English

सेन्ट लरेन्सले मनायो रजत जयन्ती



चावहिल पिपलबोटस्थित सेन्ट लरेन्स कलेजले रजत जयन्ती मनाएको छ । शुक्रबार कमलादीस्थित प्रज्ञा भवनमा २५ औं वसन्त पार गरेको उपलक्ष्यमा रजत जयन्ती मनाएको हो ।

कार्यक्रमका प्रमुख अतिथि पूर्व प्रधानमन्त्री तथा नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले शुभकामना दिए । ‘सेन्ट लरेन्सले २५ वर्ष पुरा गर्दै नयाँ यात्रा तय गरेको छ,’ उनले भने, ‘यो अवधिमा हासिल गरेका सफलता, असफलता, चूनौति लगायतका बारे समिक्षा गर्नुपर्छ । अनिमात्र अघिको यात्रा तय गर्न सहज हुन्छ ।’

कार्यक्रममा बोल्दै उनले आफ्नो विद्यार्थीकालको अनुभवसमेत सुनाए । ‘मैले एसएलसी दिएको ५५ वर्ष भएछ र कलेज भर्ना भएको ५४ वर्ष बितेछ । मेरो चाटर्ड अकाउन्टेन्ट बन्ने ठूलो सपना थियो तर पुरा भएन,’ उनले भने, ‘मेरो रुचि समाजसेवामा थियो त्यसैले कोर्स राजनीति तर्फ मोडियो ।’

कलेजका प्रबन्ध निर्देशक ताराप्रसाद सुवेदीले २५ वर्षसम्म कलेजले सञ्चालन गरेका कार्यक्रमलाई थप स्तरीय बनाउँदै लैजाने प्रतिवद्धता व्यक्त गरे । ‘हामीले अहिलेसम्म जे–जे गर्यौं अब त्यसलाई थप परिस्कृत बनाउनेछौं,’ उनले भने, ‘हाम्रो गहना भनेकै विद्यार्थीहरु हो उहाँहरुलाई कसरी गुणस्तरीय शिक्षा दिने भन्नेमा दिनरात खटिनेछौं ।’

प्रिन्सिपल पुरुषोत्तम श्रेष्ठ टीम वर्कमा काम गरेकाले यो सफलता हासिल गरेको बताउँछन् । अहिले सेन्ट लरेन्सको छाताभित्र ३५०० विद्यार्थी अध्ययनरत छन् । ‘३५०० विद्यार्थी छन् भन्न पाउँदा गर्व लाग्छ,’ उनले भने, ‘यसको सफलताको सुत्र भनेकै टिम वर्क हो ।’ कार्यक्रममा भूतपूर्व विद्यार्थीहरुलाई रजत विद्यार्थीबाट सम्मानित गरिएको थियो । ‘अहिले १० जनालाईमात्र सम्मान गर्यौं अब छिट्टै २५ वर्षयताका विद्यार्थीलाई भेला पारेर सम्मान गर्छौैं,’ श्रेष्ठले योजना सुनाए ।

अध्यक्ष केशवप्रसाद दंगालले कलेजले २५ औं वर्ष पार गर्दै गर्दा विद्यार्थी, अभिभावक र शिक्षाप्रेमीले गरेको विश्वासलाई टुट्न नदिने बाचा गरे । ‘सबैको विश्वास र हाम्रा फ्याकल्टिजहरुको मेहनतले हामी नेपालकै टप कलेजको सूचीमा गनिन्छौंं,’ उनले भने, ‘हाम्रो गुणस्तरीयता र विश्वास कायम राख्न हरपल प्रयत्न गरिरहनेछौं ।’

कार्यक्रममा विभिन्न संकायका उत्कृष्ट विद्यार्थी तथा शिक्षकहरुलाई सम्मान गरिएको थियो । थियो । वातावरण जोगाउने अभियानमा काम गर्दै आएको ग्रिन आर्मीलगायत कलेजमा गठिन विभिन्न क्लबका सदस्यलाई सम्मान गरिएको थियो । ग्रिन आर्मीमा यस कलेजबाट ६० जना क्याडेट आवद्ध छन् । उनीहरुलाई व्याच वितरण गरिएको थियो । यसैगरी, कलेजले रजत जयन्तीकै अवसरमा कक्षा ११ मा अध्ययनरत विद्यार्थीलाई स्वागत समेत गरेको थियो ।



सम्बन्धित खबरहरु

नेपालको लोकप्रिय ब्रान्ड टुपीएम स्न्याक्स् एण्ड नुडल्स् ब्राण्डले भारतको मुम्बईमा आयोजित समारोहमा रिलायन्स रिटेलद्वारा प्रतिष्ठित “फ्युचर फर्वार्ड स्टार ब्रान्ड” पुरस्कार

१३९ औं हङकङ साहित्यिक साझा श्रृखला अन्तर्गत आइतबार वरिष्ठ साहित्यकार कवि सुमल कुमार गुरुङको एकल कविता वाचन आयोजना गरिएको छ

तमु ट्हो ह्युल हङकङले विविध सांस्कृतिक कार्यक्रमहरुका साथ महान चाँड ल्होछार मनाउने भएको छ । नयाँ वर्षको पहिलो दिन जनवरी

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन