महाभारतको युद्धमा यी ६ महान योद्धा सामेल बनेका भए के हुन्थ्यो ?
यस्ता धेरै योद्धा थिए, जो महाभारतको युद्ध वा कुरुक्षेत्रको युद्धमा भाग लिनबाट वञ्चित भए । यो पनि भन्न सकिन्छ कि श्रीकृष्णको नीतिका कारण यस्तो भएको थियो । यदि यी योद्धा युद्धमा हुन्थे भने महाभारतको युद्ध नै परिवर्तन हुन्थ्यो । युद्ध परिवर्तन गर्न सक्ने ६ योद्धाबारे जानौं ।
जरासन्ध
जरासन्ध यदि महाभारतको युद्धमा हुन्थे भने युद्धको स्वरूप केही परिवर्तन हुने थियो । तर श्रीकृष्णले युद्ध हुनुभन्दा अगाडि नै केही महान योद्धा मध्येका एक जरासन्धलाई पनि मार्ने साेंच बनाइसकेका थिए । जरासन्धलाई मार्न धेरै गाह्रो थियो । तर, उनले पहिल्यै भीमलाई शत्रु सुम्पिएका थिए ।
शिशुपाल
शिशुपाल पनि धेरै शक्तिशाली योद्धा थिए । श्रीकृष्णले पहिल्यै उनका एक सय अपराध क्षमा गर्ने, अरु सह्य नहुने प्रण गरिसकेका थिए । शिशुपाल रुक्मिणीसँग विवाह गर्न चाहन्थे । रुक्मिणीका भाई रुक्मका उनी परम मित्र थिए । रुक्म आफ्नी दिदीको विवाह शिशुपालसँग गर्न चाहन्थे भने उनका मातापिता छोरीको विवाह श्रीकृष्णसँग गर्न चाहन्थे । जब रुक्मले शिशुपालसँग विवाह गर्ने तयारी शुरु गरे, त्यहीबेला कृष्णले रुक्मिणीलाई भगाएर लगे । त्यही बेलादेखि शिशुपाल कृष्णका शत्रु भए ।
एकलव्य
महाभारतकालमा प्रयाग (इलाहबाद) को तटवर्ती प्रदेशमा सुदूरसम्म फैलिएको श्रृंगवेरपुर राज्य निषद्राज हिरण्यधनुको थियो । गंगाको तटमा अवस्थित श्रृंगवेरपुर सुदृढ त्यसको राजधानी थियो । हिरण्यधनुको मृत्युपछि त्यहाँ एकलव्यले राज्य गरे । विष्णुपुराण तथा हरिवंश पुराणका अनुसार एक्लव्य आफ्नो बिस्तारवाद सोंचले जरासन्धसँग मिलेका थिए । एक पटक जरासन्धसँग मिलेर उनले मथुरामा युद्ध गरेका थिए । पछि श्रीकृष्णसँगको युद्धमा उनी मारिए ।
बलराम
भगवान् श्रीकृष्णका दाई बलरामले श्रीकृष्णलाई आफू युद्धमा सहभागी नबन्ने भनेका थिए । किनभने दुर्योधन र अर्जुन दुवै जना मित्र थिए । यस्तो धर्मसंकटमा कुनैको पक्ष पनि नलिने उनले निर्णय गरेका थिए । उनले श्रीकृष्ण अर्को पक्षमा भएपछि कसरी म तिमीहरूको पक्षमा आउँछु भनेर दुर्योधनसँग भनेका थिए । किनभने भीम र दुर्योधनले बलरामसँगै गदा सिकेका थिए । उनी दुवै कुरुवंशी एकापसमा लडेको राम्रो नलाग्ने भन्दै तीर्थयात्रामा निस्किएका थिए ।
कालयवन
पुराणका अनुसार जरासन्धले १८ पटक मथुरामा आक्रमण गरेका थिए तर युद्धमा १७ पटक असफल भए । अन्तिम लडाईमा उनले एक विदेशी शक्तिशाली शासक कालयवनलाई पनि मथुरामा आक्रमण गर्न लगाए । कालयवनका सेनाले मथुरालाई घेरे । उनले मथुरा नरेशलाई पत्र पठाएर एक दिनको समय दिए । श्रीकृष्णले उत्तरमा युद्ध कृष्ण र कालयवनको बीचमा मात्रै होस् भन्ने उत्तर पठाए । कालयवनले स्वीकार गरेर कृष्णसँग युद्ध गरे ।
लड्न नसकेर कृष्ण रणभूमि छोडेर भागे । पछि पछि कालयवन दौडिए । कृष्ण भाग्दै एक गुफामा पसे । गुफामा कालयवनले एक मानिसलाई सुतिरहेको देखेपछि लात हाने । लात हानिएको मानिस हेर्नासाथ कालयवन जलेर भष्म भए । गुफामा सुतिरहेका व्यक्ति इक्ष्वाकुवंशी महाराजा मान्धाताका पुत्र राजा मुचुकुन्द थिए । उनी तपस्वी र प्रतापी थिए ।
बर्बरिक
बर्बरिक संसारका सर्वश्रेष्ठ धनुर्धर थिए । उनका लागि मात्र तीन वाण नै युद्ध समाप्त गर्न पर्याप्त थिए । भीमका नाति बर्बरिकले दुवै पक्षको बीचमा उभिएर आफू जताको पक्ष कमजोर बन्छ, त्यतैबाट युद्ध गर्ने घोषणा गरे । यो घोषणाले कृष्ण चिन्तित भए र एक व्राह्मणको भेषमा भिक्षा माग्न गए ।
कृष्णले बर्बरिकसँग दिने भएमात्रै भिक्षा माग्ने भने । त्यसपछि मात्रै कृष्णले उनीसँग भिक्षाको रूपमा उनको शिर मागे । बर्बरिकले आफ्ना पिताको विजयका लागि शिर दिन तयार भए । त्यसपछि कृष्णले उनको शिर काटेका थिए ।
यी बाहेक पनि पौण्ड्रक बासुदेव, नरकासुर जस्ता केही योद्धा थिए, जसले युद्धमा भाग लिएनन् । यदि लिएको भए महाभारतको युद्ध नै अर्कै किसिमको हुन्थ्यो ।