English

घरमै यसरी पकाएर खानुहोस् घोंघी



‘घोंघी’ थारू समुदायको लोकप्रिय परिकार हो । यसलाई नेपाली भाषामा ‘शंखेकिरा’ भनेर चिनिन्छ । कतिपयले घोंघी भन्ने बित्तिकै नाक खुम्च्याउँछन् । तर प्रत्येक वर्ष टुँडिखेलमा मनाइने थारू समुदायको नयाँ वर्ष माघी महोत्सवमा जाने धेरैको खानाको रोजाई घोंघी हुने गरेको छ । यसरी थारू समुदायमा सीमित यो परिकार अन्य समुदायले पनि खाना सुरु गरेका छन् भन्ने थाहा हुन्छ ।

तराईका खोलानाला, नदी, पोखरी, खेतमा पाइने घोंघी काठमाडौं, कालीमाटी तरकारी बजार लगायत माछा पसलमा पनि पाइन्छ । यसले घोंघीको बजारीकरण भइरहेको देखिन्छ ।


घोंघी पकाउने आ–आफ्नै तरिका हुन सक्छ । तर थारू समुदायले घरमा भएको सीमित मर–मसलाको प्रयोग गरेर घोंघी पकाउँछन् । तपाईले परिवारसंग फुर्सदको समयमा अलग किसिमको स्वाद लिन घोंघी आफ्नै भान्सामा पकाएर खान सक्नुहुन्छ ।
घोंघी बनाउने आवश्यक सामग्री

–घोंघी १ किलोग्राम

–नुन, तेल, बेसार आवश्यकताअनुसार

–तोरीको दाना आधा चम्चा (आवश्यकताअनुसार)

–पकाउने भाँडा

–पानी

–प्याज एक वटा

–सुकेको लसुन ६ देखि ७ पोटी

–लसुनको हरियो पात ४ देखि ५ वटा

–हरियो धनियाँ आवश्यकता अनुसार

–चामलको पिठो चार चम्चा

–सुकेको खुर्सानी स्वादअनुसार

–आलसको धुलो आवश्यकताअनुसार


पकाउनका लागि घोंघी तयार गर्ने तरिका

– पोखरी वा धानको खेतबाट ल्याएको घोंघी सफा पानीले धुनुहोेस् ।

– घोंघीलाई पानीले धोई सकेपछि ६ देखि १२ घण्टा पानीमा डुबाएर राख्नुहोस् ।

– पानीमा डुबाएको घोंघीमा चामलको पिठो वा कनिका राख्नु होस् ।

– ६ देखि १२ घण्टा पानीमा डुबाएको घोंघी फेरी पानीले सफा गर्नुहोस् ।

– घोंघीको आधा भाग पानी राखेर १० देखि १५ मिनेट उमाल्नुहोस् ।

– उमालिएको घोंघीलाई फेरी पानीले सफा गर्नुहोस् ।

– घोंघीको बिर्ची (घोंघीको अगाडीको भागमा भएको विर्को) निकाल्नुहोस् ।

– त्यसपछि घोंघीको तल्लो भाग काट्नुहोस् ।

– अब घोंघीलाई सफा पानीले मज्जाले धुनुहोस् ।

– यसरी घोंघी पकाउनका लागि तयार भयो ।

घोंघी पकाउने तरिका

– चुलोमा भाँडा बसाल्नुहोस् ।

– भाँडा तातो भएपछि आवश्यकताअनुसार तेल राख्नुहोस् ।

– तेलमा तोरीको दाना पड्काउनुहोस् ।

– सानो आगोमा काटेको प्याज तेलमा खैरो रंग हुने गरी पकाउनुहोस् ।

– पिढेको लसुन र खुर्सानी पनि तेलमा हाल्नुहोस् ।

– त्यसपछि तपाईले तयार पार्नु भएको घोंघी राख्नुहोस् ।

– तेलमा घोंघी राखी सकेपछि २ देखि ३ मिनेट भुट्नुहोस् ।

– सानो आगोमा ३ मिनेट छोपेर पकाउनु होस् ।

– त्यसपछि तीन कप (सुपको अवश्यकताअनुसार) पानी राख्नुहोस् ।

– पानी राखेर सानो आगोमा उमालेर पकाउनुहोस् ।

– आवश्यकताअनुसार आलसको धुलो राख्नुहोस् ।

– त्यसपछि चामलको पिठो चिसो पानीमा घोलेर घोंघीमा हाल्नुहोस् ।

– ३ देखि ४ मिनेट पकाउनुहोस् ।

– अब तपाईले लसुन र धनियाँको हरियो पात काटेर राख्नुहोस् ।

– यसरी घोंघी खानालाई तयार भयो ।

घोंघी ढिक्रीसंग खान मिठो हुन्छ । सुरु सुरुमा कतिपयलाई घोंघी खान आउँदैन । पहिले यसको तल्लो भागबाट तानेपछि, पुनः मुखको भागबाट तानेमा भित्र रहेको मासु सजिलै आउँछ ।



सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

इन्टरनेशनल नेप्लिज कम्युनिटी काठमाडौंको आयोजनामा क्यान्सर रोगसम्बन्धी सचेतना कार्यक्रम, वरिष्ठ गायिका देविका बन्दनाको क्यान्सर रोगमाथि विजय प्राप्त गरिसकेपछिको  अनुभव तथा

Latest










Popular
Suggested