English

क्यान्सरविरुद्ध चेतना जगाउन ‘फेसन फर कज’



फेसन नेटवर्क नेपालले क्यान्सरविरुद्ध चेतना जगाउने उद्देश्यले नो सेभ नोभेम्बर ‘फेसन फर कज’ सम्पन्न गरेको छ । गत शनिबार ठमेलस्थित छायाँ सेन्टरमा फेसन कोच तथा अभिनेता प्रशान्त ताम्राकारले क्यान्सरविरुद्ध चेतना जगाउन यो कार्यक्रमको सुरु गरेका हुन् ।

नो सेभ नोभेम्बर एक महिना लामो अभियान हो । हरेक वर्ष विश्वभर क्यान्सर रोकथाम, अनुसन्धान र शिक्षा तथा विरामीलाई सहयोग गर्नका लागि सचेतना फैलाउनका लागि कोष जुटाउने यसको उदेश्य हो । ‘क्यान्सर विरुद्ध लड्न सँगै हिँडौ’ भन्ने नाराका साथ एक ठाउँमा भेला गर्न,कोष संकलनगर्न,क्यान्सर विरुद्धको लडाईंलाई समर्थन गर्न सुरु गरिएको कार्यक्रममा विभिन्न सेलिब्रेटी, व्यवसायीलगायत विभिन्न क्षेत्रका ब्यक्तिले सहभागिता जनाएका थिए ।

उनीहरु सबैले रनवेमा सचेतना र सहयोग सन्देश सहितका विभिन्न कार्ड बोकेर हिँड्दै क्यान्सर विरुद्धको लडाईँमा आफ्नो ऐक्यबद्धता देखाएका थिए । धेरै कम्पनी र ब्रान्डहरूले आफ्नो समर्थन विस्तार गर्न यस कार्यक्रमलाई समर्थन र प्रायोजन समेत गरे । कार्यक्रममा नेपाल सौन्दर्य कला व्यावसायी संघकी अध्यक्ष तथा वरिष्ठ सौन्दर्यविद् कमला श्रेष्ठ, अभिनेता सरोज खनाल, सञ्चारकर्मी माल्भिका सुब्बा, सरिता श्री ज्ञवाली, समीरमणी दीक्षित, उरुषा जोशी, मिस नेपाल इभाना मानन्धर, गायिका अभया सुब्बा, डा. सुजिता हिराचन, नेपाल ब्रेस्ट क्यान्सर फाउन्डेसन, दक्षिण भारतमा रहेका अभिनेता तथा निर्देशक विष्णु अधिकारी लगायत रनवेमा सहभागी थिए ।

गायक अल्मोडा राणा उप्रेती, मेघा श्रेष्ठ, आफ्रिता खड्गी र सन्देश राई कोइरालाको दमदार प्रस्तुतिले कार्यक्रमलाई जीवन्त बनाएको थियो । फेसन नेटवर्क नेपालका संस्थापक प्रशान्त ताम्राकार र शेखरराज कसजुले रनवे सहभागिताबाट संकलन भएको कोष नेपाल क्यान्सर रिलिफ सोसाइटी र नेपाल ब्रेस्ट क्यान्सर फाउन्डेसनलाई हस्तान्तरण गरिने जानकारी दिए । ‘अत्याधिक प्रतिक्रिया र समर्थनले हामीलाई यस उद्देश्यका लागि उत्प्रेरित गरेको छ र आगामी वर्षहरूमा यो कार्यक्रमलाई अझ ठूलो र प्रभावकारी रूपमा सञ्चालन गर्न हामी समर्पित छौं,’ ताम्राकारले भने ।

तस्बिरहरुः बिकास रौनियार



सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर

Latest










Popular
Suggested