English

घरेलु उद्योग तथा साना पसल व्यवसाय कहाँ दर्ता गर्ने ?



पछिल्लो समय व्यापार तथा घरेलु उद्योगमा जोडीनेको संख्या बढ्दो छ । सानो लगानी होस् या ठुलो लगानी कुनै पनि सामान उत्पादन गर्ने उद्योग र खरिद–बिक्री हुने व्यवसाय दर्ता गरेर मात्र चलाउनुपर्छ ।

लामो समयदेखि उद्योग व्यवसायमा संलग्न भएकाहरुलाई त व्यवसाय दर्ता गर्न तथा नविकरण गर्न कहाँ जाने भन्ने जानकारी हुन्छ । तर, नयाँ व्यवसाय सुरु गर्नेहरु यस विषयमा अनभिज्ञ नै हुन्छन् । दर्ता गर्नुपर्छ भन्ने ज्ञान भएपनि कहाँ दर्ता गर्ने ? दर्ता गर्न कति खर्च लाग्छ र दर्ता गरेर व्यापार व्यवसाय गर्दा के के फाइदा हुन्छ लगायतका जानकारी कमैलाई मात्र हुन सक्छ । व्यवसायको प्रकृति हेरेर विभिन्न निकायमा दर्ता हुन्छ । दर्ता नगरी घरेलु उद्योग तथा व्यवसाय सुरु गर्दा कारबाहीमा पर्न सकिन्छ ।

साना लगानीमा खुलेको खाजा पसल, कस्मेटिक, स्टेसनरी, खेलौना तथा किराना ब्यवसाय तथा उद्योग ५ लाख भन्दा कम लगानीमा खोलिएको छ भने त्यसलाई वडा कार्यालयमा दर्ता गरेर प्यान नम्बर लिएर चलाउन सकिन्छ ।

कहाँ जाने दर्ता गर्न ?

पहिले साना लगानीका व्यवसाय वाणिज्य विभाग वा साना तथा घरेलु कार्यालयमै दर्ता हुन्थे । देश संघीयतामा गएसँगै स्थानीय तहमा दर्ता गर्नुपर्छ । साना लगानीमा खुलेको खाजा पसल, कस्मेटिक, स्टेसनरी, खेलौना तथा किराना ब्यवसाय तथा उद्योग ५ लाख भन्दा कम लगानीमा खोलिएको छ भने त्यसलाई वडा कार्यालयमा दर्ता गरेर प्यान नम्बर लिएर चलाउन सकिन्छ ।

५ लाख भन्दा माथि र १० करोड भन्दा कम लगानीको उद्योग तथा व्यवसायलाई घरेलु तथा साना उद्योग विभागमा दर्ता गर्नु पर्छ । १० करोड भन्दा माथिको व्यवसाय उद्योग विभागमा दर्ता गर्नु पर्छ ।

दर्ता गर्न कति लाग्छ खर्च ?

– १ लाख देखि ३ लाखसम्म पुँजी भएकालाई वडा कार्यालयमा व्यवसाय दर्ता गर्न १ हजार रुपैँया लाग्छ ।
– ३ देखि ५ लाखसम्म पुँजी भएकालाई २ हजार
– ५ लाख देखि २० लाखसम्म पुँजी भएकालाई १२ हजार १ सय
– २० लाख देखि १ करोड पुँजी भएकालाई २० हजार
– १ करोड देखि ५ करोडसम्म पुँजी भएकालाई ३० हजार १ सय
– ५ करोड देखि १० करोड पुँजी भएकालाई ५० हजार

दर्ता गरेर पसल चलाउँदा के–के हुन्छन् फाइदा ?

दर्ता गरिसकेपछि कुनै पनि व्यावसायिक क्रियाकलाप राज्यको दायरामा हुने र सरकारले उद्योगीलाई दिने सुविधा पाइन्छ । दर्ता गरेपछि उद्योगीलाई प्यान, भ्याट र अन्य निकायको अनुमति लिन पनि सहज हुने उद्योग विभागका अनुमती दर्ता निर्देशक भक्तराज जोशी बताउँछन् । निर्देशक जोशी भन्छन्,‘उद्योग तथा व्यवसाय दर्ता भएपछि राज्यले दिने छुट, सुविधा, अनुदान र क्षमता वृद्धिका तालिमको अवसर पनि पाइन्छ ।’

दर्ता गरेर उद्योग व्यवसाय संचालन गरेपछि प्राइभेट फर्मलार्ई हरेक वर्ष नवीकरण गर्नु पर्ने हुन्छ । समयमा नविकरण गरिएन भने जरिवाना तिर्नु पर्ने हुन्छ ।

यो पनि पढ्नुहोस् :
मुटुका बिरामी घरमै कसरी सुरक्षित रहने ?
ट्राफिक र विमानबाट निस्किने आवाज मुटुका लागि खतरनाक !
चितवन मेडिकल कलेजमा मुटुको शल्यक्रिया पुनः सुचारु
यसकारण गरे शताब्दी पुरुषले शरीरदान (भिडियो सहित)
बढ्दै अङ्गदाता तर कार्यान्वयनमा समस्या
बस्नका लागि शरीरको अंग दान गर्नुपर्ने अनौठो गाउँ !
के हो टेस्ट ट्युब बेबी ? कति लाग्छ खर्च ?
मिर्गाैला प्रत्यारोपणपछि अझ सक्रिय हुनेहरू

प्राधिकरण भन्छ – अब उद्योगलाई छेलोखेलो बिजुली



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।

गुरुङ समुदायको परम्परागत धार्मिक बाजा ढ्याङग्रोमा आधारित रही निर्माण गरिएको चलचित्र ढ्याङग्रो हङकङ र नेपालमा प्रर्दशन हुने भएको छ ।