English

डिजेवाला दिदी गीत सुनाइदेउ



जोस्लिन राई

जोस्लिन राई । उमेर २७ बर्ष । डिजेइङ गर्न थालेको सात वर्ष । संसार चिन्न थालेदेखि नै संगीतमा रुचि भएकोले उनलाई यो क्षेत्र एकदमै मन पर्यो । परिवारका सदस्यहरुले पनि उनको रुचिको विषयमा काम गर्नको लागि प्रोत्साहित गरे । पार्क डिजे एकेडेमीकी डिजे प्रशिक्षक पनि हुन्,जोस्लिन । स्कुलको साथीले डिजे एकेडेमी खोल्ने कुरा थाहा भएपछि साथीको सहयोगमा नै उनले डिजेइङ सिकिन र डिजेइङ गर्न पनि थालिन् । उनको मासिक आम्दानी ४२ हजार हुन्छ । यो पेशाबाट एकदमै सन्तुष्ट भएको उनी सुनाउँछिन् । भन्छिन्,‘मेहनत गर्यो भने यो पेशामा मात्र हैन हरेक पेशामा सफलता हात पार्न सकिन्छ ।’

महिला डिजेलाई समाजमा हेर्ने दृष्टिकोण अलि फरक छ । नाइट क्लबहरुमा डिजेइङ गर्नेहरुले केहि समस्या पनि भोग्नु पर्छ । तर पछिल्लो समय यो पेसामा लाग्न चाहने महिलाको संख्या केही बढेको छ । बिस्तारै महिला डिजेलाई हेर्ने दृष्टिकोण परिर्वतन हुँदै गएको उनी बताउँछिन् । ‘यो क्षेत्रमा आउन चाहने महिलाको लागि अवसर छ । करियर र पैसा दुवै छ,मेहनत चाँही गर्नु पर्छ ।’

नेहा गुरुङ

२४ वर्षिय नेहा गुरुङले डिजेइङ गर्न थालेको चार वर्ष भयो । संगीतको रुचीले होला,उनलाई डिजेहरु एकदमै मन पथ्र्यो । एक जना डिजेले हजारौं मान्छेलाई नचाएको देखेर म पनि यस्तै डिजे हुन्छु भन्ने लाग्थ्यो उनलाई । पहिले परिवारबाट खासै साथ र सहयोग नपाए पनि पछि मेहनत गरेर नाम कमाउँदै गएपछि परिवारले पनि साथ दिएको उनी सुनाउँछिन् । ‘रातिको काम भएको भएर परिवार तथा समाजले यो पेशालाई नराम्रो मान्ने गर्थे,’ भन्छिन्, ‘डिजेमात्र हैन नर्सको पनि रातिको डिउटी हुने गर्छ त्यसैले अहिले भने विस्तारै सजिलो हुँदै गएको छ ।’

पार्टीमा विभिन्न प्रकारका मान्छे हुन्छन् । कसै कसैको नियत गलत पनि हुन सक्छ । तर उनीहरुलाई कसरी व्यवहार गर्ने त्यो आफुमा भर पर्ने उनी बताउँछिन् । ‘आफु राम्रो भयो भने अरुले गर्ने व्यवहार पनि राम्रो हुन्छ, डिजे भन्ने बित्तिकै चुरोट, रक्सी खाने बिग्रिएको हुन्छन् भन्ने धारणा राख्नु गलत हो ।’

पहिले पोखरामा डिजेइङ गरेकी गुरुङ अहिले भने फ्रिल्यान्सर भएर काम गरिरहेकी छिन् । मासिक लगभग ३० हजार रुपियाँ कमाई हुने गरेको भएपनि कोरोनाले गर्दा लकडाउनको बेलामा एउटा पनि इभेन्ट नपाएर बस्नु परेको उनी सुनाउँछिन् । फ्रिल्यान्सर भएर काम गर्दा इभेन्टहरु नपाउँदा यो पेसा नै छोडिदिउँ जस्तो पनि उनलाई नलागेको होइन । तर, हिम्मत जुटाएर उनी यस पेशामा निरन्तर लागि रहिन् । यस पेशामा जोडिन चाहने महिलाका लागि राम्रो अवसर रहेको उनी बताउँछिन् । ‘हरेक पेशामा जस्तो यो पेसामा पनि केही समस्याहरु छन् तर मेहनत गरेर अघि बढ्ने हो भने यो क्षेत्रमा एकदमै राम्रो करियर छ ।’

२० वर्षिय श्रेया विश्वकर्माले पनि डिजेइङ गर्न थालेको दुई वर्ष भयो । कक्षा ८ मा पढ्दा देखि नै डिजे सुराको भिडियोहरु हेर्दा उनलाई डिजेइङ तिर रुचि भयो । पहिले यो क्षेत्रमा लाग्नको त्यति धेरै साथ सहयोग नभए पनि अहिले भने परिवारको पुरा साथ र सहयोग छ उनलाई ।

श्रेया विश्वकर्मा

राति डिउटी सकेर घर फर्कने बेला पनि विभिन्न नराम्रो व्यवहारहरु सहनु परेको तितो अनुभव छ उनीसँग । काम कै सिलसिलामा क्लब तथा इभेन्टहरुमा पनि केही व्यक्तिले गलत नियत राखेको उनी सुनाउँछिन् । श्रेयाको सुझाव छ,‘रातिको काम भएकै कारण हामीलाई हेर्ने दृष्टिकोण नराम्रो नबनाईदिए हुन्थ्यो किनकी यो पनि त एउटा सांगितिक पेशा हो ।’

डिजेइङ बिनाको डान्स पार्टी वा नाइट क्लबहरु खल्लो हुन्छ । डिजे भन्ने बित्तिकै धेरैले पुरुष डिजे भनेर बुझ्छन् । महिला डिजे भेटिन एकदमै गाह्रो छ । तर पछिल्लो समय महिला डिजेहरु पनि क्लबहरुमा देखिन थालेका छन् ।

अहिले भाइब्रेट कल्बमा कार्यरत उनको मासिक कमाइ २५ देखि ३० हजार हुन्छ भने केही इभेन्टहरुमा काम गर्यो भने अतिरिक्त कमाई हुने गरेको उनी बताउँछिन् । कोरोनाले गर्दा लामो समय लकडाउन भयो । क्लबहरु बन्द भए । इभेन्टहरु पनि भएनन् । त्यो समयमा गुजारा गर्न एकदमै गाह्रो भएको उनी सुनाउँछिन् । ‘आफुलाई रुचि भएको काम गर्नुपर्छ मेहनत गरियो भने यो क्षेत्र पनि राम्रो छ ।’

कुनै पार्टी होस् या इभेन्ट त्यहाँको माहोल तताउनको लागि डिजेको ठुलो हात हुन्छ । डिजेइङ बिनाको डान्स पार्टी वा नाइट क्लबहरु खल्लो हुन्छ । डिजे भन्ने बित्तिकै धेरैले पुरुष डिजे भनेर बुझ्छन् । महिला डिजे भेटिन एकदमै गाह्रो छ । तर पछिल्लो समय महिला डिजेहरु पनि क्लबहरुमा देखिन थालेका छन् ।

अन्य देशको तुलनामा नेपालमा महिला डिजेहरुको संख्या एकदमै कम भएको स्पार्क डिजे एकेडेमीका संचालक सर्जक सुवेदीले बताए । १० जना डिजेहरु मध्ये नौ जना पुरुष डिजे र एक जना मात्र महिला डिजे भेटिन्छन् । रातिको काम भएकोले पनि महिलाको रुची यो पेसामा कम भएको हुन सक्ने उनले बताए ।

यदि सबैले महिला डिजेइङको सांगितिक कौशललाई सम्मान गर्ने हो भने यो क्षेत्रमा महिला प्रतिभाको लर्को लाग्न सक्छ । यसैले महिला डिजेहरु भनिरहेका छन्,‘घृणाले होइन,हामीलाई मायाले हेरिदेउ ।’

छुटाउनु भयो कि ?
के हाे पल र समीक्षा विवाद ? दुवैले दिए पालैपालाे स्पष्टीकरण
रेखा थापा– पहिले गणतन्त्र अहिले राजतन्त्र



सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर

Latest










Popular
Suggested