English

युवा पुस्ताको उदासिनताका कारण लोप हुँदै ‘छन्त्याल भाषा’



म्याग्दीमा बसोबास गर्ने अल्पसङ्ख्यक छन्त्याल समुदायको पुख्र्यौली छन्त्याल भाषा सङ्कटमा परेको छ । छन्त्याल समुदायका युवा पुस्ताले आफ्नो मौलिक भाषा सिक्न र संरक्षण गर्न नसक्दा नासिने खतरा बढेको हो ।

बोलीचालीमा अत्यन्त कम प्रयोग गरिए पनि लिपि नपाइएको हुँदा छन्त्याल खाम भाषा पुस्तान्तरण हुन नसकेपछि लोप हुने अवस्थामा पुगेको रघुगङ्गा गाउँपालिका– ६ ठाडाखानीका ८३ वर्षीय युवबहादुर छन्त्यालले बताए । उनका अनुसार बूढापाकाले बोले पनि नयाँ पुस्ताका बालबालिका र युवायुवतीले आफ्नो भाषा बोल्न छाडेका छन् ।

लिपि र शब्दकोश प्राप्त गर्न नसक्नु र आधुनिकताको प्रभावका कारण नयाँ पुस्ताले आफ्नो मातृभाषा प्रयोग गर्न सङ्कोच मान्नु तथा बसाइँसराइ जस्ता कारणले भाषा लोप भएको उनको भनाइ छ ।

नेपाल छन्त्याल सङ्घ म्याग्दीका अनुसार २०६८ को जनगणनाअनुसार नेपालका १९ जिल्लामा ११ हजार ८१० छन्त्याल समुदायको जनसङ्ख्या छ । छन्त्याल समुदाय सबैभन्दा बढी म्याग्दी र बागलुङमा छन् । कुल छन्त्याल समुदायको सङ्ख्यामध्य म्याग्दीमा ७०.२ र बागलुङमा ३५.४१ प्रतिशत छ ।

“भाषा जानेका र बोल्न रुचि राख्ने बूढापाका मेटिँदै गए, युवापुस्ता आफ्नो पुख्र्यौली पेसा छाडेर विदेश वा सहरमा बसाइँ सरे, उनीहरुले आफ्नो भाषा बोल्न छाडे”, छन्त्यालको बाहुल्यता रहेका गुर्जाका अगुवा कमल छन्त्यालले बताए, “लिपि र शब्दकोशसमेत नभएकाले पुराना पुस्तासँगै छन्त्याल भाषा पनि नासिने खतरा छ ।”

नेपाल छन्त्याल सङ्घ म्याग्दीका अनुसार २०६८ को जनगणनाअनुसार नेपालका १९ जिल्लामा ११ हजार ८१० छन्त्याल समुदायको जनसङ्ख्या छ । छन्त्याल समुदाय सबैभन्दा बढी म्याग्दी र बागलुङमा छन् । कुल छन्त्याल समुदायको सङ्ख्यामध्य म्याग्दीमा ७०.२ र बागलुङमा ३५.४१ प्रतिशत छ ।

नेपाल छन्त्याल सङ्घ म्याग्दीका सचिव मन छन्त्यालका अनुसार विभिन्न जातजातिको मिश्रित बसोबास, सहर तथा विदेशप्रतिको मोह, विदेशी भाषा सिक्ने आकर्षण र विद्यालयमा अङ्ग्रेजी तथा नेपाली भाषामा मात्र पठनपाठन हुने जस्ता कारणले छन्त्याल भाषा लोप हुन लागेको हो ।

म्याग्दीको धवलागिरि गाउँपालिकाको गुर्जा, मल्कवाङ, मच्छिम, रघुगङ्गाको ठाडाखानी र कुइनेमङ्गलेमा छन्त्याल समुदायको बसोबास रहेको छ । जनगणनाको पछिल्लो प्रतिवेदनअनुसार कूल जनसङ्ख्यामध्ये ३६.२७ प्रतिशतले आफ्नो मातृभाषा बोल्ने गर्छन् । छन्त्याल समुदायको बसोबास भएको बस्तीका विद्यालयमा मातृभाषामा पठनपाठन गर्ने तयारी गरेको रघुगङ्गाका अध्यक्ष भवबहादुर भण्डारीले जानकारी दिए ।

यो पनि…
नेपाली सांकेतिक भाषाले मान्यता नपाउनु दुर्भाग्य

शारीरिक रुपमा अशक्त गंगाले मारेको छलाङ



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।

गुरुङ समुदायको परम्परागत धार्मिक बाजा ढ्याङग्रोमा आधारित रही निर्माण गरिएको चलचित्र ढ्याङग्रो हङकङ र नेपालमा प्रर्दशन हुने भएको छ ।