English

के हो हेमोफिलिया ? कसरी बच्ने ?



हेमोफिलिया एक आनुवंशिक समस्या हो । यो रोग लागेमा शरीरमा रगत जम्न बन्द हुने गर्छ । विशेषगरी, जब शरीरको कुनै भागमा चोटपटक लाग्छ, तब रगत जम्नको लागि आवश्यक पर्ने जरुरी तत्व क्लटिङ फ्याक्टर मिलेर त्यस रगतलाई जमाउने र गाढा बनाउने काम गर्छ ।

जो व्यक्ति हेमोेफिलियाबाट ग्रसित हुन्छन् उनीहरूमा रगत जमाउने तत्वको कमी हुने गर्छ । रगत निरन्तर बग्ने गर्छ । जनचेतनाको अभावका कारण यसका विरामी उपचारको पहुँचमा आउन सकेका छैनन् । समयमा रोग पत्ता लागेर उपचार नपाउँदा केहीले यही रोगको कारण ज्यान समेत गुमाएका छन् । नेपालमा मात्र यो रोगका विरामी लगभग ५ हजार रहेका छन् । तर उपचारको पहुँचमा भने ९ सय जना मात्र आएका छन् ।

के हो हेमोफिलिया ?

हेमोफिलिया रगत जम्ने प्रक्रियामा त्रुटि भएको वंशाणुगत समस्या हो । सामान्य मानिसको शरीरमा घाउचोट लाग्दा बगेको रगत जमाउने तत्व हुन्छ । यसले सामान्य चोटपटक लाग्दा धेरै रक्तस्राव हुन दिँदैन । रगत जमाउने सोे प्रक्रियालाई ‘क्लटिङ फ्याक्टर’ भनिन्छ । तर, हेमोफिलियायुक्त व्यक्तिमा भने क्लटिङ फ्याक्टर कम मात्रामा हुन्छ । यसले सामान्य चोटपटकमा पनि लामो समयसम्म रक्तश्राव भइरहन्छ ।

रोग आमाबाट पुरुष सन्तानहरुमा सर्छ । फिमेल क्यारियर अर्थात महिला बाहक हुने र जन्मिएका पुरुषमा देखिने वंशाणुगत समस्या हो । तर म्युटेसनका एक तिहाई समस्या जो कोहीलाई पनि देखिन सक्छ ।

मानव रगतमा १३ प्रकारका प्रोटिन पाइन्छ । त्यसमध्ये रगतमा ८ र ९ औं तत्वको कमी हुँदा हेमोफिलियाको समस्या देखा पर्छ । क्रोमोजोमले रक्त तत्वमा पाइने प्रोटिन उत्पादनमा भूमिका खेल्न नसक्दा यो समस्या आउँछ ।

लक्षण

– शरीरमा नीलडाम देखिने
– चोटपटक लाग्दा रगत नरोकिने
– शरीरभित्र रक्तस्राव हुने
– दिसा पिसाबमा रगत जाने
– जोर्नी दुख्ने तथा सुन्निने
– मांशपेशीमा रक्तस्राव हुने
– गिजा दाँत र नाकबाट रगत बग्ने

उपचार

यो रोगको पूर्ण उपचार सम्भव छैन । तर केही विधिबाट लक्षण र यसबाट हुने हानी धेरै हदसम्म कम गर्न सकिन्छ । कुनै ठूलो चोट या दुर्घटनाका कारण हेमोफिलियाका रोगीको रगत बढी बग्ने सम्भावना भएकाले होसियार रहनुपर्छ ।

हेमोफिलियाका बिरामीलाई क्लटिङ फ्याक्टर प्रतिस्थापन गरेर यसको उपचार गरिन्छ । इन्जेक्सनको प्रयोगद्वारा पनि रगतमा फाल्चाको निर्माण गर्न सकिन्छ । हेमोफिलियाको समस्या गम्भीर छैन भने औषधीको सेवनबाट पनि यो समस्या कम गर्न सकिन्छ ।

यस रोगको मुख्य दुई उपचार विधि छन् । एउटा सातामा दुई दिन वा तीन दिन क्लटिङ फ्याक्टर दिएर । अर्को उपचार पद्धति भनेको जुन बेलामा समस्या देखिन्छ त्यो बेलामा मात्र क्लटिङ फ्याक्टर दिएर रक्तस्राव बन्द गर्न सकिन्छ ।

यो पनि पढ्नुहोस्
यी हुन् फोक्सो क्यान्सरका कारण र लक्षण, कसरी बच्ने ?

यी हुन् ग्यास्ट्रिकका कारण, लक्षण र बच्ने उपाय
यी हुन् ओखर खानुका ७ फाइदा



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।