English

कैलाश मानसरोवर पुग्ने इच्छा छ




नेपाली सांगीतिक क्षेत्रमा चल्तिका गायक हुन्– प्रमोद खरेल । उनका कयौँ गीत हिट छन् । धेरैजसो सांगीतिक कार्यक्रमहरूमा व्यस्त भैरहने गायक खरेलको घुमघाम सौख पनि उत्तिकै छ । उनी सांगीतिक यात्रामा जाँदा आफूलाई जान मन लागेको ठाउँ सकभर छुटाउँदैनन् ।

अहिलेसम्म ३० वटाभन्दा बढी देश घुमिसकेका खरेलसँग प्रस्तुत छ घुमघाम वार्ताः
अहिलेसम्म कति ठाउँ घुम्नु भयो ?

नेपालका ७० भन्दा बढी जिल्ला घुमिसकेको छु भने विदेशका ३० भन्दा बढी देश डुलिसकें ।


तपाईंको घुमघाम गन्तव्य कहाँ–कहाँ हुन् ?

विदेशतिर समुन्द्री किनार मेरो गन्तव्य बन्छ । नेपालमा विशेषगरी हिमाल र पहाडी ईलाकातिर घुम्न मन लाग्छ ।

घुमघामका लागि कसरी समय मिलाउनुहुन्छ ?

मलाई घुमघामका लागि समय निकाल्नै पर्दैन । सांगीतिक कार्यक्रममा जाँदा कतै घुम्न मन लागेको ठाउँ छ भने जसरी पनि पुग्छु ।

अहिलेसम्मको अविस्मरणीय घुमघाम कहाँको हो ?

युरोप, जापान, कोरियाका घुमघाम अविस्मरणीय छन् । यस्तै, नेपालमा पाल्पा, इलाम र सुदूरपश्चिमको पहाडी क्षेत्र बैतडी, दिपायलका यात्रा यादगार छन् ।


घुमघामको योजना कसरी बनाउनु हुन्छ ?

घुमघामको योजना बनाउनै पर्दैन । सांगीतिक कार्यक्रमहरूले गर्दा नै घुमिरहेको हुन्छु । यदि कुनै सांगीतिक कार्यक्रममा त्यो क्षेत्रमा आफूलाई जान मन लागेको कुनै ठाउँ छ भने चाहिँ योजना बनाउँछु ।

घुमघाम गर्दा के–के बोक्नुपर्छ ?

ठाउँअनुसार मौसम फरक–फरक हुन्छ । त्यसैल, सोही अनुसारको कपडा बोक्नुपर्छ । यदि आफूसँग छ भने क्यामेरा बोक्दा त्यो यात्रा यादगार बन्न सक्छ ।

अरुलाई घुम्न जानका लागि कुन–कुन ठाउँ सिफारिस गर्नुहुन्छ ?

नेपालमा घुम्न जाने ठाउँ अनगिन्ती छन् । तैपनि मैले सिफारिस गर्दा इलाम, ताप्लेजुङ, भोजपुर, खाँदबारी, कोशी किनार, तमोर किनार, बाग्लुङ गल्कोट, सिन्धुपाल्चोकको मेलम्ची, हेलम्बु, मुडे, लुम्बिनी र नेपालको सबैभन्दा होचो स्थान कचनाकवल पर्छन् ।

घुमघामलाई रमाइलो कसरी बनाउन सकिन्छ ?

घुमघामलाई रमाइलो बनाउने भनेका साथीहरूले हुन् । त्यसैले मन मिल्ने र राम्रा साथीहरूको टीम बनाएर घुम्न जाँदा साह्रै रमाइलो हुन्छ ।

घुम्न मन लागेको तर जान नसकेको तीन ठाउँ कुन–कुन हुन् ?

जोमसोम, नाम्चेबजार बेस क्याम्प, कैलाश मानसरोवर पुग्ने इच्छा छ ।

नेपालमा घुमघामलाई प्रवर्द्धन गर्न के–के गर्नुपर्ला ?

घुमघाम प्रवर्द्धनका लागि पहिलो कुरा त बाटोघाटोको सुविधा बढाउनुपर्छ । यसले पर्यटन प्रवर्द्धन पनि हुन्छ र देशको आर्थिकस्तर पनि राम्रो हुन्छ ।



सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर

Latest










Popular
Suggested