनुलाई क्यान्सर भएको पुष्टि भयो । उनी छाँगाबाट खसेझैं भइन् ।
दिल्लीमा उपचार
पति समिर, दिदी निरु, छोरा अविदर्शन, भिनाजु रामनाथ ढकाल साथमै थिए । सबैले उत्प्रेरणा दिए । परिवारको उत्प्रेरणा आत्मविश्वास र सहयोगमाझ उनको उपचार सुरु भयो । परिवारको अनुरोधमा डाक्टरले उपचारका लागि दिल्लीको राजिव गान्धी क्यान्सर अस्पताल रिफर गरे । तर त्यहाँ बिरामीको चापले दिल्लीकै मुलचन्द अस्पताल पुगे, जहाँ उनको पहिलो सफल अप्रेसन भयो ।
क्यान्सर उपचारको क्रममा विनुले दुई चरणमा गरी बाह्र पटक किमो चढाइन् । बयालीस पल्ट रेडियोथेरापी गरियो । २०७६ सालमा फोक्सोमा समस्या देखिएपछि बायोप्सी टेस्ट गरिएको थियो ।
अप्रेसन गरेको दाहिने स्तनमा पुनः पाँच वर्षपछि समस्या देखियो । पछि दिल्लीको गुडगावको मेदान्त अस्पतालमा दोस्रो सफल अप्रेसन भयो । तर विनुले दुःख पाउने लेखेको रहेछ । २०७२ सालमा फेरि देब्रे स्तनमा समस्या देखा प¥यो । मेदान्त अस्पतालमा नै तेस्रो अप्रेसन भयो । अप्रसेनका कारण उनले दुवै स्तन गुमाउनु पर्यो ।
बाह्र पटक किमो
क्यान्सर उपचारको क्रममा विनुले दुई चरणमा गरी बाह्र पटक किमो चढाइन् । बयालीस पटक रेडियोथेरापी गरियो । २०७६ सालमा फोक्सोमा समस्या देखिएपछि बायोप्सी टेस्ट गरिएको थियो । हाल क्यान्सरबाट मुक्त उनी फोक्सोसम्बन्धि नियमित औषधि लिइरहेकी छिन् ।
समाजमा क्यान्सर रोग लाग्नासाथ मानिसहरूको प्रतिक्रिया हुन्छ, ‘क्यान्सरले रोगीलाई त सिध्याउँछ नै, परिवारलाई पनि सडकमा ल्याउँछ ।’ उनको बुझाइमा समयमै रोग पत्ता लागेर उपचार गर्ने हो भने क्यान्सर त्यति भयावह रोग होइन ।
दह्रो आत्मबल
विनुको सानै उमेरदेखि आत्मबल दह्रो थियो । उनले आफ्ना समस्या सकेसम्म लुकाउने प्रयास गर्छिन् । उनलाई लाग्छ, मेरा कारण अरुलाई कहिल्यै दुःख नहोस् । मनको कुरा साट्न नसक्दा क्यान्सरको उपचारको क्रममा उनलाई केही समय डिप्रेसन पनि भयो ।
सानैदेखि समाजसेवामा रुचि भएकी विनुलाई आफूजस्तै क्यान्सर पीडितहरूको लागि केही गर्ने इच्छा भयो । नेपालमा उपचार गरिरहँदा उनले आफ्नो इच्छा डाक्टर सुदिप श्रेष्ठलाई सुनाईन् । सुदिपले यसै क्षेत्रमा कार्यरत सिद्धी चन्द तथा प्रमिता खनालसँग भेट गर्न सल्लाह दिए । त्यसैक्रममा क्यान्सर क्लिनिकमा मनोपरामर्शको काम गर्दै नेपाल क्यान्सर सर्भाइबर सोसाइटी निकासको स्थापना भयो । क्यान्सर विजेताहरुको यो सोसाइटीको विनु कोषाध्यक्ष पनि हुन् ।
सोसाइटीले क्यान्सरपीडितसंग भेटेरै आवश्यक सरसल्लाह दिने, विरामी र विरामीको परिवारको मनोबल बढाउने, रकम सङ्कलन गरेर विपन्न वर्गका परिवारलाई सहयोग गर्ने गरेको उनी बताउँछिन् ।
परिवारले दिएको माया र साथले क्यान्सरका विरामीलाई औषधी जत्तिकै काम गर्छ । परिवारको माया र साथ मिलेन भने औषधीले मात्र क्यान्सर बिरामी निको हुन धेरै गाह्रो हुने उनको बुझाइ छ ।
क्यान्सरको बारेमा प्रसस्त मात्रामा भ्रम रहेको विनुको बुझाई छ । समाजमा क्यान्सर रोग लाग्नासाथ मानिसहरूको प्रतिक्रिया हुन्छ, ‘क्यान्सरले रोगीलाई त सिध्याउँछ नै, परिवारलाई पनि सडकमा ल्याउँछ ।’ उनको बुझाइमा समयमै रोग पत्ता लागेर उपचार गर्ने हो भने क्यान्सर त्यति भयावह रोग होइन । तर, मानिसहरूले अनावश्यक रूपमा भयावह बनाइदिएका छन् । क्यान्सरप्रति सकारात्मक सोचाइ हुनुपर्ने विनुको धारणा छ ।
जीवनमा आफूले सोचेको कुनैपनि काम बाँकी राख्न नहुने उनी बताउँछिन् । उनको दुइटा धोको थियो, एउटा छोरी जन्माउने र अर्को पति समिरलाई पिएचडी गराउने । डाक्टरको सल्लाहअनुसार आगामी दिनमा कुनै पनि समस्या नआओस् भनेर पाठेघर फालेका कारण विनु आफैले बच्चा जन्माउन सम्भव छैन । त्यसैले छोरीको रहरका लागि अनाथालय विकल्प बनेको छ । पति समिरलाई पिएचडी गराउने धोको कायमै छ ।
विनुलाई आफ्नो परिवारप्रति धेरै नै गर्व छ । परिवारले दिएको माया र साथले क्यान्सरका विरामीलाई औषधी जत्तिकै काम गर्छ । परिवारको माया र साथ मिलेन भने औषधीले मात्र क्यान्सर बिरामी निको हुन धेरै गाह्रो हुने उनको बुझाइ छ ।