English

पढ्नै पर्ने यी तीन पुस्तक



हरेकका आ–आफ्नै चाहना हुन्छन् । तिनै चाहनालाई मूर्तरूप दिन हामी आफूले चाहेका राम्रा काम गर्न रुचाउँछौँ । हप्तामा अन्य दिन हामी विशेष गरेर अफिसको काममा ब्यस्त भएपनि शनिवार भनेँ घरमै बसेर वा अन्य कतै गएर केही रमाइलो गरौँ भन्ने सोच्छौँ । तर कसैको पुस्तक पढ्ने चाहना पनि हुन सक्छ । यदि पुस्तक पढेर आजको विदा कटाउँछु भन्ने योजना बनाउनु भएको छ भने तपाईले यी तीन पुस्तक पढेर विदाको सदुपयोग गर्न सक्नुहुन्छ ।

१. बाबु, आमा र छोरा

विश्वेश्वर प्रसाद कोईरालाको उपन्यास हो, ‘बाबु, आमा र छोरा ।’ यो उपन्यास साझा प्रकाशनले बजारमा ल्याएको हो । कोईरालाले यो उपन्यासमा व्यक्तिमा दमित इच्छा, भावना एवम् मनोद्वेगहरूलाई स्वतन्त्र रूपमा आत्मनिर्णय गर्न दिइनुपर्छ भन्ने सन्देश दिएका छन् । त्यसैले, यो उपन्यास एकपटक पढ्नै पर्छ जस्तो लाग्छ ।

२.सुम्निमा

यो उपन्यास पनि साहित्यकार विश्वेश्वर प्रसाद कोईरालाद्वारा रचित उपन्यास हो । यसमा सुम्निमा र सोमदत्तबीचको प्रेमप्रसंगको यौन मनोविज्ञानको बारेमा विश्लेषण गरिएको छ । यसमा एक व्राह्मणले आफ्नो धर्म त्याग्दा समाजमा के असर पर्दो रहेछ भनेर देखाउन खोजिएको छ । उपन्यासमा कोईरालाले प्रेमले मानिसलाई शारीरिक रूपमा टाढा बनाए पनि मानसिक रूपमा नजिक नै राख्छ भन्ने सन्देश दिएका छन् ।

३. शिरिषको फूल

साहित्यकार पारिजातले शिरिषको फूल उपन्यास २०२२ सालमा आफैँले प्रकाशन गरेकी थिइन् । यो पुस्तकले २०२२ सालमा मदन पुरस्कार समेत प्राप्त गरेको थियो । मेरो विचारमा यो पुस्तकपछि जति लभस्टोरीका पुुस्तक निस्किए, तिनमा यसमा जति प्रेमको बारेमा राम्रोसँग लेखेको पाइएको छैन । यो पुस्तकलाई २०२४ मा संसार र २०३८ सालमा साझा प्रकाशनले पुनः प्रकाशन गरेको थियो । यो पुस्तक अंग्रेजीमा ‘द ब्लूू मिमोसा’ शीर्षकमा अनुवाद भई अमेरिकाको मेरिल्याण्ड विश्वविद्यालयमा पढाई हुन्छ । पुस्तकमा विसंगतिका बीच रुमलिएको जीवनलाई चरित्रचित्रणको मूल आधार बनाइएको छ ।

(सञ्चारकर्मी अच्युत घिमिरेले चयन गरेका तीन पुस्तक)



सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

इन्टरनेशनल नेप्लिज कम्युनिटी काठमाडौंको आयोजनामा क्यान्सर रोगसम्बन्धी सचेतना कार्यक्रम, वरिष्ठ गायिका देविका बन्दनाको क्यान्सर रोगमाथि विजय प्राप्त गरिसकेपछिको  अनुभव तथा

Latest










Popular
Suggested