English

शारीरिक रुपमा अशक्त गंगाले मारेको छलाङ



पश्चिम बागलुङ तमानखोलाकी गंगा छन्त्याल जो शिशुअवस्थामै शारीरिक अशक्त बनिन् । ताते–ताते गर्दै टुकु–टुकु हिँड्ने बेला गंगाका पैताला चलेनन् । २०४७ मा सालमा जन्मिएकी गंगा ६–७ महिनाकै उमेरमा पोलियोको शिकार बनिन् ।

गंगा हुर्कँदै गइन् । सानोमा अशक्त भनेर माया गर्नेका नजर पनि बिस्तारै परिवर्तन हुन थाले । उनलाई हेयको दृष्ट्रिले हेर्न थालियो । पितृसत्तात्मक समाजमा जन्मिएकी गंगालाई समाज छिचोल्न साह्रै मुस्किल पर्यो । उनको अशक्त शरीरलाई लिएर आमाबाबुलाई ‘पूर्व जन्मको पापी’को संज्ञा दिइयो ।

गंगा सबै कुरा बुझ्ने हुँदै गइन् । घरकै अलिअलि काम गर्थिन् । उनीसँगैका सैंसाथी स्कुल जान्थे । उनलाई पनि स्कुल जाने रहर जाग्यो । तर, आधा घन्टा परको स्कुल पुग्न उनलाई घन्टौं लाग्थ्यो । जसोतसो कक्षा ६ सम्मको पढाई गाउँमै पूरा गरिन् ।

तर, गाउँलेको कटाक्ष र उनको अशक्त शरीरमाथि समाजले गरेको विभेद परिवारले सहन सकेन । शारीरिक रुपमा अशक्त गंगालाई पढाउने धोको बोकेर गंगाका बाबुआमा काठमाडौं ओर्ले । जीवन धान्न गोंगबुमा चिया पसल खोले । गंगा नजिकैको विद्यालयमा भर्ना भइन् । उनी पढ्न थालिन् । गाउँमा भोगेको पीडाले उनले कथित शिक्षित समाजमा पनि छोडेन ।

स्कुलमा साथी/शिक्षक र यहाँको समाजले गर्ने व्यवहार र तमानखोलाका मानिसले गर्ने व्यवहारमा कुनै भिन्नता पाइनन् । स्कुलका साथीहरु उनीसँग एउटै बेन्चमा बस्न रुचाउँदैन थिए । सँगै हिँड्ने, कुराकानी गर्ने त परै जावस् । त्यस्ता कुराले झन् पीडा हुन थालेपनि उक्त स्कुल छोड्ने निधो गरेको उनी सुनाउँछिन् । ‘सम्मान नहुने ठाउँमा पढ्न मन लागेन,’ उनी निराश सुनिन्छिन्, ‘अनि स्कुल नै परिवर्तन गरेँ ।’

गंगा त्यसपछि जोरपाटीस्थित खगेन्द्र नवजीवन केन्द्रमा कक्षा ७ मा भर्ना भइन् । त्यहाँ अपाङ्गता भएका विद्यार्थीहरुलाई पढाइन्छ । उनले त्यहीँबाट एसएलसी उत्तिर्ण गरिन् । गोंगबुस्थित नवोदित कलेजबाट कक्षा १२ सम्म अध्ययन गरिन् ।

जागिरको खोजी, पठाओको तीतो अनुभव

कक्षा १२ को पढाई सकिएपछि उनी जागिरका लागि अपाङ्गता भएकाहरुको हकहितका लागि काम गर्दै आएका विभिन्न संघसंस्थाका दैलोमा पुगिन् । अपाङ्ताको साधारण सदस्यता बनाइदेउ भन्दा समेत कसैले नबनाइदिएको तितो अनुभव उनीसँग छ । ‘जो अपाङ्गता भएकाहरुको हकहितमा लागिपर्ने संघसंस्था छन् उनीहरु सबैको दैलोमा पुगें,’ गंगा ती दिन सम्झँदै भन्छिन्, ‘अपाङ्गताको सदस्यता बनाइदेउ भन्दा समेत बनाइदिएनन् ।’

उनले शारीरिक अशक्तताका बाबजुत पनि सेवा दिएको देख्दा धेरै खुशी हुन्थे, हौसला पनि दिन्थे । कसैले छोराका लागि भनेर टिप्स पनि दिन्थे । तर, कोेही प्रयोगकर्ता चार पांग्रे स्कुटर देख्ने बित्तिकै नाक खुम्च्याउँथे । ‘कतिले त चारपांग्रे स्कुटर देखेपछि अफलाइन बसेर रिक्वेस्ट क्यान्सिलसमेत गर्थे,’ उनी भन्छिन्, ‘राती कतिपय रक्सी सेवन गरेको प्रयोगकर्ता आउँथे तैपनि जिम्मेवारी बहन गर्थेँ ।’

यहीक्रममा उनले राइड सेयरिङ एप पठाओका बारेमा साथीमार्फत थाहा पाइन् । उनीसँग स्कुटर थियो । राम्रो खटिँदा दिनमै एक हजारदेखि १५ सयसम्म कमाई हुने सुनेपछि उनी त्यतातर्फ हानिइन् । साथमा रहेको डेढ वर्षे छोरालाई घरमै छोडेर उनी पठाओ राइडर बनिन् । बिहान ६ बजेदेखि राती १० बजेसम्म खटिन थालिन् । महिनामा ३५ हजारसम्म कमाउँथिन् ।

उनले शारीरिक अशक्तताका बाबजुत पनि सेवा दिएको देख्दा धेरै खुशी हुन्थे, हौसला पनि दिन्थे । कसैले छोराका लागि भनेर टिप्स पनि दिन्थे । तर, कोेही प्रयोगकर्ता चार पांग्रे स्कुटर देख्ने बित्तिकै नाक खुम्च्याउँथे । ‘कतिले त चारपांग्रे स्कुटर देखेपछि अफलाइन बसेर रिक्वेस्ट क्यान्सिलसमेत गर्थे,’ उनी भन्छिन्, ‘राती कतिपय रक्सी सेवन गरेको प्रयोगकर्ता आउँथे तैपनि जिम्मेवारी बहन गर्थेँ ।’

साथै, यहाँभित्र महिला राइडरमाथि हुने विभेद पनि उनले भोगिन् । ‘तिमीले यो पठाओ किन चलाउँछौ ? तिमीलाई म एउटा कोठा खोजिदिन्छु, महिनाको १५/२० हजार पकेट खर्च पनि दिन्छु । कहिलेकाही म पनि आउँछु पनि भन्थे,’ उनी गम्भीर सुनिइन्, ‘प्रयोगकर्ताको यस्ता ब्यवहार चित्त नबुझेपछि पठाओ चलाउनै छोडेँ ।’

उनी पुनः रोजगारविहिन बनिन् । गार्मेन्टसम्बन्धि तालिम दिने संस्थामा पुगिन्, तालिम लिइन् । गार्मेन्ट उद्योग खोलिन् । सुरुमा एउटा मेसिनबाट ब्यवसाय सुरु गरेकि गंगा अहिले महिला उद्यमी बनेकी छन् । उनले ७ जनालाई रोजगारी दिएकी छन् । आगामी दिनमा अपांगता भएका महिलाहरुलाई रोजगार दिने योजना बनाएको उनी सुनाउँछिन् ।

खेलाडी–डान्सर गंगा

गंगा ह्वीलचियर वास्केट बल खेल्ने पहिलो महिला खेलाडी समेत हुन् । अपांगता भएका मानिसहरुलाइृ हौसला बढाउने उद्धेश्यले उनी ह्वीलचियर डान्स पनि गर्छिन् । उनले ह्वीचियर डान्सको एउटा समूह नै बनाएकी छन् ।

यसबाहेक उनी आदिवासी जनजाति अपांग महिला संघ (निडवान)मा पनि आबद्ध छिन् । सोहि संस्थाबाट नेपालको तर्फबाट प्रतिनित्व गर्दै उनी स्वीट्जरल्याण्ड, मलेसिया लगायतका देशको भ्रमण समेत गरिसकेकी छन् । चुनौतिलाई अवसरमा बदल्दै कठिन संघर्ष गरेकी गंगा अपांगता भएका मानिस पनि अरु जस्तै सक्षम र सबल हुन्छन् भन्ने उदाहरणीय पात्र बनेकी छन् ।

यो पनि पढ्नुहोस् :
वैज्ञानिक अध्ययनको निचोड : अस्पताल भर्ना भएका बच्चालाई कथा सुनाउँदा चाँडै निको हुन्छन्
के हो होलबडी चेकअप ? कुन अस्पतालमा कति लाग्छ खर्च ?
केडिसी अस्पतालमा ‘होलबडी’ चेकअप गर्दा १५ प्रतिशत छुट



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।