English

आहा ! तोरी बारी (फोटो फिचर)



तोरी फुलेर कपिलवस्तुका ग्रामीण बस्ती पहेँलाम्मे देखिएका छन् । पूर्व पश्चिम महेन्द्र राजमार्ग आसपासका बस्तीहरू निकै मनमोहक देखिएका छन् ।

कपिलवस्तुको बुद्धभूमि-३ मसुरे, रनगाई, बोक्टापुरका खेतहरूमा छपक्कै तोरी फुलेको देख्न सकिन्छ । यहाँका परम्परागत नेपाली शैलीका घर आँगन पहेँलपुर देखिँदा चिटिक्क बनेका छन् । तोरीको सिजन सुरु भए सँगै कपिलवस्तुका धेरै बस्ती प्राकृतिक रूपले सिँगारिएका छन् ।

जिल्लाको शिवराज नगरपालिका, विजयनगर गाउँपालिका, बुद्धभूमि नगरपालिका, बाणगंगा नगरपालिकाका बस्तीहरू पहेँलपुर बनेका छन् । तोरीको फूल लागेको १५ देखि २० दिन भित्र फूल झर्ने कृषि ज्ञान केन्द्र कपिलवस्तुका प्रमुख डा. रवीन्द्र चौवे बताउँछन् । कपिलवस्तु कृषि उत्पादनका लागि उर्वर भूमि समेत मानिन्छ । यो सिजनमा तोरीको अलावा, गहुँ मकै र विभिन्न जातका तरकारी खेती हुने गरेको छ । जिल्लामा दुई हजार ८१५ हेक्टर बढी जमिनमा तोरी खेती गरिन्छ । प्रतिहेक्टर ९८० केजी तोरी उत्पादन हुने गरेको छ ।



सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

इन्टरनेशनल नेप्लिज कम्युनिटी काठमाडौंको आयोजनामा क्यान्सर रोगसम्बन्धी सचेतना कार्यक्रम, वरिष्ठ गायिका देविका बन्दनाको क्यान्सर रोगमाथि विजय प्राप्त गरिसकेपछिको  अनुभव तथा

Latest










Popular
Suggested