English

वैज्ञानिक भन्छन्, राेबटले यसरी बच्चा जन्माउन सक्छ



वैज्ञानिकहरुले पहिलो जीवित रोबटले बच्चा जन्माउन सक्ने बताएका छन् । अमेरिकी वैज्ञानिकहरुले नै सृजना गरेको पहिलो जीवित रोबट सेनोबोट्सले बच्चा उत्पादन गर्न सक्ने उनीहरुले दाबी गरेका हुन् । तर, रोबटको उत्पादन बोटविरुवा र अन्य जनाबरहरुमा भन्दा फरक हुने उनीहरुको भनाई छ । हालै गरिएको एक अध्ययनमा उनीहरुले यस्तो निस्कर्ष निकालेका हुन् ।

अफ्रिकाको एउटा भ्यागुतो सेनोपोस लेभिसबाट सृजना गरिएका सेनोबोट्स एक मिलिमिटरभन्दा पनि न्यून फराकिला छन् । प्रयोगशालामा उनीहरु हिँडडुल गर्न र समूहमा काम गर्न सक्ने भएपछि ससाना बल्बहरुलाई सन् २०२० मा सार्वजनिक गरिएको थियो । युनिभर्सिटी अफ भर्माउन्ट, टफ्टस युनिभर्सिटी र हावार्ड युनिभर्सिटीको वायस इन्स्टिच्युट फर बायोलोजिकल्लीका इन्जिनियरहरुले विरुवा वा जनाबरहरुमा भन्दा विल्कुलै फरक तरिकाको प्रजनन् विकास गरेको दाबी गरेका छन् ।

‘भ्यागुताहरुले सामान्य तरिकाले नै बच्चा जन्माउछन् । तर, उनीहरुको बाँकी भ्रुणबाट कोषहरुलाई हटाइदिने तथा नयाँ वातावरणमा छोडिदिने हो भने उनीहरु नयाँ ढंगले हिँडडुल गर्ने मात्र होइन, नयाँ तरिकाले प्रजनन् समेत गर्छन् ।’ उनी भन्छन् ।

‘आविश्कारबाट हामी अचम्म परेका छौ’, टफ्टस युनिभर्सिटीका प्राध्यापक तथा निर्देशक मिसेल लेभिन भन्छन् ।

‘भ्यागुताहरुले सामान्य तरिकाले नै बच्चा जन्माउछन् । तर, उनीहरुको बाँकी भ्रुणबाट कोषहरुलाई हटाइदिने तथा नयाँ वातावरणमा छोडिदिने हो भने उनीहरु नयाँ ढंगले हिँडडुल गर्ने मात्र होइन, नयाँ तरिकाले प्रजनन् समेत गर्छन् ।’ उनी भन्छन् ।

रोबोट कि जीव ?

स्टिम सेल अनिश्चत कोष हुन् जसको विभिन्न प्रकारको कोषमा विकसित हुने क्षमता रहन्छ । सेनोबोट्स बनाउन अनुसन्धानकर्ताहरुले भ्यागुतोको भ्रुणको जीवित स्टिम कोषलाई नष्ट गरेर अन्डा निश्काशनका लागि छोडिदिएका थिए । जीनलाई कुनै परिवर्तन गरिएको थिएन

‘अधिकांशले यो सोच्छन् कि रोबट धातु र माटोबाट बनेका हुन् । रोबट केबाट बन्छ भन्ने विषय गौण हो । बरु यसले के गर्छ भन्ने महत्त्वपूर्ण विषय हो । ‘ प्राध्यापक तथा युनिभर्सिटी अफ भर्मन्टका विज्ञ जोश बोनगार्ड भन्छन् , ‘बाहिरी रुपमा यो रोबट नै हो तर वास्तविक रुपमा भन्नुपर्दा भ्यागुतोको कोषाबाट वंशानुगत रुपमा बनाइएको जीव हो । ‘

करिव तीन हजार कोषबाट बनाइएका सुरुमा गोलाकार देखिएका सेनोबोट्स नक्कल गर्न सकिने बोनगार्ड बताउँछन् । तर, यो दुर्लभ र विशेष परिस्थितमा मात्र हुने उनको भनाई छ ।

सेनोबोट्सलाई अझै प्रभावकारी बनाउन कृत्रिम बौद्धिकताको सहयोगमा अनुसन्धानकर्ताहरुले अर्बै शरीरका आकारलाई परीक्षण गरेका थिए । परीक्षाण गर्न सुपरकम्प्युटरलाई सी अ‍ाकारमा ल्याइएको थियो । त्यो अ‍ाकार सन् १९८० को भिडियो गेम प्याक मेनसँग मिल्दथ्यो ।

यो अध्ययन वैज्ञानिक जर्नल पीएनएएसमा प्रकाशित छ ।

यो पनि पढ्नुहोस्
विश्वमा आजः इन्दिरा गान्धीको हत्यादेखि इजिप्ट एयरको विमान दुर्घटनामा २१७ को मृत्यु
पोखरामा विमानस्थल बन्यो, अब प्याराग्लाइडिङको चिन्ता

एक वर्ष थपियो पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको म्याद
संसारका १० डरलाग्दा विमानस्थल



सम्बन्धित खबरहरु

लोकप्रिय लोकगायिका सुनिता दुलालले यस वर्षको तीजका लागि नयाँ गीत ‘चालिसे चुरा’ सार्वजनिक गरेकी छन्। तीज गीतमै आफ्नो छुट्टै पहिचान

नेपालमा दुर्लभ मानिने पुतली सिल्वर स्ट्रिकेड एकासिया ब्लु (Silver-streaked Acacia Blue), वैज्ञानिक नाम Zinaspa todara, करिब ५१ वर्षपछि पुनः अभिलेख

नेपालले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को ‘डिजिटल फ्यान इन्गेजमेन्ट अवार्ड’जितेको छ। क्रिकेटका अत्यधिक दर्शक रहेको नेपाल आईसीसीले नेपाली क्रिकेटको डिजिटल

इलाका प्रहरी कार्यालय अनारमनी र अस्थाई प्रहरी पोष्ट बसपार्क झापाबाट खटिएको प्रहरीद्वारा नियन्त्रित लागु औषध सहित १ जना व्यक्ति पक्राउ

Latest










Popular
Suggested