English

विकेन्डको यौन रोमाञ्चकता



एकान्तमा समय बिताउनुपर्छ

कामको व्यस्तताले यदि तपाईंंले आफ्नो यौन जीवनका लागि समय निकाल्न पाइरहनुभएको छैन भने यसले सम्बन्धमा चिसोपन ल्याउँछ । यस्तोमा दूरी कम गर्न तपाईंं आफ्नो पार्टनरसंग कुनै राम्रो होटलको कोठामा पूरा दिन बिताउन सक्नुहुन्छ । त्यहाँ तपाईंंलाई डिस्टर्ब गर्ने कोही हुनेछैन । त्यसैले, तपाईंं आफ्ना अन्तरंग पलको पूर्ण लाभ र आनन्द उठाउन सक्नुहुन्छ ।

विकेन्डलाई विशेष बनाउन र पार्टनरलाई सरप्राइज दिन स्टाइलिस नाइट ड्रेस र सेक्सी इनरवेयर पहिरिनुपर्छ । कामोत्तेजना बढाउनमा सेक्सी कपडाले महत्वपूर्ण भूमिका निर्वाह गर्छ ।

बेडरुमलाई दिउँ सेक्सी लुक

रोमान्टिक मुड बनाउन सेक्सी वातावरण अत्यन्त आवश्यक छ । यसैले, बेडरुमलाई यस्तो लुक दिनुपर्छ, जसबाट तपाईंं विकेन्डमा रिल्याक्स महसुस गर्न सक्नुहुन्छ । यसका लागि बेडरुममा साटनका पर्दा र बेडमा फ्लोरल बेडसिट ओछ्याउनुपर्छ । पूरा कोठालाई गुलाफका फूल र क्यान्डल्सको उज्यालोमा सजाउनुपर्छ । यस्तो वातावरणले तपाईंंको सेक्सुयल एनर्जीलाई बढाउने कार्य गर्छ । र, तपार्इंको विकेन्ड अझ स्मरणीय बन्न पुग्छ ।

सेक्सी ड्रेस पहिरिनुपर्छ

विकेन्डलाई विशेष बनाउन र पार्टनरलाई सरप्राइज दिन स्टाइलिस नाइट ड्रेस र सेक्सी इनरवेयर पहिरिनुपर्छ । कामोत्तेजना बढाउनमा सेक्सी कपडाले महत्वपूर्ण भूमिका निर्वाह गर्छ । यसका लागि ब्राइट कलरका इनरवेयर चयन गर्नुपर्छ, जस्तै– रेड, ब्ल्याक, पर्पल, ब्लू आदि ।

बुझ्नुहोस् स्पर्शको भाषा

विवाहपश्चात् मनसंगै शरीरको मिलन हुन्छ र यही शारीरिक स्पर्शले यो सम्बन्धलाई सफल र सम्पूर्ण बनाउँछ । कहिलेकाहीँ व्यस्त सेड्युलका कारण सेक्स त टाढाको कुरा, एक–अर्कालाई आलिंगनमा राख्ने वा किस गर्ने पनि समय प्राप्त हुँदैन । अतः विकेन्डमा ती विशेष क्षणको भरपुर आनन्द उठाउन एक–अर्काको स्पर्शलाई महसुस गर्नुपर्छ र यौनको आनन्द उठाउनुपर्छ ।

आफ्नो विकेन्ड सेक्सलाई अझ बढी सेक्सी बनाउन कुनै रोमान्टिक स्थानमा घुम्न जानुपर्छ र खुल्ला प्रकृतिको आनन्दमा रोमान्स गर्नुपर्छ ।

रोमान्टिक चलचित्र हेर्नुपर्छ

एउटै सोफामा एक–अर्काको अंगालोमा मस्त भएर रोमान्टिक चलचित्र हेर्ने आनन्द बेग्लै हुन्छ । यसका लागि पहिलेदेखि नै योजना बनाउनुपर्छ । पार्टनरसित कुरा गरी आफ्नो रोजाइको रोमान्टिक फिल्म पहिले नै ल्याउनुपर्छ । विकेन्डका दिन साथै रहेर फिल्म हेरी रोमान्टिक दृश्यहरूको आनन्द उठाउनुपर्छ ।

आउटिङ पनि बेस्ट अप्सन

अफिसबाट घर, घरबाट अफिस, दैनिक रूपमा एउटै रुटिन पालना गर्दागर्दै जीवन अत्यन्त नीरस हुन जान्छ । यो रुटिनलाई बदल्न विशेष प्लानिङ गर्नुपर्छ । आफ्नो विकेन्ड सेक्सलाई अझ बढी सेक्सी बनाउन कुनै रोमान्टिक स्थानमा घुम्न जानुपर्छ र खुल्ला प्रकृतिको आनन्दमा रोमान्स गर्नुपर्छ ।

आफ्नो पार्टनरसंग प्रेमका यी तीन शब्द ‘आई लभ यू’ भन्नका लागि कुनै प्रकारको कन्जुस्याइँ गर्नु हुँदैन । सेक्सुयल एक्टका समयमा यी शब्दको प्रयोगले कामोत्तेजना बढाउनुका साथै एक–अर्कालाई अझ बढी नजिक हुनुको अनुभूति प्रदान गर्छ ।

सुगन्धबाट सुगन्धित बनाऔं अन्तरंग क्षण

परफ्युमको सुगन्धले यौन क्रियामा महत्वपूर्ण भूमिका निर्वाह गर्छ । सुगन्धित तनले यौनेच्छालाई तीव्र बनाउँछ । विभिन्न प्रकारको सुगन्धले कामेच्छालाई जागृत गर्नुका साथै दम्पतीलाई भावनात्मक रूपमा एक–अर्काको नजिक ल्याउनमा सहयोगी सावित हुन्छ, जसले गर्दा तिनको यौनजीवन अझ बढी आनन्दमय हुन्छ ।

क्यान्डल लाइट डिनर गर्नुपर्छ

आफ्नो विकेन्डलाई रोमान्टिक बनाउन क्यान्डल लाइट डिनर प्लान गर्नुपर्छ । खुला आकाशमुनि ताराहरूको छाँया र क्यान्डलको माध्यमबाट प्राप्त उज्यालोमा पार्टनरको साथमा रोमान्टिक क्षण तपाईंंका लागि स्मरणीय अनुभव बन्न जान्छ ।

प्रेमको ती तीन शब्द

आफ्नो पार्टनरसंग प्रेमका यी तीन शब्द ‘आई लभ यू’ भन्नका लागि कुनै प्रकारको कन्जुस्याइँ गर्नु हुँदैन । सेक्सुयल एक्टका समयमा यी शब्दको प्रयोगले कामोत्तेजना बढाउनुका साथै एक–अर्कालाई अझ बढी नजिक हुनुको अनुभूति प्रदान गर्छ । यो समयमा यी शब्दलाई सेक्सी शैलीमा सेक्सी आवाजमा व्यक्त गर्नुपर्छ ।

आनन्द लिऔं मसाजको

साताभरिको थकान हटाउन र यौनजीवनलाई रिचार्ज गर्न ओयल मसाजको आनन्द लिनुपर्छ । मसाजको समयमा आफ्नो हातको कोमल स्पर्शले पार्टनरको रोमान्टिक मुडलाई अझ बढी सेक्सी बनाउँछ । यसका लागि सुगन्धित मसाज ओयल प्रयोग गर्नुपर्छ ।



सम्बन्धित खबरहरु

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।

गुरुङ समुदायको परम्परागत धार्मिक बाजा ढ्याङग्रोमा आधारित रही निर्माण गरिएको चलचित्र ढ्याङग्रो हङकङ र नेपालमा प्रर्दशन हुने भएको छ ।

विरलै मात्रै अभिनयमा देखिने लोकगायिका सुनिता दुलालले चर्चित नायक दिलीप रायमाझीसँग कम्मर मर्काउँदै म्यूजिक भिडियो ओ बड्डा सार्वजनिक गरेकी छन्