English

आफ्नो वास्तविक स्वरुप थाहा पाउन के गर्ने ?



आध्यात्मिक मार्गमा हिँड्ने मानिसहरूले गौतम बुद्धलाई बेवास्ता गर्न सक्दैनन्, किनभने उनको उपस्थिति त्यस हदसम्म शक्तिशाली बनेको छ । आफ्नो जीवनकालमा, उनीसँग चालीस हजार भिक्षुहरू थिए, जसले बाहिर गएर आध्यात्मिक प्रक्रियाहरू फैलाए । उनले आफ्नो शान्तिपूर्ण तरिकाले संसारलाई सधैँको लागि परिवर्तन गरिदिए । यस धरतीमा आध्यात्मिक तरङ्गहरू ल्याउने बुद्ध–पुरुषहरूमध्ये गौतम बुद्ध एक हुन् ।

योग संस्कृतिमा बुद्ध पूर्णिमा सधैँ एक महत्त्वपूर्ण दिनको रुपमा रहिआएको छ, साथै आध्यात्मिक जिज्ञासुको जीवनमा अत्यन्तै शुभ दिन मानिन्छ । गौतम बुद्धको स्मृतिमा हामीले यस दिनलाई उनको नामबाट राखेका हौँ । किनकि, २५०० वर्षभन्दा पनि पहिले यही पूर्णिमामा एक व्यक्ति आफ्नो परम प्रकृतिमा प्रस्फुरित भएर जीव  बनेका थिए ।

तपाईंले जस्तो परिस्थितिहरू सामना गर्नुभयो, सोहीअनुसार अनेक फाल्तू कुराहरू आफ्नो दिमागमा जम्मा गर्नुभएको छ । तपाईंको दिमाग समाजले फोहोर फाल्ने भाँडो हो, किनकि तपाईं के लिने र के नलिने भनेर रोज्न सक्नुहुन्न ।

मानिसहरूले सामान्यतया “बुद्ध” शब्दलाई सिद्धार्थ गौतमसँग जोड्ने गर्छन्, यद्यपि उनी एकमात्र बुद्ध होइनन् । यस धरतीमा हजारौँ बुद्ध भएका छन्, र अझै पनि छन् । “बु” भनेको बुद्धि हो । जो आफ्नो बुद्धिबाट माथि उठेका हुन्छन्, जो आफ्नो मनको दास रहँदैनन्, उनी बुद्ध हुन् ।यतिखेर, अधिकांश मानिसहरू अनेक विचार, भावना, धारणा अनि निश्चय नै विभिन्न पूर्वाग्रहहरूको डङ्गुर बनेर रहेका हुन्छन् ।

कृपया यो बुझ्नुहोस्: तपाईं जसलाई “आफू” ठान्नुहुन्छ, त्यो तपाईंले बाहिरबाट जम्मा गर्नुभएका चीजहरूको सम्मिश्रण हो । तपाईंले जस्तो परिस्थितिहरू सामना गर्नुभयो, सोहीअनुसार अनेक फाल्तू कुराहरू आफ्नो दिमागमा जम्मा गर्नुभएको छ । तपाईंको दिमाग समाजले फोहोर फाल्ने भाँडो हो, किनकि तपाईं के लिने र के नलिने भनेर रोज्न सक्नुहुन्न । जो–जसले तपाईंलाई भेट्छन्, तपाईंको दिमागमा केही न केही थोपरेरै जान्छन् । यदि तपाईंले चाहने हो भने, तपाईं यी सबै रद्दी कुराहरूलाई देवतुल्य ठानेर सुरक्षित राख्न सक्नुहुन्छ, तर त्यसो गर्दैमा त्यो दिव्य बन्दैन; यो त्यही पङ्गु दिमाग नै रहन्छ । आफ्नो दिमागी प्रक्रियाहरू वा भनौँ मनबाट पर जाने अनि जीवनलाई अनुभव गर्ने अर्कै तरिका छ । यसको लागि तपाईंले यो फोहरको भाँडोलाई बन्द गर्नुपर्छ अनि यसबाट असंलग्न रहनुपर्छ । 

मन अद्‌भुत चीज हो, तर यदि तपाईं यसमै अल्झिनुभयो भने, यसले तपाईंलाई अन्तहीन रूपमा झुक्याइरहन्छ । यदि तपाईं मनमै फस्नुभयो भने, तपाईं जतिबेला पनि पीडामा डुबिरहने मानिस बन्नुहुन्छ, तपाईं त्यसबाट उम्किनै सक्नुहुन्न । यस्तो स्थितिमा पीडित हुनु अवश्यम्भावी कुरा हो । सायद, सूर्यास्तको मनोरम दृश्य हेरिरहेको बेला त्यो सुन्दरतामा मग्न भएर तपाईं अरू सबैथोक बिर्सिनुहुन्छ होला, तर तपाईंका सम्पूर्ण पीडाहरू तपाईंको पुच्छरझैँ झुण्डिरहेका हुन्छन् । तपाईंले पछाडि फर्केर हेर्ने हो भने, सम्पूर्ण पीडाहरू देख्नुहुनेछ । तपाईं जुन कुरालाई “मेरो खुसी” भन्नुहुन्छ, ती यस्ता क्षणहरू थिए, जब तपाईंले आफ्ना दु:ख–कष्टहरू बिर्सिनुभएको थियो । तर, जबसम्म तपाईं मनमै फसिरहनु हुन्छ, डर, चिन्ता र तनाव उत्पन्न हुनु स्वाभाविक कुरा हो; मनको प्रकृति नै त्यस्तै हुन्छ ।

तपाईं बोत्तल रित्याउनु हुन्छ अनि ढल्नुहुन्छ । केही घण्टाको लागि तपाईंको मनले तपाईंलाई सताउँदैन, किनकि तपाईं मनको प्रक्रियाहरूबाट पर रहनुहुन्छ । मनका यातनाहरू एकाएक बन्द हुने भएकोले, तपाईंले एकदमै सुख अनुभव गर्नुहुन्छ; यसबाट ठूलो राहत पाएको आभास हुन्छ । यसैकारण, तपाईं ती कार्यहरूप्रति निकै बढी आसक्त हुनुहुन्छ ।

मनको यातना सहन नसकेकोले नै समाजमा मानिसहरूले मनबाट छुटकारा पाउनको लागि अनेक जुक्तिहरू निकालेका छन् । चाहिनेभन्दा बढी खाने, मदिरा पिउने, शारीरिक सुखहरूमा अति लिप्त हुने जस्ता कार्यहरू मनको प्रक्रियाहरूबाट मुक्त हुने आशयले गरिन्छन् । मानिसहरू यस्तै–यस्तै तरिकाहरू प्रयोग गरेर केही क्षणको लागि आफ्ना यातनाहरू बिर्सिन्छन् । तपाईं बोत्तल रित्याउनु हुन्छ अनि ढल्नुहुन्छ । केही घण्टाको लागि तपाईंको मनले तपाईंलाई सताउँदैन, किनकि तपाईं मनको प्रक्रियाहरूबाट पर रहनुहुन्छ । मनका यातनाहरू एकाएक बन्द हुने भएकोले, तपाईंले एकदमै सुख अनुभव गर्नुहुन्छ; यसबाट ठूलो राहत पाएको आभास हुन्छ । यसैकारण, तपाईं ती कार्यहरूप्रति निकै बढी आसक्त हुनुहुन्छ ।

तर, क्रम–विकासको प्रक्रिया नै यस्तो छ कि केही पलको लागि तपाईंले मनका प्रक्रियाहरूबाट छुटकारा पाए तापनि, तपाईं पुनः त्यसमै फर्किनुहुन्छ । त्यसैले, यदि तपाईं यी प्रक्रियाहरूबाट मुक्त हुन चाहनुहुन्छ भने, तपाईं मनबाट पर जानुपर्ने हुन्छ । विकास प्रक्रियामा पछाडि फर्किने प्रश्न नै उठ्दैन । यदि तपाईंले कुनै रसायन प्रयोग गरेर मनका प्रक्रियाहरूलाई शान्त गर्नुभयो भने, तपाईंले यो देख्नुहुनेछ कि त्यो रसायनको असर समाप्त भएपछि जीवनको प्रक्रिया अझ बढी निर्मम हुनेछ । यो सधैँ यस्तै हुन्छ । पीडा झन् प्रखर हुन्छ । तसर्थ, योगको समग्र प्रक्रियाले मनबाट पर कसरी जान सकिन्छ भन्ने कुरालाई सम्बोधन गर्दछ । तपाईं मनबाट पर जानुभयो भनेमात्र, तपाईं आफ्नो वास्तविक स्वरूपमा रहन सक्नुहुन्छ ।

–सदगुरुको प्रवचनमा आधारित



सम्बन्धित खबरहरु

काठमाडौँ : हिमालयन एभरेस्ट इन्स्योरेन्स लिमिटेडले गत भदौ २३ र २४ गतेको जेन जी आन्दोलनका क्रममा क्षति पुगेका सम्पत्तिहरुको यथासिघ्र

काठमाडौं । कीर्तिपुर सन्देश साप्ताहिक पत्रिकाका सम्पादक तथा प्रकाशक पत्रकार नजर राम महर्जनमाथि समाचार लेखेको आधारमा रामेश्वर महर्जन, राजेन्द्र महर्जनसहित

चाडपर्वको अवसरमा नेपालमा मासुको अत्याधिक सेवन बढ्ने देखेर पोषणविद देखि चिकित्सकहरुले खानपिनमा विशेष ध्यान नपुर्‍याए स्वास्थ्यसम्बन्धी जटिलता देखापर्न सक्नेमा सचेत

दसैंको विषेश परिकार हो– मासु । दसैंमा मानिसहरुले मासुलाई नै बढी महत्व दिने गर्छन् । वर्षमा एकपटक आउने चाड हो

Latest










Popular
Suggested