English

काठमाडौँमा अपार्टमेन्ट किन्ने सोचमा हुनुहुन्छ ? यस्तो छ मुल्य



काठमाडौँमा एउटा घर बनाउने सपना धेरैको हुन्छ । तर, सिमित आयस्रोत भएकाहरुको लागि यो सपना पुरा गर्न निकै गाह्रो छ । घर जग्गाको मुल्य आकाशिदो छ । यसैले अपार्टमेन्टमा बस्न रुचाउनेहरुको संख्या बढ्दो छ ।


जग्गा किनेर घर बनाउनुभन्दा बनि बनाउ अपार्टमेन्टले धेरै सुविधा दिएपछि मानिसहरु अपार्टमेन्ट तिर आकर्षित भएका हुन् । घर बनाउने झन्झट् भएन । सस्तो र सहज पनि भयो । त्यसैले काठमाडौं उपत्यकामा रहेका अपार्टमेन्टहरुको मुल्य कति छ र सेवा सुविधाहरु के के छन् ?


मेरो सिटी अपार्टमेन्ट

मेरो सिटी अपार्टमेन्ट हात्तिवनमा छ । १ बेडरुम, १ लिभिङ रुम, १ किचन र १ बाथरुमको सुविधा भएको मेरो सिटी अपार्टमेन्टको मुल्य ५६ लाख रुपैँया तोकिएको छ । सानो परिवारको लागि यो अपार्टमेन्ट एकदमै उपयुक्त हुन्छ । १ करोड ७६ लाख रुपैँयामा वटा बेडरुम, किचन, डाइनिङ, लिभिङ रुम र २ वटा बाथरुमको सुविधा छ । यस अपार्टमेन्टमा जिम, पार्किङ, गार्डेन तथा अन्य सुविधाहरु पनि उपलब्ध छन् ।

मेरो सिटी अपार्टमेन्ट


सनसिटी अपार्टमेन्ट

पेप्सिकोलामा अवस्थित सनसिटी अपार्टमेन्टमा ९० लाख रुपैँयामा ३ वटा बेडरुम, १ किचन , १ लिभिङ रुम र २ वटा बाथरुम भएको अपार्टमेन्ट पाउन सकिन्छ । यहाँ ९० लाखदेखि १ करोड ५० लाख रुपैँयासम्मको अपार्टमेन्टहरु उपलब्ध छ । यस अपार्टमेन्टको ५ वटा टावरमा ५०० वटा अपार्टमेन्टहरु छन् । धेरै क्षेत्रफलमा फैलिएको यस अपार्टमेन्टमा स्विमिङ पुल, पार्किङ, २४ घन्टा सेक्युरिटि लगायतका सुविधाहरु पनि उपलब्ध छन् ।

सनसिटी अपार्टमेन्ट


के एल रेसिडेन्सी लक्जरी अपार्टमेन्ट

ज्ञानेश्वरमा रहेको के एल रेसिडेन्सी लक्जरी अपार्टमेन्टमा ४ करोडदेखि ५ करोड रुपैँया मुल्य पर्ने अपार्टमेन्टहरु उपलब्ध छन् । ३/४ वटा बेडरुम, किचन, लिभिङ रुम र २ वटा बाथरुमको सुविधा भएको यस अपार्टमेन्टमा स्विमिङ पुल, जिम र पार्कीङको पनि व्यवस्था छ ।


सनराइज अपार्टमेन्ट

ललितपुरस्थित मेडीसिटी अस्पतालबाट ५ मिनेटको दूरीमा रहेको सनराइज अपार्टमेन्टको मूल्य ८५ लाख रुपैयाँ तोकीएको छ । जसमा २ वटा बेडरुम, किचन, हल र एउटा बाथरुम छ । त्यस्तै यहाँ २ करोड रुपैँया पर्ने अपार्टमेन्ट पनि उपलब्ध छ जसमा ५ वटा बेडरुम, किचन, हल र ३ वटा बाथरुमको सुविधा छ भने पावर ब्याकअप जेनेरेटर, पार्कीङ र जिमखानाको समेत सुविधा छ ।

सनराइज अपार्टमेन्ट


सोल्टि सिटी अपार्टमेन्ट

रविभवनमा अवस्थित सोल्टि सिटी अपार्टमेन्टमा ६२ लाख ७० हजार रुपैँया देखि ३ करोड १८ लाख ५० हजार रुपैँया सम्मका अपार्टमेन्टहरु उपलब्ध छन् । १ बेडरुम, हल, किचन, बाथरुम देखि ४ बेडरुम,हल, किचन, २ वटा बाथरुम भएका रुमहरुको सुविधा रहेको यस अपार्टमेन्टमा पनि स्विमिङ पुल, जिम, पार्कीङ लगाएतका सुविधाहरु उपलब्ध छन् ।

सोल्टि सिटी अपार्टमेन्ट


डाउनटाउन अपार्टमेन्ट

धापाखेलमा रहेको डाउनटाउन अपार्टमेन्टमा ८५ लाख रुपैँयादेखि ३ करोड ६५ लाख रुपैँयासम्मका अपार्टमेन्टहरु उपलब्ध छन् । ९५ प्रतिशत अपार्टमेन्टहरु बिक्रि भईसकेका छन् भने ५ प्रतिशत अपार्टमेन्टहरु बिक्रीमा छन् । यस अपार्टमेन्ट स्टुडियो अपार्टमेन्टहरु उपलब्ध छन् जसलाई ग्राहकले आफ्नो इच्छा अनुसार पार्टेसन गरेर रुमहरु निकाल्न सक्नेछन् ।

डाउनटाउन अपार्टमेन्ट


सनराईज सीटी होम्स

नयाँ बानेश्वरको बिजुली बजारमा अवस्थित सनराइज सिटी होम्समा ५ वटा अपार्टमेन्टहरु बिक्रिमा छन् । २ बेडरुम,किचन, लिभिङ र १ बाथरुम भएको अपार्टमेन्टको मुल्य २ करोड ४३ लाख रुपैँया तोकिएको छ भने ३ बेडरुम, किचन, लिभिङ रुम र २ वटा बाथरुम भएको अपार्टमेन्टको मुल्य २ करोड ९५ लाख रुपैँया तोकीएको छ । यहाँ जिमखाना, कम्युनिटी हल, २४ घन्टा सेक्युरिटी लगायतका सुविधाहरु पनि रहेको छ । २ वटा स्विमिङ पुल, जिमहल, कम्युनिटीहल, २४ घन्टा पानी र सेक्यिुरिटी लगाएतका सुविधाहरु छन् ।

सनराईज सीटी होम्स


एम्पेरियल कोर्ट अपार्टमेन्ट सानेपा

सानेपामा अवस्थित एम्पेरियल कोर्ट अपार्टमेन्टमा २ बेडरुम,हल, किचन भएको अपार्टमेन्टको मुल्य १ करोड २५ लाख रुपैँया तोकीएको छ । त्यस्तै ४ बेडरुम,हल किचन र ३ वटा बाथरुम भएको अपार्टमेन्टको मुल्य २ करोड ५० लाख रहेको छ । यस अपार्टमेन्टमा जिम, स्विमिङ पुल, कम्युनिटी हल, पार्कीङ र पावर ब्याकअप जेनेरेटर लगाएतका सुविधाहरु रहेका छन् ।

एम्पेरियल कोर्ट अपार्टमेन्ट सानेपा

यो पनि पढ्नुहोस्:
४ कोठाको एक तले पक्की घर बनाउन के–केमा कति लाग्छ खर्च ?

‘सवारी साधन हुने अस्पताल तिर कुद्छन्, नहुने घरमै रुँदै बस्छन्’
बगरबाट घर खोतल्दै मेलम्चीवासी



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।