English

व्यक्तिको मृत्युपछि वास्तवमा के हुन्छ ?



योगमा, हामी शरीरलाई पाँचवटा आवरण वा पत्रहरूमा हेर्दछौँ । भौतिक शरीरलाई अन्नमयकोष भनिन्छ । अन्न अर्थात् भोजन, त्यसैले यो भोजनबाट बनेको शरीर हो । दोस्रो पत्रलाई मनोमयकोष वा मानसिक शरीर भनिन्छ । तेस्रो पत्रलाई प्राणमयकोष भनिन्छ, जसको अर्थ हो ऊर्जा-शरीर । भौतिक, मानसिक र ऊर्जा शरीर जीवनको भौतिक आयामहरूसँग सम्बन्धित हुन्छन् ।

उदाहरणको लागि, तपाईंले यो प्रस्ट देख्न सक्नुहुन्छ कि बिजुली बल्ब भौतिक हो । विद्युत अर्थात् तारहरूको माध्यमले बहने विद्युतकणहरू पनि भौतिक हुन् । साथै, त्यो बल्बबाट निस्किने प्रकाश पनि भौतिक हो । यी तीनवटै भौतिक हुन् । त्यसैगरी, भौतिक शरीर स्थूल हुन्छ, मानसिक शरीर केही सूक्ष्म हुन्छ, अनि ऊर्जा (प्राण) शरीर अझ बढी सूक्ष्म हुन्छ । तर, यी सबै भौतिक प्रकृतिका हुन्छन् । व्यक्तिको शरीर, मन र ऊर्जामा कर्मको छाप हुन्छ । कर्मको छाप वा कर्मको संरचनाले नै तपाईंलाई भौतिक शरीरमा अड्याइरहेको हुन्छ । भलै, कर्म बन्धन भए तापनि, कर्मको तत्त्वको कारणले नै तपाईं शरीरमा रहिरहन सक्नुभएको छ, अनि जीवित हुनुहुन्छ ।

बाँकी दुईवटा आयामहरूलाई विज्ञानमयकोष र आनन्दमयकोष भनिन्छ । विज्ञानमयकोष अभौतिक हुन्छ, यद्यपि भौतिकसँग सम्बन्धित हुन्छ । विज्ञान वा विशेष-ज्ञान भनेको असाधारण ज्ञान हो, अर्थात् इन्द्रियहरूले बोध गर्ने भन्दा परको ज्ञान । यो आकाशीय शरीर हो । यो अनित्य (क्षणभङ्गुर) हुन्छ—भौतिकबाट अभौतिकतर्फ जाने अवस्था । यो न भौतिक हो, न त अभौतिक । यो दुवैबीच रहेको सँघार जस्तै हो । आनन्दमयकोष भनेको आनन्द-शरीर हो, जुन पूर्णतया अभौतिक हुन्छ । यसको आफ्नै स्वरूप हुँदैन । यदि भौतिक, मानसिक र ऊर्जा शरीर सही स्वरूपमा रहे भनेमात्र आनन्दमय शरीरलाई थाम्न सकिन्छ । यदि यी रहेनन् भने, आनन्द-शरीर सम्पूर्ण ब्रह्माण्डको अंश बन्नेछ ।

यिनलाई तपाईंले सजिलै अनुभव गर्न सक्नुहुन्छ, किनकि उनीहरूको कर्मको संरचना बढी जटिल र प्रखर हुन्छ । चारैतिर यस्ता असङ्ख्य जीवहरू हुन्छन्— चाहे तपाईंलाई यसको बारेमा थाहा होस् वा नहोस्

जब कसैको मृत्यु हुन्छ, त्यसबेला हामी भन्ने गर्छौँ यो व्यक्ति अब रहेन । तर, यो सत्य होइन । तपाईंले जुन रूपमा त्यस व्यक्तिलाई जान्नुभएको थियो, त्यस सन्दर्भमा मात्रै ऊ त्यहाँ नभएको हो, तर उसको अस्तित्व अझै पनि त्यहीँ रहेको हुन्छ । भौतिक शरीर यहीँ छोडिन्छ, तर मानसिक शरीर र प्राण-शरीरको अस्तित्व रहिरहन्छ, जुन व्यक्तिको कर्म कति बलियो छ भन्ने कुरामा निर्भर गर्दछ ।

अर्को गर्भ पाउनको लागि, व्यक्तिको कर्मको संरचनाको तीव्रता कम हुनुपर्छ, यो निष्क्रिय हुनुपर्छ । यदि आफ्नो चक्र पूरा गरेको कारण कर्मको संरचना एकदमै कमजोर भएको छ भने, यसले सजिलै अर्को शरीर पाउँछ । जब व्यक्तिले यो जीवनमा आफ्नो लागि निर्धारित कर्म पूरा गर्दछ, ऊ यत्तिकै मर्नेछ— कुनै रोग, दुर्घटना वा चोटपटक बिना नै । त्यस्तो व्यक्तिले केही घण्टामै अर्को शरीर पाउन सक्दछ ।

यदि व्यक्तिले आफ्नो जीवनको चक्र पूरा गरेको छ अनि शान्तिपूर्वक मृत्यु वहन गरेको छ भने, उसलाई यहाँ रहिरहनु पर्दैन, त्यो जीवन तुरुन्तै यहाँबाट जानेछ । यद्यपि, यदि कर्मको संरचना एकदमै जटिल छ अनि कर्म पूरा भएको छैन भने, त्यो सिद्धिनुपर्ने हुन्छ । यस्तो अवस्थामा, अर्को शरीर पाउनको लागि उसलाई निकै बढी समय आवश्यक हुन्छ ।

यतिखेर, यो जुन असीम छ, त्यो सीमित कर्म-संरचनामा बन्दी छ, जसकारण यसले तपाईंलाई आफू पृथक (छुट्टै) अस्तित्व हो भन्ने कुरामा विश्वस्त गराउँछ । यदि तपाईंले कर्मको संरचनालाई शत(प्रतिशत छिन्नभिन्न पार्नुभयो भने, तपाईं विलिन भएर अस्तित्वसँग एक बन्नुहुन्छ ।

यसैलाई तपाईंहरूले भूत भनिरहनु भएको हो । यिनलाई तपाईंले सजिलै अनुभव गर्न सक्नुहुन्छ, किनकि उनीहरूको कर्मको संरचना बढी जटिल र प्रखर हुन्छ । चारैतिर यस्ता असङ्ख्य जीवहरू हुन्छन्— चाहे तपाईंलाई यसको बारेमा थाहा होस् वा नहोस्— तर, तपाईंले अधिकांशलाई महसुस गर्नुहुन्न किनकि उनीहरूको कर्म धेरै हदसम्म सिद्धिएको हुन्छ । अर्को शरीर नपाउन्जेल उनीहरू अझ बढी सिद्धयाउन पर्खिरहेका हुन्छन् ।

जब तपाईं आध्यात्मिक मार्गमा हिँड्नुहुन्छ, प्रत्येक आध्यात्मिक साधकको परम लक्ष्य भनेकै यो पूरै प्रक्रियालाई भङ्ग गर्नु हो । यो एउटा फोका जस्तै हो । यो फोकाको बाहिरी सतह भनेको तपाईंको कर्मको संरचना हो, भित्र हावा हुन्छ । मानिलिनु होस् कि तपाईंले फोका फुटाउनुभयो, खै त तपाईंको हावा रु तपाईंको हावा भन्ने त्यस्तो कुरा नै हुँदैनस यो सबैथोकको अंश बनेको हुन्छ ।

यतिखेर, यो जुन असीम छ, त्यो सीमित कर्म-संरचनामा बन्दी छ, जसकारण यसले तपाईंलाई आफू पृथक (छुट्टै) अस्तित्व हो भन्ने कुरामा विश्वस्त गराउँछ । यदि तपाईंले कर्मको संरचनालाई शत-प्रतिशत छिन्नभिन्न पार्नुभयो भने, तपाईं विलिन भएर अस्तित्वसँग एक बन्नुहुन्छ ।

यसैलाई महासमाधि भनिएको हो । तपाईं बिस्तारै-बिस्तारै यसको साँचो कता छ भनेर बुझ्नुहुन्छ, अनि कर्मको संरचनालाई पूर्णतया भताभुङ्ग पार्नुहुन्छ, जसपश्चात तपाईं साँच्चिकै यहाँ रहनुहुन्न । हिन्दू संस्कृतिमा, यसलाई महासमाधि भनिन्छ । बौद्ध परम्परामा, यसलाई महापरिनिर्वाण भनिन्छ । साधारणतया, यसलाई मुक्ति पनि भनिन्छ । मुक्ति अर्थात् शरीर र मनको मूलभूत संरचनाबाट नै स्वतन्त्र हुनु, जीवन-जन्म-मृत्युको मूल प्रक्रियाबाट नै मुक्त हुनु ।

–सदगुरुको प्रवचनमा आधारित



सम्बन्धित खबरहरु

नेपालको लोकप्रिय ब्रान्ड टुपीएम स्न्याक्स् एण्ड नुडल्स् ब्राण्डले भारतको मुम्बईमा आयोजित समारोहमा रिलायन्स रिटेलद्वारा प्रतिष्ठित “फ्युचर फर्वार्ड स्टार ब्रान्ड” पुरस्कार

१३९ औं हङकङ साहित्यिक साझा श्रृखला अन्तर्गत आइतबार वरिष्ठ साहित्यकार कवि सुमल कुमार गुरुङको एकल कविता वाचन आयोजना गरिएको छ

तमु ट्हो ह्युल हङकङले विविध सांस्कृतिक कार्यक्रमहरुका साथ महान चाँड ल्होछार मनाउने भएको छ । नयाँ वर्षको पहिलो दिन जनवरी

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन