English

स्वरको जादुले सारा चकित



शोक दर्जीले तीन वर्षकै उमेरदेखि नै गाउन थालेका थिए । उनी पहिले आर्थिक अवस्थाका कारण सडक छेउमा गाएर पैसा संकलन गर्थे । घरमा आर्थिक सहयोग गर्नुपर्ने भएकोले स्कुल समेत छोडेर उनले सडक छेउमा गीत गाउन शुरू गरेका थिए ।

आफ्नो प्रतिभा र कडा मेहनतका कारण उनले पहिलो गीत ‘मन बिनाको धन’ बाटै दर्शक/स्रोताको मन जितेका थिए । उनको त्यो पहिलो गीत ट्रेंन्डिङमा समेत पुग्न सफल भएको थियो ।

नेपाली संगीत क्षेत्रमा प्रवेश गरेर सम्पूर्ण दर्शकको मन जित्न सफल भएका हुन् । दर्जीको स्वर रहेको गीतहरु ‘चौरिको चाम्रो छुर्पी’, ‘मन बिनाको धन २,३’ र ‘प्रणाम’ जस्ता गीतहरुले चर्चा पाए । अहिले उनी १२ बर्षका भए ।

दोहरीमा अब्बल धादिङकी कमला घिमिरे सामाजिक संजालमा भाइरल छिन् । उनले ९ बर्षको उमेरमै लाइभ दोहरी गाएर सबैलाई चकित पारिन । गीत संगीतमा रुचि भएकी तर अवसर नपाएकी कमलालाई लोकदोहरी कार्यक्रमले दर्शक माझ चिनायो । अहिले उनी १२ बर्षकी भइन ।

सानै उमेरमा नेपालजस्तो सानो बजार र गीत–संगीतले करिअरको दर्जा नपाएको देशका प्रतिस्पर्धीले भारतीय रियालीटी शो मा अब्बल

छिनभरमै दोहरीको टुक्का फुराउने कला भएकी उनले प्रख्यात गायक गायिकालाई समेत दोहरीमा टक्कर दिने गर्छिन् । दोहरी गाउन खप्पिस कमलाको स्वर पनि एकदमै मिठो र सुरिलो छ । उनले ‘चिया छानेको’, ‘डोको बुनेर’ र ‘लरि लरि लै’ लगायतका गीतहरुमा स्वर दिइसकेकी छिन् ।

इटहरी–५ का १३ वर्षीय प्रितम आचार्य पनि चार बर्षको उमेरदेखि नै गुनगुनाउन थालेका हुन् । उनले कान्तिपुर टेलिभिजनले २०६२ मा सञ्चालन गरेको ‘सुरशाला आइडल जुनियर’मा प्रतिस्पर्धामा गरेका थिए । त्यस प्रतिस्पर्धामा उनी फाइनलसम्म पुगेर ‘फस्ट रनरअप’ भएका थिए ।

निक्कै मिठो स्वरका धनी प्रितमले भारतीय टेलिभिजन च्यानल जिटिभीबाट प्रसारण भएको ‘सारेगमप लिटल च्याम्प्स’मा तेस्रो भएर धेरै चर्चा बटुले । सानै उमेरमा नेपालजस्तो सानो बजार र गीत–संगीतले करिअरको दर्जा नपाएको देशका प्रतिस्पर्धीले भारतीय रियालीटी शो मा अब्बल प्रदर्शन गर्न सफल उनलाई धेरैले माया र साथ दिए । उनको स्वर रहेको ‘तिमीले बाटो फे¥यौ अरे’ लगायतका गीतहरुले चर्चा पाएका छन् ।

सिन्धुपाल्चोक स्थायी घर भएका आयुष केसी पनि चर्चित बाल कलाकारको सुचीमा पर्छन् । प्रितम जस्तै भारतीय टेलिभिजन च्यानल जिटिभीबाट प्रसारण भएको ‘सारेगमप लिटल च्याम्प्स’ मा भाग लिएर चौथो भएका आयुष पनि ८ बर्षको उमेरदेखि नै गायनमा छन् । उनी अहिले १३ बर्षका भए ।

कान्तिपुर टेलिभिजनबाट प्रशारण भएको पहिलो राष्ट्रव्यापी बालगायन रियालिटी शो सुरशाला जुनियर आइडलको पहिलो संस्करणमा प्रथम भएका उनी सारेगमपामा सहभागी भएपछी चर्चित भएका हुन् । उनले केही नेपाली गीतहरुमा स्वर दिईसकेका छन् । उनको सुमधुर स्वरलाई मन नपराउने सायद कमै होलान् ।

सुमधुर स्वरकी धनी बाल लोकदोहरी गायिका आयुषा गौतमले पनि ७ बर्षको उमेरदेखि गायनमा सक्रिय छिन् । ‘हातैमा सुनको चुरा’ गीतबाट आफ्नो करिअर सुरुवात गरेकी आयुषाको ‘फुली नाकैमा’, ‘पानी गिलासमा’ जस्ता गितहरु निकै हिट छन् । पछिल्लो समय युटयुबमा भाइरल भएकी नौ बर्षिय बालगायिका आयुषा लोकदोहोरी कार्यक्रम इन्द्रेणीमा आफ्नो प्रतिभा देखाएर भाइरल भएकी हुन् । उनको स्वरलाई धेरैले मन पराएका छन् ।

सानै उमेरमा चर्चा कमाउन अर्की सफल बाल कलाकार हुन् रबिना बस्याल । ६ वर्षको उमेरदेखि नै लोकदोहोरी गीतहरु गाएर दर्शक माझ चर्चा बटुल्न सफल बस्याल अहिले ९ वर्षकी भइन् । उनलाई पनि लोकदोहरी कार्यक्रमले चर्चा दिलायो । उनको स्वरमा धेरै गीतहरु बजारमा आइसकेका छन् । ‘धोबी बगर’, ‘माया बुनेर’ लगायका गितले चर्चा पाएका छन् ।

सानै उमेरमा धेरै चर्चा बटुल्न सफल यी बालकलाकारहरु त केही प्रतिनिधी पात्र मात्र हुन् । पछिल्लो समय मिडियामा धेरैको पहुँच छ । त्यसैले लुकेका प्रतिभाहरु बाहिर आउन थालेका छन् ।

छुटाउनु भयो कि ?
के हाे पल र समीक्षा विवाद ? दुवैले दिए पालैपालाे स्पष्टीकरण
रेखा थापा– पहिले गणतन्त्र अहिले राजतन्त्र



सम्बन्धित खबरहरु

मार्च ४, २०२५ मा विश्व बजारमा लन्च गरिएको नथिङ फोन थ्रि ए सेरिज अन्तर्गतको नथिङ फोन थ्रि ए नेपाली बजारमा

काठमाडौं । गायक प्रमोद खरेलको स्वरमा रहेको गीत ‘मायाको व्यापार २ ’ सार्वजनिक गरिएको छ । गीतमा इन्द्र दाहालको शब्द

गुपचुप रूपमा निर्माण भई सम्पादन समेत पूरा गरेको नयाँ फिल्म ‘हेल्लो काशिराम’ ले आफ्नो फस्टलुक पोस्टर र प्रदर्शन मिति एकैसाथ

नेपाल क्रिकेट संघ (क्यान)ले वार्षिक क्यालेण्डर सार्वजनिक गरेको छ । शनिबार सार्वजनिक क्यालेण्डर अनुसार वर्ष सन् २०२५ मा नेपाली क्रिकेटर व्यस्त रहनेछन्