English

एमाले मेलामा खड्गप्रसादले देखाएको चटक



‘कम्युनिष्ट धङ्धङी पनि नत्याग्ने तर लोकले आफूलाई लोकतान्त्रिक पनि भन्दिइरहनु पर्ने’ संसारभरका कम्युनिष्ट पार्टीहरुमा देखिदैँ आएको पाखण्डीपनको प्रारम्भिक लक्षण यही हो । हो, यस्तै मिल्दाजुल्दा लक्षण फेरि एमाले अध्यक्षका लागि उम्मेदवारी दर्ता गराएका खड्गप्रसाद ओलीमा देखियो ।

मंसिर १० देखि चितवनमा एमालेको दशौं महाधिवेशन प्रारम्भ भयो । तीन दिनसम्म चलेको उक्त महाधिवेशनमा देश तथा विदेशबाट एमालेको ठूलो पंक्ति झुम्मियो । तर, त्यो एमाले महाधिवेशन थिएन, केवल मेला थियो भन्ने तेस्रो दिनमै प्रष्ट भयो । देश विदेशबाट आएका कमरेडहरुका लागि ‘केपी बा’ लाई एक झल्को हेर्ने अभिलाषा थियो । जसले ‘बा’ लाई नजिकैबाट दर्शन गरे, उनीहरुका लागि वैतरणी तरिने आधार बन्यो । जसले दर्शन गर्न पाएनन् उनीहरुका लागि त्यो ‘पूर्व जन्मको पापको परिणाम’ जस्तो भैदियो ।

भीम रावल र घनश्याम भुसाललाई एमालेका इमानदार कमरेडहरुले ‘लाल सलाम’ भन्नै पर्छ । किनकी, ओलीको फरमानका विरुद्ध गएर भए पनि उनीहरुले ओलीको विवेकहिन र भद्दा राजनीतिक हर्कतलाई यसपटकको ओलिधिवेशनमा चुनौती दिए ।

लेनिनको त के कुरा मार्क्सको समेत उच्चारण गर्न नेतृत्वले नै आवश्यक नठानेपछि एमाले भिडलाई पनि के सरोकार ! आखिर अध्यक्ष ओलीले नै ‘रामनाम’ जप्न थालेपछि मार्क्सको मतलब पनि किन ? कसलाई ? एमालेको सौराहा भेलामा विचारमाथि बहस निषेधित रह्यो, जसले जीवन्त पार्टीको महाधिवेशन वैचारिक हुनुपर्छ भन्ने घनश्याम भुसालहरु समेत यसबारे पार्टी कमाण्डसँग चुँइक्क पनि बोल्न सकेनन् । सायद उनका लागि पनि पद पाउने कुरा प्राथमिकता थियो । ‘विचारका कुरा पार्टीभित्र होइन, मिडियामा गर्नुपर्छ’ भन्ने कला उनले जानेकै छन् ।

तर, पनि भीम रावल र घनश्याम भुसाललाई एमालेका इमानदार कमरेडहरुले ‘लाल सलाम’ भन्नै पर्छ । किनकी, ओलीको फरमानका विरुद्ध गएर भए पनि उनीहरुले ओलीको विवेकहिन र भद्दा राजनीतिक हर्कतलाई यसपटकको ओलिधिवेशनमा चुनौती दिए । आज सौराहाको रिसोर्टमा जे भयो त्यसलाई एमालेको इतिहासमा गणेश प्रवृत्तिको रुपमा धेरैले याद गरिरहने छन् । देश विदेशबाट आएका एमाले कमरेडहरु निरिह र लाचार छायाँ त देखिए नै पार्टी नेतृत्वमा पुग्नका लागि प्रतिनिधिको मन जित्नुपर्छ भन्ने मान्यता पनि भत्कियो । नेताको चारैतिर परिक्रमा गरेरै नेतृत्वमा पुग्ने अध्यक्ष ओली भाष्यलाई निरिह कार्यकर्ताले लाहा छाप लगाइदिए ।

ओलीको बगलीबाट जादुगरी शैलीमा जसको नाम फुत्त बाहिर आउँछ, वाचन हुन्छ, उ नै नेता हुने भए । ओलीले ज–जसलाई टीका लगाइदिए ति कमरेडहरुमात्र ‘ए क्लास’ का एमाले हुने भए, अरु सबै ‘बी’ अनि त्यसपछि ‘सी क्लास’ का कमरेड हुने भए । यो सब बालकोटबाटै गर्न सकिन्थ्यो । आखिर महाधिवेशन भने पनि यो सब ओलीधिवेशन नै थियो । ओलीले नै आफूसहित आफैले एमाले नेतृत्व छान्ने भए चितवनमा चटक देखाउन जरुरी थिएन । महाधिवेशनले होइन, ओलीले नै अन्तिम निर्णय गरे ।

यो छुट्ला है…

सर्वसम्मतिका आधारमा नेतृत्व छान्ने कुरा झट्ट सुन्दा उम्दा लोकतान्त्रिक विधिजस्तो सुनिन्छ । हिजोदेखि नै ओलीभक्त हनुमान कमरेडहरुले पनि यही जिकिर गरिरहेका छन् । तर, सर्वसम्मतिको गीत गाएर एमालेको नयाँ नेतृत्व छान्ने सर्वाधिकार एउटा ब्यक्तिको चरणमा लगेर राख्नु आफैमा कति लोकतान्त्रिक पद्घती हो ? यदि यस्तै गर्नु थियो भने गोदावरी विधान अधिवेशनमै यस्तो ब्यवस्था गरे हुन्थ्यो ।

फरक मतलाई सम्मान गर्न नसक्ने ओली दस्ताले भीम रावलको ‘मेरो उम्मेदवारी किन’ लेखिएको पर्चा वितरणमा समेत रोक लगायो । यसको स्पष्ट ओली सन्देश हो, ‘मलाई कसैले पनि बिना प्रश्न मान्नुपर्छ, चुनौति दिने छुट कसैलाई पनि छैन ।’

अर्थात यो टिप्पणीको शुरुमा भनिएजस्तै पार्टीभित्र कसरी अधिनायकत्व खडा गर्ने भन्ने कम्युनिष्ट धङधङी ओलीमा यसपटक सौराहामा देखियो । तर, अलि–अलि कतै–कतै लोकतान्त्रिक पनि देखिने उनको रहर थियो । यसैले उनले आफ्ना चाकरहरु मार्फत सर्वसम्मतीको मुरली बजाउन लगाए । तर, खासमा ओलीले जसरी प्रधानमन्त्री हुँदा आफ्नो असली रुप देखाएका थिए, अहिले पनि उनले त्यस्तै रुप देखाए । यो रुपलाई अधिनायकवादको संज्ञा दिन सकिन्छ ।

फरक मतलाई सम्मान गर्न नसक्ने ओली दस्ताले भीम रावलको ‘मेरो उम्मेदवारी किन’ लेखिएको पर्चा वितरणमा समेत रोक लगायो । यसको स्पष्ट ओली सन्देश हो, ‘मलाई कसैले पनि बिना प्रश्न मान्नुपर्छ, चुनौति दिने छुट कसैलाई पनि छैन ।’ हो, एमाले पंक्तिलाई ओलीले केही छुट् दिएका छन् । जस्तो कि अध्यक्षको रुपमा ओलीलाई सर्वाधिकार दिएर जोड–जोडका साथ ताली पड्काउने छुट् एमाले कमरेडहरुलाई छ । राजतन्त्रको अवसानपछि ओलीलाई नै ‘विष्णु भगवान’ को वाम अवतार मान्ने छुट एमाले पंक्तिलाई छ । आखिर ओली आफ्नो देवत्वकरणप्रति कति दङ्ग पर्छन् भन्ने कुरा त यसअघि उनी प्रधानमन्त्री हुँदा देखिएकै हो ।

ओली आफूलाई बहुदलीय जनवादका पुजारी मान्छन् । तर, यसका प्रणेता मदन भण्डारीबाट उनले केही सिकेका रहेनछन् । एकपटक आजभन्दा २९ बर्षअघि पुगौँ । त्यसबेला एमालेले काठमाडौंमा आफ्नो पाँचौ महाधिवेशन गर्दै थियो । केही सैद्घान्तिक र केही ब्यावहारिक पक्षलाई लिएर मनमोहन अधिकारीदेखि सीपी मैनालीसम्मका केही नेताहरुले मदन भण्डारीसँग विमती राखे । कतिसम्म भने उनीहरुले पार्टी छाड्ने मनस्थितीसम्म बनाए । तर, ती नेता मदन भण्डारी थिए, जसले आफुसँग असहमति राख्ने नेताहरुलाई बोलाए र भावुक भएर भने, ‘मैले तपाईंहरु सहितको पार्टी निर्माण गर्न खोजेको हो, तपाईँहरु यो पार्टीमा बस्नुस् ।’ भण्डारीले ती नेताहरुलाई यसरी सम्झाए कि उनीहरु आफ्ना केही असहमतिका बावजुद एमालेमै रहे ।

आजदेखि एमालेले जनताको बहुदलिय जनवाद होइन, ओलीको एकल जनवादलाई ग्रहण गरेको दिनको रुपमा आजको दिनलाई इतिहासले सम्झिरहनेछ । ओली एमालेमा अध्यक्ष कमरेड होइन, ‘बा’ का रुपमा रुपान्तरित भैसकेका छन् । ओलीले व्यक्तिवादी अहंकारवाद र निरंकुश पारामा जसरी सरकार चलाए त्यसरी नै एमाले पनि चलाउने संकेत गरिसके ।

तर, ओली सायद अर्कै माटोले बनेका छन् । पार्टीभित्र झिनो स्वरमै भए पनि आफूप्रति असहमति राख्नेलाई देखिसहदैनन् । पार्टी छोडेर जानेलाई ‘पिलो निचोरिएको’ भन्न रुचाउँछन् ।यसैले ती मदन भण्डारी थिए, यी खड्गप्रसाद ओली हुन् । सौराहामा ओलीको निगाहामा परिने हो वा होइन ? यस्तै अलमलमा बसेको एमालेको पंक्तिले ओलीले पार्टीभित्र गरेको लोकतान्त्रिक विधिको हत्यालाई टुलुटुल हेरेर बस्न अभिसप्त छन् । आफ्ना विचार र विवेकलाई ओलीले लगेर नारायणी नदीमा सेलाइरहेको समेत पत्तो नपाउने जमातबाट अब कसैले पनि राजनीतिक चेतनाको आशा नराखे हुन्छ ।

त्यसैले त आजदेखि एमालेले जनताको बहुदलिय जनवाद होइन, ओलीको एकल जनवादलाई ग्रहण गरेको दिनको रुपमा आजको दिनलाई इतिहासले सम्झिरहनेछ । ओली एमालेमा अध्यक्ष कमरेड होइन, ‘बा’ का रुपमा रुपान्तरित भैसकेका छन् । ओलीले व्यक्तिवादी अहंकारवाद र निरंकुश पारामा जसरी सरकार चलाए त्यसरी नै एमाले पनि चलाउने संकेत गरिसके । एमालेलाई प्राइभेट कम्पनीजस्तो बनाएका ओलीले यसपटक पार्टीको आन्तरिक लोकतन्त्रलाई दुरुत्साहित गर्नका लागि न्वारनदेखिको बल लगाए ।

बाले आफ्नो बगलीको सूची पढेर पार्टीमा आफ्ना दासहरु भर्ना गर्नु थियो, त्यो उनले गरे । एकदुई विवेकशिल बाहेक विरोध गर्ने आँट कसैले गर्न सकेन । किनकी, यो ओलिधिवेशन थियो । यहाँ सबै कुरा गौण थियो शिवाय ओलिटिक्स । यस्तो स्थितीमा आखिर ‘बा’ ले भनेको कसले नमान्ने ! हेप्नी ? किनकी, २२ सय प्रतिनिधिमा उम्दा नेतृत्व छान्न सक्ने ल्याकत छैन, यसका लागि बाहुबली अध्यक्षमात्र सक्षम रहेछन भन्ने यस पटकको एमाले महाधिवेशनको निचोड रह्यो ।

आमकार्यकर्ताको विवेकभन्दा माथि एक नेताको ‘जंगेशैली’ हावी भएको रुपमा पनि यसपटकको एमाले महाधिवेशन नेपाली राजनीतिमा रुची राख्ने धेरैको स्मृतिमा ताजै रहिरहनेछ ।

यो पनि पढ्नुहोस् :
सम्पादकीय : एनआरएनएमाथि बुल्डोजर चलाउन बन्द गर सरकार
एमाले महाधिवेशन : भूगोलमा खटिएका नछुटून्, नेतासँग सेल्फीमै रमाउने नअटून्
एमाले महाधिवेशन : केन्द्रीय सदस्यमा युवाको वर्चश्व, आउलान् त ३० प्रतिशत नयाँ अनुहार ?
एमाले महाधिवेशन: सहभागीले सडकमै पकाए, सडकमै खाए (फोटो फिचर)
एमाले मेलामा खड्गप्रसादले देखाएको चटक
एमाले अध्यक्षमा केपी ओली र भीम रावलको उम्मेदवारी



सम्बन्धित खबरहरु

गायक प्रमोद खरेलको सुमधुर आवाजमा सजिएको “बेग्लै खुशी” बोलको म्युजिक भिडियो ओएसआर  डिजिटल युट्युब च्यानलमा सार्वजनिक भएको छ। प्रेमिल शैलीको

‘सेलिब्रेसन इन स्प्लेन्डर’ थिम अन्र्तगत हङकङमा आयोजित सांस्कृतिक कार्यक्रममा नेपालले समेत आफ्नो प्रस्तुति दिएको छ । २० भन्दा बढी एसियाली

लमजुङ सेवा समिति हङकङले मर्स्याङदी नाईटको आयोजना गर्ने भएको छ । कार्यक्रम डिसेम्बर २२ का दिन युङ लङ थियटरमा हुनेछ

अमेरिकाको ४७ औं राष्ट्रपतिमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प फेरि निर्वाचित भएका छन् ।  ट्रम्पले डेमोक्र्याटिक्स पार्टीकी उम्मेदवार कमला ह्यारिसलाई पराजित