English

महिलालाई राजनीतिक रुपमा सक्षम बनाउन सरकार प्रतिवद्ध रहेको प्रधानमन्त्री देउवाको भनाई



प्रधानमन्त्री शेरबहादुर देउवाले लैङ्गिक उत्तरदायी शासन पद्दतिको विकास गर्दै महिलालाई आर्थिक, सामाजिक र राजनीतिकरुपमा सक्षम बनाउन सरकार प्रतिवद्ध रहेको बताएका छन् ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले आज यहाँ आयोजना गरेको कार्यक्रममा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले महिलाविरुद्ध हुने सबै खालका हिंसा अन्त्यका लागि राष्ट्रिय जागरण अभियानको आवश्यकता औँल्याए । महिला हिंसा अन्त्यका लागि लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान कोशेढुङ्गा सावित हुने उनले विश्वास व्यक्त गरेका छन् । विभिन्न प्रकारका हिंसाबाट पीडित महिलाको न्यायमा सहज पहुचलाई सुनिश्चित गर्ने राष्ट्रिय महिला आयोगको संवैधानिक व्यवस्था गरिएको प्रधानमन्त्री देउवाको भनाइ छ ।

अझै पनि लैङ्गिक विभेद् र हिंसालाई बढवा दिने सामाजिक संरचनागत सोच, मूल्यमान्यता कायमै रहेको उल्लेख गर्दै उनले त्यसको अन्त्यका लागि सबै लाग्नुपर्नेमा जोड दिएका छन् ।

उनले भने, “लैङ्गिक समतामुलक समाज निर्माण गर्नका लागि हामीले संवैधानिक, नीतिगत र कानूनी अधिकार सुनिश्चित गरेका छौँ, प्रत्येक महिलालाई समान वंशीय हक, सुरक्षित मातृत्व र प्रजननसम्बन्धी हकको संवैधानिक रुपमा सुनिश्चित गरिएको छ ।” महिला विरुद्ध हुने सबै प्रकारका भेद्भाव, हिंसा र शोषणको अन्त्य गर्न सबै प्रकारका भेद्भाव उन्मुलन गरी नीति तथा कार्यक्रमलाई थप प्रभावकारिताका साथ कार्यान्वयन गरिने प्रधानमन्त्री देउवाले उल्लेख गरे ।

अझै पनि लैङ्गिक विभेद् र हिंसालाई बढवा दिने सामाजिक संरचनागत सोच, मूल्यमान्यता कायमै रहेको उल्लेख गर्दै उनले त्यसको अन्त्यका लागि सबै लाग्नुपर्नेमा जोड दिएका छन् । प्रधानमन्त्री देउवाले सामाजिक पछौटेपन, अन्धविश्वास, कुरिति र त्यसबाट महिलाले भोग्नुपरेको समस्या अन्त्यका लागि सङ्घ, प्रदेश र स्थानीय सरकारका साथै गैरसरकारी सङ्घ/संस्था, निजी क्षेत्र, सञ्चारकर्मी र अभियन्तालाई सचेतनामूलक तथा अभियानमुखी कार्यक्रम सञ्चालन गर्न आह्वान गरे ।

आजदेखि लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान विश्वभर सुरु भएको छ । हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्वर १० तारिखसम्म विश्वभर लैङ्गिक हिंसा विरुद्धको अभियान सञ्चालन हुँदैआएको छ । नेपाल सरकारले नोभेम्बर २५ तारिखलाई महिला हिंसा विरुद्धको राष्ट्रिय अभियान दिवसको रुपमा मनाउने निर्णयसमेत गरेको छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले लैङ्गिक हिंसा विरुद्धको सचेतना अभिवृद्धि गर्दै जोखिममा परेकालाई उद्दार, राहात पुनःस्थापना तथा मनोसामाजिक परामर्शसेवा प्रवाह गर्न सम्पूर्ण सरकारी, गैरसरकारी सङ्घ संस्था एवं सरोकारवाला सबैमा आह्वान गरे। अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीकी अध्यक्ष अमृता थापा र राष्ट्रिय योजना आयोगका सदस्य सलोनी प्रधान सिंहलगायतले महिला हिंसा अन्त्यका लागि आ–आफ्नो ठाउँबाट सक्रियताका साथ लाग्नुपर्नेमा जोड दिए ।

आजदेखि लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान विश्वभर सुरु भएको छ । हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्वर १० तारिखसम्म विश्वभर लैङ्गिक हिंसा विरुद्धको अभियान सञ्चालन हुँदैआएको छ । नेपाल सरकारले नोभेम्बर २५ तारिखलाई महिला हिंसा विरुद्धको राष्ट्रिय अभियान दिवसको रुपमा मनाउने निर्णयसमेत गरेको छ । दिवसको यस वर्षको अन्तर्राष्ट्रिय नारा “ओरेन्ज द वल्डः इन्ड भ्वाइलेन्स अगेन्स वुमन नाव” रहेको छ । राष्ट्रिय नारा “घरैदेखि सुरु गरौँ, महिला हिंसा अन्त्य गरौँ” रहेको छ ।
यो पनि पढ्नुहोस् :
एमाले महाधिवेशन : भूगोलमा खटिएका नछुटून्, नेतासँग सेल्फीमै रमाउने नअटून्



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।

गुरुङ समुदायको परम्परागत धार्मिक बाजा ढ्याङग्रोमा आधारित रही निर्माण गरिएको चलचित्र ढ्याङग्रो हङकङ र नेपालमा प्रर्दशन हुने भएको छ ।