English

‘ओमिक्रोन’ बाट आत्तिने होइन सजग बनौँ



डा. शेरबहादुर पुन, संक्रामक रोग विशेषज्ञ

दक्षिण अफ्रिकामा पुष्टि भएको कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ ले यतिबेला विश्व सशंकित छ । अमेरिका, बेलायत, अष्ट्रेलिया, क्यानडा, भारतलगायतका देशले स्वास्थ्य सतर्कता अपनाउन सुरु पनि गरिसके । तर, नेपालमा यसको जोखिम कत्तिको छ ? यसबाट जोगिन नेपालले के कस्ता पूर्व तयारी गर्नुपर्ला ? धेरैको जिज्ञासा छ । नयाँ भेरियन्टमा धेरै संख्यामा उत्परिवर्तन आएको छ । यो चिन्ताको विषय हो । अहिलेसम्म बनेका कोभिड खोप स्पाइक प्रोटिनलाई लक्षित गरी बनेका छन् । धेरै संख्यामा म्युटेसन भएको नयाँ भेरियन्टले खोपबाट बनेको एन्टिबडी पहिचान गर्न सकेन भने समस्या आउनसक्छ ।

अहिले भारतमा यो भेरियन्ट देखिएको छैन । भारतमा केही गरी देखिएमा हवाईमार्ग र खुला सीमा गरि दुईतिरबाट नयाँ भेरियन्टको स्रोत नेपाल भित्रिन सक्छ । शंकास्पद परीक्षणहरुको सिक्वेन्सिङ गरेर हेर्नुपर्छ ताकि अगाडि नै पत्ता लगाउन सकियोस् ।

हालै पुष्टि भएको ओमिक्रोन भेरियन्ट कति घातक छ भन्ने विषयमा अध्ययन भइरहेका छन् । तर, यकिन तथ्यांक भने आइसकेको छैन । यद्यपि, जीनमा परिर्वतन आएको हुनाले यसले कस्तो रुप लिन्छ भन्ने सबैको चिन्ताको विषय बनेको छ । विश्वमा धेरै मानिसले खोप लगाइसकेका छन् । तैपनि नयाँ भेरियन्टका लागि खोपको प्रभावकारिता रहन्छ वा रहँदैन भन्ने पनि अनुसन्धानकै विषय रहेको छ ।

तर, नेपालमा अझ धेरैले खोप लगाउन बाँकी छन् । सबैमा एन्टिबडि बनेको छैन । त्यसैले समस्या उत्पन्न हुन सक्छ । नयाँ भेरियन्टमा धेरै उत्परिर्वतन भएकाले हामीले लगाएको खोपले काम नगर्ने तथा पुन संक्रमण बढ्न सक्ने सम्भावना छ । नेपालमा मानिसहरुको चहलपहल सुरु भइसकेको छ । स्वास्थ मापदण्ड पालना गर्न पनि धेरैले छोडिसके । त्यसैले जोखिमलाई कम गर्न सतर्क हुनै पर्छ ।

कोरोनाको विभिन्न भेरियन्टहरु हामीले पहिले पनि अभ्यास गरिसकेका छौँ । त्यसैले कसरी यो भेरियन्टको फैलावट रोक्ने भन्ने बारे पहिले नै सचेत हुनुपर्छ । धेरै देशहरुले उडानमा कडाई गरिसके । हवाई मार्ग हुँदै नेपाल भित्रिने ट्रान्जिट प्वाइन्टहरुमा विशेष सावधानी अपनाउनु पर्छ । नेपालमा पनि जीन सिक्वेन्सिङ सुरु भइसकेको छ ।

त्यसलाई बढी भन्दा बढी प्रयोगमा ल्याउनुपर्छ । दैनिक दुई सयको हाराहारीमा संक्रमित अहिले पनि देखिरहेकै छ । स्थानीयस्तरमा पनि म्युटेसन नहोला भन्न सकिँदैन । त्यसैले परीक्षणलाई बढाउनुपर्छ । अहिले भारतमा यो भेरियन्ट देखिएको छैन । भारतमा केही गरी देखिएमा हवाईमार्ग र खुला सीमा गरि दुईतिरबाट नयाँ भेरियन्टको स्रोत नेपाल भित्रिन सक्छ । शंकास्पद परीक्षणहरुको सिक्वेन्सिङ गरेर हेर्नुपर्छ ताकि अगाडि नै पत्ता लगाउन सकियोस् ।

भेरियन्टको स्वरुप परिर्वतन भएर ‘जेनेटिक कोडमा परिर्वतन हुन्छ’ भने त्यसलाई हामी नयाँ भेरियन्ट भन्छौं । सबै भेरियन्टहरु खराब हुँदैनन् । कुनै भेरियन्ट हामीले सोचे भन्दा कडा पनि हुन्छन् । उदाहरणका लागि डेल्टा भेरियन्ट र अल्फालाई लिन सकिन्छ ।

कोरोनाको डेल्टा भेरियन्ट जस्तै यो भेरियन्ट पनि नफैलिएला भन्न सकिँदैन । त्यसैले सबैजना सचेत हुनै पर्छ । घरमै थुनिएर बस्नुपर्छ भनेको होइन । तर, स्वास्थ्य मापदण्ड भने अपनाउनै पर्छ । महामारी रोकथामका लागि सरकारको मात्र भर पर्नु हुँदैन । यसमा आमनागरिकको पनि उत्तिकै दायित्व रहन्छ । त्यसैले यसअघि गरेका कमजोरीलाई सच्चाएर अघि बढ्नुपर्छ ।

पहिलेदेखि देखिरहेको भेरियन्टको स्वरुप परिर्वतन भएर ‘जेनेटिक कोडमा परिर्वतन हुन्छ’ भने त्यसलाई हामी नयाँ भेरियन्ट भन्छौं । सबै भेरियन्टहरु खराब हुँदैनन् । कुनै भेरियन्ट हामीले सोचे भन्दा कडा पनि हुन्छन् । उदाहरणका लागि डेल्टा भेरियन्ट र अल्फालाई लिन सकिन्छ । स्वभाविक रुपमा भेरियन्टहरु बन्ने क्रम जारी रहन्छ । यो नयाँ ओमिक्रोन भेरियन्ट कति कडा छ भन्ने कुरा पुष्टि भइसकेको छैन । यो अलि संक्रामक हुने अनुमान गरिएको छ । त्यसैले लापरवाही गरियो भने यसलाई फैलन मद्धत मिल्छ । त्यसैले आत्तिने भन्दा पनि सजग बनौं ।

(कुराकानीमा आधारित)



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।